© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
सुभाष न्यौपाने÷राजधानी
काठमाडौं २७ फागुन
सरकारले सडक निर्माण क्षेत्रमा भएको बजेटलाई रकमान्तर गर्दै ७१ ओटा पुल निर्माण गर्ने भएको छ ।
सडकमा हुने बजेटलाई ुपि्रुजु हुन नदिन त्यसमा विनियोजित रकमलाई पुल निर्माण गरिने भएको हो ।
निर्माण तथा भौतिक योजना मन्त्रालयले यसका लागि एक अर्ब ७५ करोड रुपैयाँ विनियोजित रकम रकमान्तर हुने जनाएको छ । मन्त्रालयका सचिव पूर्ण कडरियाले निर्माण क्षेत्रमा हुने ठूलो रकम ुपि्रुजु हुन नदिन मन्त्रालय प्रतिबद्ध भएकाले छिटो र सहज ढंगले कार्य साचालन गर्न पुलमा लगानी गर्न लागिएको बताए । ुहतार-हतार निर्माण कार्य गरेर गुणस्तर नबिगार्न सबैलाई निर्देशन दिइएको छु उनले भने ुअब कार्ययोजना बढिसकेका बाटाका लागि पुल निर्माण गरिनेछ ।ु
भारतले हुलाकी मार्गका लागि दिएको एक अर्ब रुपैयाँमध्येको ८० करोड रुपैयाँ र अन्य स्वदेशी परियोजनामा छुट्टुइएको ९५ करोड रुपैयाँलाई पुल निर्माणका लागि खर्च गरिने भएको हो । सचिव कडरियाले यो वर्ष सडक विस्तारको रकम पुलमा खर्च हुने भए पनि आगामी आर्थिक वर्षमा पुलमा विनियोजन हुने रकम सडक विस्तारमा खर्च गरिने जानकारी दिए ।
मन्त्रालयले रकमान्तरका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग स्वीकृति पनि लिइसकेको छ । यी दुवै निकायले विकासे शीर्षकमा भएको रकम खर्च गर्न स्वीकृती दिइसकेको छ । अर्थ मन्त्रालयले जनताको करबाट विकास निर्माणमा जाने पैसा मध्यबर्खामा जवर्जस्ती खर्च गर्ने प्रवृत्ति रोक्न निर्देशन दिइसकेको छ ।
सडक विभागका महानिर्देशक रामकुमार लम्सालले यस वर्ष मध्यबर्खामा सडक
विस्तार र मर्मतका कामलाई निरुत्साहित गरिने बताए । ुविभागले यतिखेर धमाधम सडक विस्तार तथा मर्मतको कार्य गरिरहेको छु उनले भने ुपुल निर्माण कार्य एकै ठाउँमा गर्न सकिने हुनाले सहजीकरण गरिएको हो ।ु
चालू आर्थिक वर्षको बजेट माओवादीको व्यवस्थापिका संसद्को अवरोधका कारण पारित हुन लामो समय लागेपछि सडक निर्माण हुन नसकेर ुपि्रुजु हुने तथा हतार-हतार अन्तिम समयमा कार्य गर्ने विकृति यस वर्षदेखि तोडिन लागेको हो । विभागका महानिर्देशक लम्सालले आगामी वर्षदेखि चैत महिनाभित्र सडकका काम सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
व्यवसायीले पनि कम गुणस्तरको सडक विस्तार र मर्मत गर्नुभन्दा बजेट रकमान्तर गरेर पुल निर्माणमा दिइएको प्राथमिकताको समर्थन गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष यक्षध्वज कार्कीले विगतमा बर्खामा बाटो खन्ने कार्य हुदाँ सरकारी प्राविधिक र निर्माण व्यवसायी दुवै ुआलोचितु हुदँै आएकामा यसपटक चाँडै काम गर्ने वातावरण निर्माण हुनु सकारात्मक पक्ष भएको बताए ।
Comments0
Leave Comments