© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ९
फणि महत/राजधानी
रौतहट, ९ साउन
धान रोप्ने समयमा सरकारले रासायनिक मल उपलब्ध नगराएपछि रौतहटमा रासायनिक मलको अभाव भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउँदै आएको रासायनिक मल यस पटक मकैपीडित किसानहरूलाई मात्र उपलब्ध गराएपछि अन्य किसानहरूले रासायनिक मल नपाएका हुन् ।
रौतहट जिल्लामा मकैपीडित किसानका लागि भन्दै डीएपी एक सय ९८, युरिया दर्ुइ सय ४७ र पोटास एक सय २३ मेटि्रक टन रासायनिक मल सरकारले पठाएको छ ।
सो मल जिल्ला कृषि विकास कार्यालयले मकैपीडित किसानहरूलाई वितरण गर्न खरिद गरेपछि जिल्लामा रासायनिक मलको अभाव भएको कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका शाखा प्रबन्धक शिवबहादुर बुढाथोकीले बताए । साउनको अन्तिम सातामा थप रासायनिक मल आउने समेत उनले जानकारी दिए ।
गत फागुन चैतमा रौतहटलगायतका जिल्लामा किसानले रोपेको मकैको घोगामा दाना नलागेपछि किसानहरूले क्षतिपर्ूर्तिको माग गर्दै चरणबद्ध आन्दोलनसमेत गरेका थिए ।
जिल्ला कृषि विकास कार्यालयले स्थलगत निरीक्षण नगरी हचुवाको भरमा जिल्लाभरिमा ४५ सय हेक्टरमा लगाएको मकै बालीमा घोगा नलागेको भन्दै क्षतिपर्ूर्ति रकम माग गरेपछि सरकारले जिल्लालाई तीन करोड नौ लाख २५ हजार रकम दिएको छ ।
मकैपीडित बाहेक अन्य किसानलाई रासायनिक मल उपलब्ध नगराएको र भारतीय बजारबाट समेत मल ल्याउन कडाइ गरेकाले यस वर्षरौतहट जिल्लामा धानको उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय रौतहटका बाली विज्ञ अधिकृत रामएकवाल साहले जनाकारी दिए । रौतहट जिल्लामा कूल ४१ हजार आठ सय हेक्टर जमिनमा धानबाली लगाएको भए पनि ४५ सय हेक्टरका लागि मात्र रासायनिक मल उपलब्ध छ भने बाँकी ३७ हजार तीन सय हेक्टर जमिनको लागि रासायनिक मलको अभाव छ ।
जिल्लामा प्रतिवर्षसात लाख मेटि्रक टन रासायनिक मलको आवश्यकता रहेकोमा विगत वर्षरूमा एक लाख टनमात्र कृषि सामग्रीबाट आपर्ूर्ति हुने गरेको बताइएको छ । धान रोप्ने समयमा मल नआएपछि किसानहरूले आन्दोलनको तयारी गरिरहेको किसानहरूले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रशाखा कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रबन्धक शिवबहादुर बुढाथोकीका अनुसार सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलको प्रतिबोरा डीएपी १४ सय १४, युरिया ६ सय ७६ र पोटास सात सय सात रुपैयाँ प्रतिबोरा रहेकोमा अहिले बजारमा सोही मल क्रमशः प्रतिबोरा १७ सय ५० र नौ सय रुपैयाँ प्रतिबोरामा बिक्री भइरहेको छ ।
Comments0
Leave Comments