२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

माओवादीले लडाकू संख्या दिने

काठमाडौं÷रास- राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उपमहासचिव बी लिन पास्कोले माओवादी अध्यक्ष प्रचण्डले शिविरहरुमा रहेका आफ्ना लडाकूको संख्यामा आगामी सेना तथा हतियारको संयुक्त अनुगमन समन्वय समिति जेएमसीसी को बैठकमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन् ।
तीनदिने भ्रमण पूरा गरी न्युयोर्क फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी आफूसँगकॊ भेटमा लडाकूको संख्या संकलनको काम भइरहेको र आगामी जेएमसीसी बैठकमा उपलब्ध गराउने जानकारी गराएको बताए ।
यसका साथै पास्काले दुवै लडाकूको संख्या सरकारलाई उपलब्ध गराए पनि दुवै पक्षको सम्झौताले गोप्य रहने भनेको भनिएको लडाकूहरुको अन्य विवरण भने अनमिनले उपलब्ध गराउन नसक्ने पनि स्पष्ट पारे ।
ुम यसबारे धेरै कुरा गर्न चाहन्न अनमिनले लडाकूको संख्या नदिएर असहयोग गर् यो भन्ने पूर्ण रुपमा गलत हो अनमिनको म्यान्डेट सीमित छ सूचना दिने जेएमसीसीमार्फत हो यस प्रकि्रयामा हामीलाई जे गर्न भनिएको छ हामीले त्यो गरिरहेका छौं दुवै पक्षको सम्झौताबमोजिम ।ु
पास्कोले शुक्रबारै रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भेटी अनमिनले सरकारलाई सहयोग गरेन भनी गरिएको आलोचनाप्रति असन्तुष्टि जाहेर गरेका थिए । करिब एक घन्टा लामो भेटमा १० मिनेटजति रक्षामन्त्री भण्डारीसँग गोप्य भेट गरी अनमिनको म्यान्डेट सीमित भएकाले सहयोग गर्न चाहेजस्तो सहयोग गर्न अप्ठ्यारो परेको गुनासो गरेको रक्षामन्त्रीनिकट स्रोतले जनाएको छ ।
अनमिन प्रमुख करिन लनग्रेन राष्ट्रसंघका सल्लाहकार स्यामुएल टाम्राटलगायतलाई लिएर भेट गर्न पुगेका पास्कोले छलफलको बीचमै रक्षामन्त्रीसँग १० मिनेट छुट्टै गोप्य वार्ता गरेका थिए ।
भेटमा रक्षामन्त्रीले भने माओवादी लडाकू समायोजन शान्ति प्रकि्रयाप्रति गम्भीर नभएको बताएकी थिइन् । उनले विशेष समिति मातहत आइसक्दा पनि लडाकू शिविरहरुमा गई माओवादी नेतृत्वले राजनीतिक प्रशिक्षणहरु गरेकाले माओवादी लडाकू व्यवस्थापन र समायोजनमा गम्भीर नभएको स्पष्ट भएको जनाइन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी