२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

अरुको दोष अनमिनले लिँदैन ः पास्को

विनय देवकोटा÷राजधानी
काठमाडौं २७ फागुन
राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्कोले शान्ति प्रकि्रयालाई काँधमा बोक्नेहरुको असफलताको दोष नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनले लिन नसक्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका पास्कोले बिहीबार नेपाल नीति अध्ययन प्रतिष्ठानद्वारा आयोजित अन्तरकि्रयामा बोल्दै अनमिनलाई धेरै विवादमा तानिरहे यसलाई फिर्ता गर्नेबारेमा सोच्न सुरक्षा परिषद् बाध्य हुने चेतावनीसमेत दिए ।
राजनीतिक दलका नेताझैं वक्तव्य दिएका पास्कोले नेपालका राजनीतिक दलतर्फ इंगित गर्दै भने ुशान्ति प्रकि्रयालाई काँधमा बोक्नेहरुको असफलताको अपजस सहयोग गर्न आएको अनमिनले लिँदैन ।ु सरकारले पछिल्ला दिनमा अनमिनमाथि शान्ति प्रकि्रयामा पूर्वाग्रही भूमिका खेलेको आरोप लगाइरहेका बेला पास्कोको यस्तो भनाइ आएको हो । पास्कोले माओवादी र तत्कालीन सात दलबीच भएको सेना तथा हतियार अनुगमन सम्झौतामा अनमिनले गोप्य विवरण दिन नमिल्ने स्पष्ट उल्लेख भएको बताउँदै त्यस्तो विवरण सरकारलाई उपलब्ध गराउन अनमिन बाध्य नहुने पनि उनले जनाए ।
ुशान्ति प्रकि्रयाका दुवै पक्षले विवरणहरु गोप्य राख्ने भनेर स्विकारेका छन् हामीले यसलाई इमानदारीपूर्वक पालना मात्र गरेका हौंु उनले भने । निकै आक्रामक रुपमा प्रस्तुत भएका पास्कोले प्राप्त सीमित म्यान्डेटको परिधिभित्र रही अनमिनले निष्पक्ष काम गरिरहेको दाबी पनि गरे ।
ुराष्ट्रसंघका ११ राजनीतिक मिसनमध्ये अनमिन पनि एक हो अन्य मिसनको तुलनामा अनमिनसँग सीमित म्यान्डेट छु उनले भने ुअरु देशका मिसनमा बृहत् राजनीतिक म्यान्डेड दिइएको छ तर नेपालमा अनमिन ुगुड अफिसेजुका रुपमा मात्र छ ।ु
केही समयदेखि अनमिनप्रति भ्रामक धारणाको विकास भएको उल्लेख गर्दैै राष्ट्रसंघीय उपमहासचिवले अनमिनले लडाकू शिविरमा प्रहरीका रुपमा कार्य गर्न नसक्ने जनाए ।
ुलडाकू र सेनाको विवरण दिने कुरा उनीहरुकै स्वेच्छाको विषय हो यसमा अनमिनले केही गर्न सक्दैनु पास्कोले भने । उनले माओवादी र नेपाली सेनाले संख्या र विवरणको अद्यावधिक तथ्यांक अनमिनलाई उपलब्ध नगराएको भन्दै उनले असन्तुष्टिसमेत जनाए ।
पास्कोले नेपालको शान्ति प्रकि्रयामा अन्य जतिसुकै महŒवपूर्ण कार्य पूरा भए पनि लडाकू समायोजन नेपाली सेनाको लोकतान्त्रीकरण र संविधान निर्माणको महŒवपूर्ण र चुनौतीपूर्ण कार्य बाँकी नै रहेको बताए । उनले लडाकू समायोजन र नेपाली सेनाको लोकतान्त्रीकरण सँगसँगै हुनुपर्ने पनि जनाए । उनले सेनाको लोकतान्त्रीकरणको परिभाषा भने दिन चाहेनन् ।
काठमाडौं आइपुगेको दिन बुधबार नै पास्कोले प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग भेट गरेका थिए । बिहीबार उनी माओवादी लडाकूको शिविरको अवस्था बुझ्न चितवन शक्तिखोरस्थित माओवादी शिविर पुगेका थिए ।
यसैबीच शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले शान्ति प्रकि्रयालाई पारदर्शी बनाउने मनसायले माओवादी लडाकूहरुको विवरण मागिएको बताएका छन् ।
मन्त्रालयमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको कार्यालय ओएचसीएचआर सहित मुलुकका मानवअधिकारकर्मीसँग उनले भने ुशान्ति प्रकि्रया पनि पारदर्शी हुनुपर्छ भन्ने हाम्रो चाहना हो ।ु उनले सरकारले अनमिनसँग गोप्य सूचना नभई बारकोडका आधारमा लडाकूहरुको संख्या मात्रै मागेको बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी