© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २८
काठमाडौंको घनाबस्ती । उकुसमुकुस वातावरणबाट मुक्त भएर रमाइलो गर्न कसलाई मन लाग्दैन र घरायसी कामबाट होस् वा कार्यालयको ब्यस्तताबाट जोसुकै मान्छे केही समय आनन्दित हुन कतै डुल्न र भुल्न चाहन्छ । त्यसका लागि कुनै उद्यान पार्क प्राकृतिक मनोहर ठाउँआदि त चाहिन्छ नै ।
हाल उपत्यकाभित्रका गोदावरी गोकर्ण साँखु बालाजुलगायतका ठाउँ प्रकृति र प्रविधि दुवैले पर्याप्त छैनन् । दूरीले अलि परका भए पनि नगरकोट ककनीजस्ता स्थान प्रकृतिको सुन्दर स्थल भएकाले त्यस्ता ठाउँका संरक्षण र सम्बद्र्धन गर्न सके देशविदेशसम्मका पर्यटक पनि आकर्षित हुन सक्छन् र मुलुकको आयआर्जनमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
यस्ता ठाउँलाई उपयुक्त वातावरणमा सजाउनु आजको सन्दर्भमा आवश्यक पनि भइसकेको छ । सार्वजनिक पाटीपौवा धर्मशाला अतिथिगृह निर्माण गर्ने र सजाउने हाम्रो सांस्कृतिक परम्परा नै हो । त्यसमा पनि आजको विश्वव्यापीकरणको युगमा ुअतिथि देवोभवु भनेर पर्यटकलाई आकर्षित पार्न सक्नु पनि हाम्रो पुरातन धर्म संस्कृति र परम्परा नै हो । प्रकृतिले पनि हामीलाई अतिथि लोभ्याउने प्राकृतिक उपहार दिएको छ । त्यो हो हिमाल पहाड तराई वन वनस्पति नदीनाला ताल कुण्ड पोखरीआदि । यस्तैमध्येको प्रकृतिको छटा काठमाडौंसँगै जोडिएको नुवाकोटको ककनीमा पनि रहेछ ।
ककनीकै कुरो कोट्याउष
ककनी नुवाकोट जिल्लाको ककनी गाउँ नै हो । वडा नम्बर-६ को उत्तरदक्षिण ढल्केको थुम्के डाँडो भएरै त्यसको महŒव रंगीन प्रकृतिको सुन्दर ठाउँ नै मानिन्छ । त्यहाँको विशेषता भनेको दक्षिण फर्केर हेर्दा िसंगो उपत्यका देखिने उत्तरतिर हेर्दा अनन्त पसारिएर बगेको लिखु खोला सबैजसो नुवाकोट जिल्लाका गाउँ र माथि आँखा उचाल्दा देखिने अनन्त हिमशृंखलाहरु नै हुन् । त्यसठाउँबाट सबैतिर नजर धुमाएर हेर्न पाइने विशेषताले गर्दा ककनीलाई प्रकृतिको रमाइलो ठाउँ मानिएको रहेछ ।
दशकौं अघिदेखिको ककनी सरकारीस्तरबाट यति सुधार भएको नपाइए पनि संयोग भनौं या वियोग जुलाई ३१ सन् १९९२ मा अन्तर्राष्ट्रिय विमान जिटी ३११ दुर्घटनामा पर्दा विभिन्न देशका गरी ११३ जना दिवंगत हुन पुगेका थिए । उनीहरुका आफन्तले थाई एअरवेजबाट पाउने क्ष्तिपूर्ति त्यही नुवाकोटको ककनी गाविसको पर्यटकीय क्षेत्रको सुधारका लागि दिने निर्णय गरेका थिए । विशेष गरी जापानकै अगुवाइमा वडा नम्बर-६ को डाँडो किनेर पर्खालले घेरी ुअन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यानु बनाइ दिनुमा नै ककनी पर्यटकीय आकर्षण थलोका रुपमा केही सुधार भएको रहेछ । जहाँको उद्यान प्रांगणको भित्तोमा ॐ षट्कोण शान्ति चिह्न र अन्य विदेशी सांकेतिक चिह्नसमेत राखेर कलात्मक पर्खालमा लस्करै हिरोको मिमुरा कोइची मिमुरा जुटाकासी टाका ओका प्रेरणा जोशी मोहन् नाथन् योको ओकाने टाउरेन्ट कार्टेज नोजेस् स्टालिन् श्रीधर पौडेल …गरी एकसय १३ जनाकै शिलालेख राखिएको रहेछ ।
सो स्मारकले ककनीलाई स्मृतिस्थल र पर्यटकीय क्षेत्रका रुपमा पनि चिनाइरहेको देखिन्छ ।
सरकारका पक्षबाट त्यसरी अन्य जग्गा अधिग्रहण गरेर असरल्ल छोडिनु केही सजावटका उपाय नहुनुमा भने दर्शकहरुले औंलो उठाएकै पाइयो ।
त्यस क्षेत्रका बासिन्दा रामचन्द्र अधिकारी ठूल्दाइले त्यसक्षेत्रको परिचय दिँदै काठमाडौंलाई स्वागत गर्ने ककनी नुवाकोटको गहनाका रुपमा रहेको जनाए ।
ककनीलाई प्रकृतिले दिएको हरियाली घट्दै जाने स्मृति पार्कको संरक्षणमा ह्रास आउने र सरकारले उद्यानक्षेत्र कायम गरेका ठाउँको त्यही रुपमा खिइँदै डग्दै र बग्दै जालाकी भन्ने आशंका जनमानसमा परेको पाइयो । सुरक्षाका दृष्टिले आर्मीगण राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान रहेको ककनी केबल थपनीजस्तो नभई जो पनि जान रुचाउने आकर्षक थलो बनोस् ।
सयौं विद्यार्थी लिएर वनभोजमा सहभागी प्रमोद ढुंगेल
निमित्त प्रधानाध्यापक भानुभक्त मेमोरियल स्कुल को भनाइ थियो ुकाठमाडौंबाट २०-२२ किलोमिटरको दूरीमा रहेको ककनीलाई पर्याप्त पर्यटकीय सुविधाको ठाउँ बन्न सकेमा नगरकोटभन्दा कम महŒवको हुँदैन । तर यसको विकास अझसम्म पनि राम्ररी हुनसकेको पाइएन ।ु यस्तै भनाइ बमबहादुर मोक्तान परशुरा भ्ट्टराई सुरज कार्की भीम श्रेष्ठ चूडामणि अर्यालआदिका पनि थिए ।
हरेक शनिबार र बिदाका दिन वनभोजमा जानेका धुइरो लाग्ने ककनीको समुचित विकास भएजस्तो नभएको महसुस धेरै पर्यटकले गरेको पाइयो । नांगा डाँडाभरि छपक्कै भरिएको ककनीका पाखाहरुमा कुनै विरुवासमेत नरोपिएर उजाड देखिनुलाई कसले पो राम्रो मानेको होला र
त्यस ठाउँमा स्वदेशी-विदेशी पर्यटकहरु सधैं देखिने गर्दछन् । तर सरकारी पक्षबाट भने सुधारमा त्यति चासो दिएकोजस्तो देखिँदैन । केन्द्रीय विद्यालयबाट वनभोजमा सहभागी हुने एक महिलाको कथन थियो ुमुम्बईको एसेलवर्डजस्तो बनाउन सकिने ठाउँ रहेछ ।ु उनको अभिव्यक्ति सुनॆपछि कताकता हामीलाई पनि ककनीको त्यो कथनले खल्लो अनुभव पनि गरायो । जे होस् उनको भनाइमा ककनीको अझै विकास हुन बाँकी भएको देखायो ।
Comments0
Leave Comments