२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

नारायणगढबाट सेयर कारोबार राजधानी समाचारदाता

काठमाडौं २७ फागुन
चितवनको नारायणगढबाट सेयर कारोबार सुरु भएको छ । त्रिशूल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट प्रालिले बिहीबारदेखि नारायणगढबाट सेयर कारोबार सुरु गरेको हो ।
नेप्सेले काठमाडौंकेन्द्रित दोस्रो बजार कारोबारलाई विस्तार गर्दै लैजाने क्रममा १७ फागुनदेखि परीक्षणको रुपमा पोखराबाट कारोबार सुरु गरेको थियो ।
योसँगै उपत्यका बाहिरबाट कारोबार गर्ने त्रिशूल सेक्युरिटिज चौथो सदस्य दलाल भएको छ । पोखराबाट अर्को सदस्य दलाल पि्रमियर सेक्युरिटिज कम्पनीले पनि सेयर कारोबार सुरु गरेको नेप्सेले जनाएको छ । योसहित उपत्यकाबाहिरबाट सेयर कारोबार गर्ने सदस्य दलालको संख्या पाँच पुगेको छ ।
यसअघि विराटनगरबाट नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्राइभेट लिमिटेडले कारोबार सुरु गरिसकेको छ ।
फाइबर अप्टिकल जोडिएका सहरबाट कारोबार सुरु गर्ने नेप्सेको योजनाअनुसार नेपाल धितोपत्र दलाल संघको समन्वयमा नारायणगढ पोखरा र विराटनगरका अतिरिक्त वीरगन्ज बुटवल र नेपालगन्जबाट सेयर दलालको रिमोट वर्क स्टेसन आरडब्लूएस मार्फत कारोबार गराउने प्रकि्रया सुरु भएको नेप्सेले जनाएको छ ।
यसअनुसार नेपालगन्जबाट तीन र अन्य सहरबाट चार÷चार सदस्य दलाल व्यवसायी निकट भविष्यमै कारोबार सुरु गर्ने क्रममा रहेको बताएको छ । यसबाट उपत्यकाबाहिरका सेयर लगानीकर्ता लाभान्वित हुने र पुँजी बजारको विकासमा महŒवपूर्ण टेवा पुग्ने विश्वास नेप्सेले लिएको छ ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी