२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

प्रचण्डद्धारा जनविद्रोहका तीन मिति खुलासा

ललितपुरमा पार्टीको नेवा राज्य समिति अन्तर्गतका दृुई हजार कार्यकर्तालाई हिजो (बिहीबार)  प्रशिक्षण दिनेक्रममा अध्यक्ष प्रचण्डले बिद्रोहका लागि सडक, सदन र सुरक्षा निकायसहित राज्यसंयन्त्रमा समेत आफ्नो पक्षमा धु्रबीकरण खडागरिदिने दाबी गरेका छन् ।  तर, ‘प्रतिक्रान्तिकारीहरुले प्रतिरक्षाको रणनीति तयार गर्नसक्ने ’ कारण देखाउँदै प्रचण्डले जनबिद्रोहको सशस्त्र तयारीलाई प्राथमिकता नदिनेसमेत प्रशिक्षणमा स्पष्ट पारेका छन् ।
प्रशिक्षणमा सहभागी एक राज्यसमितिस्तरीय नेताका अनुसार  अध्यक्ष प्रचण्डले २४ चैत्र, मे दिबस तथा १४ जेठको आसपासमा जनबिद्रोह हुनसक्ने खुलासा गरे ।  
‘२४ चैत्र र मे दिबस चाहिँ अध्यक्षले स्पष्टरुपमा खुलाउनुभयो, १४ जेठको आसपास भन्ने चाहिँ उहाँले संकेत मात्रै दिनुभयो, स्पष्ट पार्नुभएन’ सहभागी  ती नेताले राजधानीलाई भने ।
बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण, महासचिब रामबहादुर थापा बादल, पोलिटव्युरो सदस्य पम्फा भुषालसहित प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड ललितपुरको खुमल्टारमा पुगेका थिए । आफ्ना भाइ तथा नेवा राज्य समितिका सेक्रेटरी नारायण दाहालले सञ्चालन गरेको प्रशिक्षणलाई प्रचण्डले बिहीबार करिब दुईघण्टा सम्बोधन गरेका थिए ।  
सहभागीहरुका अनुसार प्रचण्डले ‘लाखौँ जनता, युवाशक्ति, माओवादीसँग मिलेर जानसक्ने देशभक्त बामपन्थी र गणतन्त्रबादीहरु, साम्राज्यबाद बिरोधी बिश्वका राष्ट्रहरु र माओवादीलाई जनताको बिश्वासिलो शक्तिका रुपमा बुझ्दै सहानुभूति राख्नेहरु’ मिलेर जनबिद्रोह गर्ने स्पष्ट पारेका छन् ।
अहिलेको स्थितिलाई ‘क्रान्तिकारी संकटको स्थिति’ भन्दै प्रचण्डले बिद्रोहका बेला पार्टी नेताहरुले सडक आन्दोलनको नेतृत्व गर्ने तथा सिंहदरबारभित्र पनि कर्मचारीहरुले आन्दोलन गर्ने भविश्यवाणि गरे । ‘हामी त्यतिबेला संकटमा हुनेछैनौँ, प्रतिक्रियाबादीहरु हुनेछन्’ प्रचण्डले प्रशिक्षणमा भने ।
प्रचण्डले सम्भावित बिद्रोहलाई नै ध्यानमा राखेर आगामी तीन महिनासम्म अन्तरपार्टी बिबादमा नअल्मलिन कार्यकर्तालाई निर्देशन दिए । ‘तीन महिनालाई बिबाद छाडिदिनुस्, पार्टी नेतृत्वमा पनि अबको कार्यदिशाका बारेमा एकमत छ,

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी