© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २८
शिव दुवाडी÷राजधानी
काठमाडौं २८ फागुन
सरकारले खस्कँदो सेयर बजारको सुधारका लागि झन्डै एक दर्जन नयाँ कार्यक्रम ल्याउने भएको छ । अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका अध्यक्षबीच चर्काे मतभिन्नता भइरहेको समयमा सरकारले यसको सुधारका लागि नयाँ कार्यक्रम ल्याउन लागेको हो ।
पछिल्ला केही महिना यता निरन्तर रुपमा सेयरबजार खस्कनुको मुख्य कारण अस्थिर राजनीतिक अवस्था र त्यसबाट सिर्जित लगानी मैत्री वातावरणको अभाव एवं बजारको माग र आपूर्तिका बीचमा देखिएको असन्तुल नै रहेको निष्कर्षसहित समस्या समाधानका कार्यक्रम ल्याउन लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आवश्यक व्यवस्था मिलाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिइसकेको छ । सेयर बजारको नियमन निकाय भए पनि मन्त्रालय र बोर्डबीचको विवादका कारण बोर्डले लक्ष्यअनुरुप कार्य गर्न भने सकेको छैन । अघिल्लो सरकारको पालमा नियुक्त भएका बोर्ड अध्यक्षले मन्त्रालयको सहयोग नपाएपश्चात् विवाद सिर्जना भएको हो ।
बोर्डका अध्यक्ष शुरवीर पौड्यालले बजार सुधारका लागि नयाँ कार्यक्रम ल्याउने तयारीअनुरुप बोर्डले काम सुरु गरेको भए पनि मन्त्रालयले असहयोग गरेको बताए । मन्त्रालयले बोर्डमा राजनीति गरी काममा अवरोध पुर् याएको दाबी गर्दै अध्यक्ष पौड्यालले
स्वतन्त्र रुपमा काम गर्न पाए केही साताभित्रैमा नयाँ योजना लागू गर्न सकिने बताए ।
ुविद्यमान व्यवस्थामा परिमार्जन नगरी अहिलेकै अवस्थामा बजार सुधार सम्भव नहुने भएकाले यसका लागि नयाँ योजनाको तयारी भएको होु ुअध्यक्ष पौड्यालले भने ुतीमध्ये केही कार्यक्रमको सुरुवात भइसकेको छ भने केही हुने क्रममा छ ।ु
अध्यक्ष पौड्यालका अनुसार बजार सुधारका लागि तत्काल सामूहिक लगानी कोषको स्थापना गर्ने बजारमा माग र आपूर्तिबीच सन्तुलनका लागि पहल गर्ने सेयर दलालको संख्या वृद्धि गरी ५० पुर् याउने बोर्डका पदधिकारीको जिम्मेवारी तोकी नियमन प्रकि्रयालाई व्यवस्थित र परदर्शी बनाउने बताए । कर्मचारी साचय कोष नागरिक लगानी कोष एनआईडीसी क्यापिटल मार्केटजस्ता संस्थाको सामूहिक लगानी आकर्षित गर्नेलगायतका कार्यक्रम तर्जुमा भइरहेको उनले बताए ।
सुधारका कार्यक्रम र योजना धेरै अगडि नै बनेको भए पनि मन्त्रालयले बारम्बार बोर्डमा गरेको हस्तक्षेप र बोर्ड बैठकमा भएको अवरोध एवं असहयोग जस्ता कारणले यी कुरा कार्यान्वयनमा आउन ढिलाइ भइरहेको उनले बताए । स्टक एक्सचेाजका पूर्व महाप्रबन्धक एवं सेयर बजार विज्ञ रेवतबहादुर कार्कीले सरकारले भनेअनुरुप काम गरेका खण्डमा बजारमा उल्लेख्य रुपमा सुधार आउने बताए । अहिले सेयर बजार ओरालो लाग्नुको पछाडि अस्थिरता तरलता अभाव मागको तुलनामा आपूर्तिमा भएको वृद्धि असुरक्षाजस्ता कारण रहेको बताउँदै उनले राज्यले यी कुराहरुलाई सम्बोधन गरेको खण्डमा बजारमा उल्लेख्य रुपमा सुधार आउन सक्ने धारणा व्यक्त गरे ।
Comments0
Leave Comments