© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २८
डिल्ली आचार्य÷राजधानी
काठमाडौं २९ फागुन
तोकिएको मितिमा संविधान जारी गर्न दबाब दिँदै नेपाल बार एसोसिएसनले देशव्यापी आन्दोलन गर्ने भएको छ ।
नयाँ संविधान जारी गर्न ७७ दिन बाँकी हँुदा पेसागत संगठनहरुका तर्फबाट बारले पहिलोपटक निर्धारित मितिमै संविधान जारी गर्न दबाबमूलक कार्यक्रमको घोषणा गरेको हो ।
नेपाल बार एसोसिएसन केन्द्रीय समितिको शुक्रबार बेलुकी बसेको बैठकले निर्धारित समयमै संविधान जारी गर्न दबाबमूलक कार्यक्रम गर्ने निर्णय लिएको हो ।
बार महासचिव विजय मिश्रले वरिष्ठ अधिवक्ताहरुले निर्धारित समयमै संविधान बनाउन दबाब दिन आन्दोलनमा उत्रने सुझाव दिएपछि कार्यसमिति बैठकले आन्दोलनको स्वरुप तयार पारेको बताए ।
बैठकले संविधान निर्माणमा षडयन्त्र हुन लागेको भन्दै संविधानसभालाई दबाब दिन १३ चैतमा मुलुकभरका बार एकाइको संयोजकत्व र पेसागत संघसंस्थाको सहभागितामा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
त्यसैगरी बार एकाइहरुको नेतृत्वमा क्षेत्रीय प्रशासन कार्यालयहरुमा समेत ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाइने कार्यक्रम तय भएको महासचिव मिश्रले बताए ।
बैठकले संविधानसभाका सभासद् र दलका नेतासँग भेटघाट गरी तोकिएकै मितिमा संविधान जारी गर्न दबाब दिने कार्यक्रमसमेत तय गरेको छ । ुहामी दबाबमूलक आन्दोलनमा उत्रिसकेका छौं संविधान जारी हुने दिनसम्म हाम्रो अभियान जारी रहनेछु मिश्रले भने ।
नागरिक समाजले यसअघि नै संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
Comments0
Leave Comments