© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
शिव दुवाडी÷राजधानी
काठमाडौं २७ फागुन
सरकारले आर्थिक अध्यादेश संशोधन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आर्थिक अध्यादेश २०६६ मा पहिलो संशोधन गरेको हो ।
आर्थिक अध्यादेशको संशोधनविना सरकारले त्यसमा भएको व्यवस्थाबाहेक थप काम गर्न नसक्ने भएकाले त्यसलाई संशोधन गरिएको हो । यो संशोधनसँगै सरकारले चाहेको बखत वस्तु र सेवामा शुल्क बढाउन सक्ने अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए ।
राजधानीसँग कुरा गर्दै मन्त्री पाण्डेले आर्थिक अध्यादेश २०६६ मा भएको व्यवस्थ्ाामध्ये केही व्यवस्थामा सामान्य परिमार्जन गर्नुपर्ने अवस्था देखिएकाले अध्यादेशको पहिलो संशोधन गर्न जरुरी भएको बताए ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति डा। रामवरण यादवले बिहीबार सो अध्यादेश जारी गरेका हुन् । सरकारले ल्याएको आर्थिक अध्यादेश २०६६ को पहिलो संशोधनको मुख्य उद्देश्य सुनको आयातमा लाग्ने भन्सारको विद्यमान दस्तुर वृद्धि गर्नु रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
नेपाल र भारतबीच सुनको भन्सार दर फरक भएका कारण नेपालबाट सुन भारत निकासी हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने उद्देश्यले सुनमा लाग्दै आएको भन्सार दर वृद्धि गर्नु परेको ती अधिकारीले बताए ।
विद्यमान व्यवस्थाअनुसार नेपालमा प्रति १० ग्राम सुनमा एक सय ३० रुपैयाँ भन्सार लाग्दै आएको छ । केही साताअघि मात्रै सार्वजनिक भएको बजेटले भारतमा यस्तो दर वृद्धि गरी प्रति १० ग्राम ४ सय ८० रुपैयाँ पुर् याएको छ । भारतमा भएको चर्को भन्सारदरका कारण नेपालबाट सुन भारत गएको आशंकामा नेपाल राष्ट्र बैंकले विगत केही दिनयता नेपालमा हुने सुन आयातमा नै रोक लगाएको थियो । सुनको आयातमा लागेको रोकावटपछि वयवसायीहरुले सुनमा कृत्रिम रुपले मूल्यवृद्धिसमेत गरे ।
आयात ठप्प भए पनि माग जारी रहेकाले पछिल्ला केही दिनयता नेपालमा अन्तर्राष्ट्रिय बजारको तुलनामा सुनको मूल्य बढी भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । बजारलाई स्वतस्फुर्त रुपमा लैजान र अवैध निर्यात रोक्न राज्यले भन्सार बढाएरै भए पनि निर्वाध आयातको व्यवस्था गर्नुपर्ने उनको तर्क छ । गतसाता महिनाका अवधिमा नेपालमा ३३ अर्ब रुपैयाँको सुन आयात भएको थियो ।
सरकारले आर्थिक अध्यादेश संशोधन गर्नुको पछाडि पछिल्ला केही महिनायता मुलुकको आर्थिक क्षेत्रमा देखिएको संकट समाधान गर्न विभिन्न क्षेत्रमा थप व्यवस्था गर्नु पनि रहेको एक सरकारी अधिकारीले बताए । उनका अनुसार बढ्दो व्यापार घाटाका कारण उत्पन्न भुक्तानी असन्तुलन रोक्न पनि यो अध्यादेश संशोधन आवश्यक थियो । यो अध्यादेशसँगै निर्यात प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने नीतिअनुरुप सरकारले आयातित वस्तुमा थप भन्सार दर कायम गर्नेछ ।
Comments0
Leave Comments