© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
सिकारी भएकाले दोहोरो भीडन्तमा मृत्यु भएको दाबी गरेको छ ।
उनीहरुको शव बिहीबार दिउँसो १ बजे कालिकास्थानमा भेटिएको स्थानीय नवराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार बुधबार बिहान गाउँबाट ७ जनाको समूह काउलो खोज्नको लागि निकुञ्जमा गएको थियो । निकुञ्जमा बर्दिया ठाकुरद्धारास्थित ज्वालादल गणबाट गस्तीमा आएको नेपाली सेनाको टोलीले उनीहरुलाई भेटाएपछि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ गरेको केहीबेरमै उनीहरुको हत्या भएको भाग्न सफल स्थानीय गोपाल बिकले बताए ।
सेनाले भने विहिारराती करिब ८ः३० निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी ईलाकामा शिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरको आधारमा खट्टिएको गस्ती टोली उक्त बाँसपानी ईलाकामा पुगेपछि शिकारीहरुसँग जम्काभेट भएको र शिकारीहरुलाई गस्ती टोलीले चेतावनी दिँदा समेत उनीहरुले गस्ती टोली माथी फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारवाही गर्दा तीन जनाको मृत्यु भएको दाबी गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले विहिवार विज्ञप्ती जारी गरी उक्त घटनामा संलग्न अन्य चार जना भाग्न सफल भएको र एक जनालाई गस्ती टोलीले आफ्नो नियन्त्रणमा लिएको सेनाले जनाएको छ । गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल, गोली चार राउण्ड, बारुद दुई बट्टा, खुकुरी एक वटा, बञ्चरो दुई वटा, पासो एक वटा, नाम्लो छ वटा, छाला काड्न प्रयोग गरिने बासुलो एक वटा समेत बरामद गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
Comments0
Leave Comments