© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ९
सेवाग्राही मर्कामा
सुभाष न्यौपाने/राजधानी
काठमाडौं, ९ साउन
र्सार्वजनिक यातायातमा सरकारको उपस्थिति अत्यन्तै न्यून हँुदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । सरकारले र्सार्वजनिक यातायातमा आफ्नो उपस्थिति घटाएर निजी क्षेत्रलाई स्वतन्त्र ढंगले छोडिदिँदा सेवाग्राहीलाई मर्का पर्ने गरेको हो ।
र्सार्वजनिक यातायातका रूपमा रहने सडकमा दगर्ुने सवारीसाधनमा निजी क्षेत्रको एकाधिकारले यात्रु मर्कामा पर्ने गर्छन् । रेल्वेको विकास नहुनु र र्सार्वजनिक यातायातमा पनि सरकारी संरचना नहँुदा यात्रुले भरपर्दाे सेवा लिनबाट वञ्चित हुने अवस्था आउँछ ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले र्सार्वजनिक यातायात अति आवश्यक सेवाभित्र पर्ने हुनाले यसलाई पर्ूण्ारूपमा खुला बजारलाई छोड्न नहुने बताए । 'निजी क्षेत्रलाई अगाडि बढाउनुमा हाम्रो विरोध छैन्,' उनले भने, 'तर, निजी क्षेत्रले मात्र अति आवश्यक सेवामा पर्ूण्ारूपमा काम गर्न सक्दैन ।'
उनले र्सार्वजनिक यातायात सञ्चालन गरिरहेकामा अझै पनि 'कर्पाेरेट कल्चर' आउन नसकेको अवस्थाका कारण पनि सरकारको बलियो उपस्थिति चाहिने जिकिर गरे ।
निजी क्षेत्र बढी मात्रामा नाफामुखी हुने गर्नाले र्सार्वजनिक यातायातमा सरकारको उपस्थिति खोजिने गर्छ । राजधानी काठमाडौं उपत्यकाको चक्रपथबाहिर समेत सरकारी उपस्थिति नभएकाले रातको ८ बजेअघि नै यात्रुले सवारीसाधन पाउन सक्दैनन् । भक्तपुरका रामप्रसाद श्रेष्ठले सरकारले पहिला साझा यातायात सञ्चालन गर्दा रातमा पनि सवारीसाधन सञ्चालन गरेकाले यसलाई निरन्तरता दिनर्ुपर्ने बताए । उनले प्रत्येक रुटमा सञ्चालन हुने समतिले रातको ९ बजे एउटा सवारीसाधनले यात्रुलाई सेवा दिलाउन सरकारले कार्यक्रम ल्याउनर्ुपर्ने आग्रह गरे ।
र्सार्वजनिक यातायात सञ्चालन गरिरहेका निजी क्षेत्र भने सुरक्षा अभावका कारण सेवा पुर्याउन नसकेको जिकिर गर्छन् । रात्रीकालीन यातायात सञ्चालन गर्दा गलत तत्वले आक्रमण गर्दार् सुरक्षा निकायले नियन्त्रण गर्न नसकेको उनीहरूको गुनासो छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले सुरक्षा व्यवस्था मजबुत भएमा व्यवसायी यात्रुलाई जुनसुकै प्रकारको सेवा दिन तयार भएको बताए । उनले सरकारले र्सार्वजनिक यातायात सञ्चालन गरेमा निजी क्षेत्र प्रतिस्पर्धा गर्न सक्षम भएको जिकिर गरे । उनले सरकार तथा यात्रुले सुरक्षाको जिम्मेवारी दिलाउन सकेमा रातको जुनुसुकै समयमा पनि सवारीसाधन सञ्चालन गर्न सकिने जानकारी दिए ।
र्सार्वजनिक यातायातमा देखिएको अव्यवस्थाका लागि सरकारी पहुँच नपुग्नु र निजी क्षेत्रलाई एकलौटी गर्न दिनु कारण भएको उपभोक्ता अधिकारकर्मीको दाबी छ । मञ्चका महासचिव बानियाँले दक्षिण एसियाली राष्ट्र -र्सार्क) भित्र नेपालले मात्र र्सार्वजनिक यातायातमा पर्ूण्ारूपले निजी क्षेत्रलाई एकाधिकार दिएको बताए ।
Comments0
Leave Comments