© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
खिला कार्की÷राजधानी
काठमाडौं, २७ फागुन
स्वास्थ्य बिगँ्रदै गएपछि खोजेको समयमा परिवारका सदस्यहरु उपलब्ध नभएकोमा निराश बनेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला बिहीबार छोरी सुजाता निवासमा पुग्नासाथ एक्कासि रोए७३डद्दघढस।
विमानस्थलबाट सोझै निवासमा पुगेकी सुजाता उनको शयनकक्षमा पुग्नेबित्तिकै रोएको स्रोतले बतायो७३डद्दघढस। स्रोतका अनुसार कोइरालाले सुजातालाई अब आफूलाई छोडेर नजान भनेका थिए७३डद्दघढस।
कोइराला रोएपछि सुजाता र उपस्थित अन्य सहयोगीहरुसमेत रोएको स्रोतले बताएको छ७३डद्दघढस। निवासबाट बाहिरिने क्रममा सुजाताले आफू बुबाको स्वास्थ्य अत्यन्तै बिग्रेको समाचार सुनेर आत्तिँदै आए पनि आफूले सोचेभन्दा स्वास्थ्य राम्रो रहेको प्रतिकि्रया साचारकर्मीलाई दिएकी थिइन्७३डद्दघढस।
उनले कोइरालाको थप उपचारसमेत स्वदेशमा नै गराउने जानकारी दिइन्७३डद्दघढस। सुजाता कोइरालाकी एक मात्र सन्तान हुन्७३डद्दघढस। बिहीबार कोइरालाको प्रेसर न्यून रहेको बताइएको छ७३डद्दघढस।
कोइरालालाई शुक्रबार बिहान छोरी सुजाताको निवासमा लगिने भएको छ७३डद्दघढस। स्रोतका अनुसार एक सातादेखि भाडाको घरमा नराखी आफ्नै घरमा सार्न आग्रह गरेपछि कोइरालालाई छोरीको निवासमा सार्नु उपयुक्त हुने निष्कर्षमा परिवार पुगेको हो७३डद्दघढस।
सुजाता राष्ट्रसंघको मानवअधिकारसम्बन्धी जेनेभामा भएको सम्मेलनमा भाग लिएर बिहीबार मात्र स्वदेश फिर्ता भएकी हुन्७३डद्दघढस।
२०६४ सालमा प्रधानमन्त्रीबाट हटेपछि कोइराला महाराजगन्जस्थित कृष्णरक्षा राजभण्डारीको घरमा भाडामा बस्दै आएका छन्७३डद्दघढस। सो घरको ५० हजार रुपैयाँ भाडा सरकारले बेहोर्दै आएको छ७३डद्दघढस।
पारिवारिक किचलोका कारण बीपीपुत्र डा। शशांकको महाराजगन्जस्थित निवासमा बस्दै आएका कोइराला जयबागेश्वरीस्थित काइँला दाजु केशव कोइरालाका छोरा ज्योतिको घरमा पनि बसेका थिए७३डद्दघढस। सो घरमा पनि पारिवारिक किचलो भएका कारण उनी २०४२ सालमा महाराजगन्जमा सरेका हुन्७३डद्दघढस।
जयबागेश्वरीस्थित भतिजा ज्योति कोइरालाको घरमा बीपीको निधन भएपछि कोइराला दुई जना भाउजूहरु सुशीला नोनाहरुसँगै बस्दै आएका थिए७३डद्दघढस। डा। शशांकको निवासमा सरेपछि पनि कोइराला दुई जना भाउजूहरुसँगै बस्दै आएका थिए७३डद्दघढस।
प्रधानमन्त्री भएर बालुवाटारमा बसेको समयमा पनि कोइराला सातामा एक पटक भाउजू सुशीलासँगै खाना खानका लागि महाराजगन्ज पुग्ने गर्थे७३डद्दघढस। तर दुवै भाउजूहरुको निधनपछि भने कोइराला भाडाको घरमा बस्दै आएका हुन्७३डद्दघढस।
स्रोतका अनुसार कोइरालाले भाडाको घरमा बस्न सुरुदेखि नै अरुचि देखाउँदै आएका थिए७३डद्दघढस। सो घरका घरबेटी भण्डारीले स-सानो समस्याका बारेमा समेत कोइरालासँग गुनासो राख्ने गरेकाले उनले सो घरमा बस्न अरुचि देखाएको बताइन्छ७३डद्दघढस।
Comments0
Leave Comments