© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २८
काठमाडौं÷रास- सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका महाप्रबन्धकलाई कामविहीन बनाएर नराख्न भन्दै महाप्रबन्धकको काम कर्तव्य र अधिकार स्पष्ट तोक्न साचालक समितिलाई निर्देशन दिएको छ ।
निगममा सरकारले कार्यकारी अध्यक्ष पद सिर्जना गरी महाप्रबन्धकको अधिकार कटौती गरेपछि सरकारको निर्णय विरुद्ध सर्वोच्च पुगेका महाप्रबन्धक कुलबहादुर लिम्बूको रिटमा अन्तिम फैसला गर्दै सर्वोच्चले साचालक समितिका नाममा यस्तो परमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय बलराम केसी र गिरीशचन्द्र लालको संयुक्त इजलासले कार्यकारी अध्यक्ष पदमा सुगतरत्न कंशाकारलाई नियुक्तिपछि महानिर्देशक लिम्बूलाई मन्त्रालयमा काजमा फिर्ता बोलाउने निर्णय कानुनसम्मत नभएको भन्दै काजमा बोलाउने निर्णय बदर गरेको छ ।
सर्वोच्चको यो निर्णयसँगै निगममा आधिकारिकताको विवाद अन्त्य भएको छ । कंशाकारलाई साचालक समिति सदस्य हुँदै कार्यकारी पद दिएकालाई प्रकि्रयासम्मत भन्दै सो पद खोस्न भने नमिल्ने फैसला गरेको छ । फैसलापछि निगममा कार्यकारी अध्यक्ष र महानिर्देशक दुवै सकि्रय हुने भएका छन् ।
सरकारले निगमका महाप्रबन्धक लिम्बूलाई मन्त्रालयमा काजमा फिर्ता लगेर कंशाकारलाई कार्यकारी अध्यक्ष बनाएपछि सरकारको निर्णयलाई चाुनौती दिँदै लिम्बूले १३ असार २०६४ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
Comments0
Leave Comments