© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १०
झापा/रास- चर्चित कमेडी गायक श्रीकृष्ण लुइँटेल -बोकेदाह्री) अब नायक बन्ने भएका छन् । उनी आफैंले निर्देशन गरेको हास्यप्रधान चलचित्र 'बस नम्बर १३६' को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
भूपेन्द्र लिङ्देन -मन्त्री)को प्रस्तुति, सञ्जु लिङ्देन, राजु कन्दङ्वा र टेकराज तिलिङ निर्माता रहेको 'बस नम्बर १३६' चाँडै पर््रदर्शनमा आउने कार्यकारी निर्माता विल्सनविक्रम र्राईले बताए । पर्ूवाञ्चलका लोकप्रिय कलाकारले फिल्ममा अभिनय गरेका छन् । कथा र संगीत बोकेदाह्रीकै रहेको सो चलचित्रमा कमल र्राईको नृत्य, र्सर्ूय देवको द्वन्द्व र सौरभ लामाको छायांकन रहेको छ ।
पर्ूर्वी नेपालका कन्याम, जामुनखाडीलगायतका रमणीय स्थानमा सुटिङ गरिएको सो चलचित्रमा बोकेदाह्री, विल्सनविक्रम र्राई तथा मेलिना मानन्धर, राजाराम पौडेल, मुकुन्द श्रेष्ठ, पुष्प श्रेष्ठ, हिमाल खड्का, विपीन प्रर्साईंलगायतले अभिनय गरेका छन् । 'फिल्म हेरेर दर्शकले भरपूर मनोरञ्जन प्राप्त गर्नेछन्,' बोकेदाह्रीले राजधानीसँग भने ।
सुनसरीको इटहरी घर भएका बोकेदाह्री र झापाको शनिश्चरेका विल्सनविक्रम र्राई मोफसलबाटै कला, मनोरञ्जनलाई उठाउन सक्ने भन्दै एक वर्षता पर्ूवाञ्चलका विभिन्न ठाउँमा हास्यव्यंग्य, गीत-संगीतलगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरू गर्दै आएका छन् ।
Comments0
Leave Comments