२०६७ - भद्र - २४ | 09, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

सडक निर्माणको लक्ष्य पुरा

लक्ष्मी सापकोटा/राजधानी
काठमाडौ,१० साउन
आर्थिक बर्ष२०६६/६७ मा सडक निर्माणको लक्ष्य पुरा भएको छ । केही समयअघि ८५ देखि ९० प्रतिशतको हाराहारीमा सडक निर्माण पुरा भएका हो ।
अघिल्लो आर्थिक वर्षो तुलनामा सडक निर्माणको काममा बृद्धि भएको सडक बिभागका आयोजना प्रमुख डिल्लिरमण निरौलाले जानकारी दिए  । उनले भने,' गत वर्षा ८५ देखि ९० प्रतिशत सम्म सडक निर्माणको काम सम्पन्न भएको छ ।' अघिल्लो वर्षो निर्माण कार्यलाई निरन्तरता दिदै थप नयाँ कामलाई अगाडि बर्ढाईएकोे प्रमुख निरौलाले बताए ।
गत वर्षा सरकारले सडक निर्माणको लागि १७ अर्ब रकम बिनियोजन गरेको  थियो । अघिल्लो वर्षो तुलनमा बजेटमा बृद्धि भएकाले पनि निर्माणको कामलाई त्रि्र रुपमा अगाडि बर्ढाईएको उनको भनाई छ । गत वर्षुलुक भर सडक निर्माण कार्यको एकिन तथ्याङ्  आउन बाँकी रहे पनि यस वर्षनिर्माणको काम लक्ष्य अनुरुप सम्पन्न  भएकोे सडक विभागले जनाएको छ ।
यसभन्दा  अघिल्लो आर्थिक वर्षा १२ अर्ब रकम बिनियोजन गरिएको थियो । जसमध्ये निर्माण कार्यमा आठ अर्ब रकम खर्च भएको थियो । विभागका अनुसार गत वर्ष१२ स्थानमा  हुलाकी राजमार्गमा पुल निर्माणको काम भएको छ । कोशी पुल चताराको टेन्डर आह्वान गरी मुल्याकङन् गर्ने काम सम्पन्न भएको छ । उत्तर दक्षिण लोक मार्गको ट्रयाक खोल्ने  कामलाई निरन्तरता दिएको विभागले जनाएको छ । विश्व वैंकको सहयोगमा विकास आयोजना अर्न्तर्गत सडकको स्तर उन्नती गर्ने कार्य निरन्तर रुपमा भइरहेको विभाग प्रमुख निरौलाले जानकारी दिए ।
त्यस्तै एसियाली बिकास बैंकबाट सञ्चालिन रोड कनेक्टीभीटी कार्यक्रम अर्न्तर्गत सडकहरुको स्तर उन्नती गर्ने काम भइरहेको छ । पर्ुवमा पाँचथरको चियो भन्ज्याङ्बाट सुदुर पश्चिमको बैतडीमा  करिब १ हवा् ७ सय कि.मी सडकमा ट्रयाक खोल्ने काम भइहेको छ । सामरीक महत्वका सडक-स्ट्राटेजीक रोड नेर्टवर्क)को मर्मत सम्भारको काम सम्पन्न भएको  छ ।
 गत आर्थिक वर्षा सञ्चालन भएका थप नयाँ कार्यक्रमा  मेची ,कोशी पुल निर्माण  । त्यस्तै रौतहट जिल्लामा वागमति पुल निर्माण , राकमको कर्ण्ााली पुल निर्माणको काम भइरहेको विभागका प्रमुख निरौलाले जानकारी दिए ।
विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षो अन्तिममा कर्ण्ााल्ाी लोकमार्ग अर्न्तगत कर्ण्ााली करीडोर  खुलालु लैफू सडक   १२ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । जाजरकोट दुवै सडक निर्माण कार्य अर्न्तगत सात किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । मुगु जिल्ला सदरमुकाम जोड्ने सडकमा १० किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।  सोलुखुम्बु जिल्ला जोड्ने सडक निर्माणमा १० किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको  छ । मनाङ्ग जिल्ला सदरमुकाम जोड्ने सडक निर्माणको १० किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । कालीगन्डकी लेकमार्ग अर्न्तर्गत कुश्मा फलेवास सेतीवेनी र्मिर्मि सडक खण्डको १३ दशमलब पाँच किलोमिटर ट्रयाक खोलिएकोे , कोशी लोकमार्ग अर्न्तर्गत हिले बसन्तपुर खाँदवारी किमाथाङका सडक खण्डको चार कि.मी ट्रयाक खोल्ने काम भएको छ । यसैगरी ताप्लेजुङ ओलाङचुङगोला सडक मेची लोकमार्ग अर्न्तगत  सात कि.मी ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
सेती लोकमार्ग- टिकापुर लोडे चैनपुर ताक्लाकोट)को ६ कि.मी ट्रयाक खोल्ने काम सम्पन्न भएको विभागले जनाएको छ ।  धरान चतरा गाईघाट कटारी सडकमा आठ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । गोरखाको ११ किलोमिटर सडकमा सात कि.मी ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी