© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १०
भक्तपुर (चितपाल), १० साउन । भक्तपुरको चितवाल गाविस–७ मङ्गालस्थित लटरम्मेश्वर महादेव मन्दिरमा जारी महायज्ञमा भाग लिन पुगेका पूर्वराजा ज्ञानेन्द्रसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आक्रमण गर्दा स्थिति तनावपूर्ण बनेको छ ।
मन्दिर निर्माण र स्थानीय महेन्द्र माविलाई उच्चमावि बनाउने उद्देश्यले गत साउन ३ गतेदेखि आयोजित महायज्ञमा पूजा गरी निस्कनेक्रममा उपस्थित पत्रकारले पूर्वराजासँग प्रतिक्रिया लिन खोज्दा सुरक्षाकर्मी एवम् स्थानीय बासिन्दाले पत्रकारहरुलाई हातपात गरेका थिए ।
पत्रकारहरुले पनि यो आक्रमणको प्रतिकार गर्दा स्थिति झन् तनावपूर्ण बनेको थियो ।
सो घटनामा परी सगरमाथा टेलिभिजनको क्यामरा फुटेको छ भने १७ जना पत्रकारलाई चोटपटक लागेको छ ।
घटनामा कान्तिपुर दैनिकका पत्रकार मकर श्रेष्ठको क्यामरा फुटेको छ उनलाई गभ्भीर चोट लागेको छ । साथै, पत्रकार सुशीलबन्धु थापा, काभ्रे पत्रकार महासङ्घका सभापति भोला थापा, राससका पत्रकार रमेश गिरीलगायत सामान्य चोटपटक लागेको छ ।
पूर्वराजा फर्र्केपछि पत्रकारहरुले आफूहरुमाथि भएको आक्रमणको विरुद्ध नाराबाजी गरेका थिए भने स्थानीय बासिन्दाले पनि पत्रकारविरुद्ध नाराबाजी गरी थप आक्रमण गर्ने प्रयास गरेकामा सुरक्षाकर्मीले स्थितिलाई असामान्य हुनबाट रोकेको थियो । रासस
Comments0
Leave Comments