२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

उद्योग व्यवसायलाई संगठित बनाउन जोड

राजधानी समाचारदाता
काठमाडौं, ८ साउनर्
अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई संगठित रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन ।
ग्रिल व्यवसायी संस्था नेपालको पा“चौं साधारणसभाको अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले संगठित नभएसम्म कुनै व्यवसाय अगाडी बढाउन नसकिने भन्दै सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिव प्रतापकुमार पाठकले भौतिक पर्ूवाधारको आधारस्तम्भ ग्रिल व्यवसायलाई व्यवस्थित बनाएर लैजानुपर्ने बताए । उनले अहिले सरकारले व्यवसाय दर्तामा रोक लगाएको भए पनि चाँडै नया“ व्यवस्था गरेर व्यवसाय दर्ता खुला गरिने बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्कराज राजकणिर्कारले सरकारी उदासीनताले उद्योग व्यवसाय धराशयी बनेको बताए । उनले सरकारको स्पष्ट नीति तथा कार्यक्रम नआउँदा निजी क्षेत्रले कठिनाइ भोग्नुपरेको बताए ।
दक्ष जनशक्ति बाहिरिने क्रम बढ्दै गइरहेको अवस्थाप्रति संकेत गर्दै उनले जबसम्म दक्ष जनशक्ति बाहिरिने क्रम रोकिँदैन तबसम्म मुलुकको विकास नहुने बताए ।
नेपाल चेर्म्बर्स अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले देशको अस्थिर राजनीतिका कारण उद्योग-व्यवसायमा नराम्रो असर परेको बताए । उनले व्यावसायिक प्रवद्धनमा राज्यले ध्यान नदिएको आरोप समेत लगाए । राज्यले रोजगार सृजना पनि नगर्ने र रोजगार सृजनागर्ने रोजगार नीजि क्षेत्रलाई अगाडी वढ्न सरकारले अंकुश लगाउने गरेको मालाकारको भनाई थियो ।
उनले सरकारले आयतमुखी नीति अवलम्वन गरेर औद्योगिक क्षेत्र तहसनहस वनाएको आरोप पनि लगाए । सकारकै कारण पु“जी पलायन भएको भएकोले यस्तो अवस्था लामो समय सम्म रहेमा आर्थिक संकट आउने मालाकारलेे वताए । सो अवसरमा घरेलु तथा साना उद्योग विभागका निमित्त महानिर्देशक गोकुल धितालले ग्रील उद्योगको दर्ता चाडै नखोलिए समस्या वढ्ने वताए ।
साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष जंगवहादुर श्रेष्ठले व्यवसायीलाई उद्योगमैत्री वतावरण वनाउन राज्ले विषेश कार्यक्रम अगाढी वढाउन पर्ने वताए । उनले व्यवसायीको  माग प्रति सरकार उदासिन भैरहे व्यवसाय अगाडी वढाउन नसकिने वताए ।
सो अवसरमा ग्रील व्यवसायी संस्था नेपालका अध्यक्ष मोहन कटुवालले मुलुकमा हाल ७ हजार ग्रिल व्यवसाय संचालनमा रहेको र यो पेशामा मात्र साढे एक लाखले रोजगारी पाईरहेको वताए । उनले लगातारको वन्द, हड्ताल, राजनीतिक अस्थिरता जसता कारणले व्यवसाय संकट आएको वताए । उनले यो व्यवसायमा करिव १० लाख मानिस आश्रति रहेको वताउदै वइवसायीक वातावरण वनाउन सकार संग माग समेत गरे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी