२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

बद्रीलाल र गणेशमान अगाडी

काठमाडौ÷रास- बद्री लाल नेपाली र गणेश मान दुवालले रामबीर स्मृती बुद्धीचाल प्रतियोगितामा अग्रता कायम गरेका छन् । सात चरणको समाप्तीमा दुवै खेलाडीको ६ अंक छ । यी दुइ खेलाडी विच आठौ चरणमा खेल हुने छ । सातौ चरणमा नेपालीले साजन पाण्डे तथा गणेश मानले रिजेन्द्र राज भण्डारीलाई पराजित गरे । यी तीनलाई नबीन तण्डकार उत्तम थापा र मनीस हमालले ५ दशमलब ५ अंक सहित पछ्याइरहेका छन् । आठौ चरणमा मनीस र नबीन विच खेल हुने छ भने उत्तमले प्रचण्ड मालकारको सामना गर्ने छन् ।
एक दिन अगाडी एकल अग्रता कायम गरेका नबीनले छैटौ चरणमा साजन पाण्डेसंग पराजयृको सामना गरे । सातौ चरणमा उनले उत्तम थापासंग बराबरी गरे । बद्रीलालले छैटौ चरणमा प्रेमकृष्ण मर्हजनलाई पराजित गरेका थिए । गणेश मानले छैटौ चरणमा रबिन्द्र शाक्यलाई पराजित गरेका थिए ।
उत्तमले छैटौ चरणमा राजु सुबेदीलाई पराजित गरे । मनीसले सुजेन्द्र प्रसाद श्रेष्ठ र विजय जंग श्रेष्ठलाई पराजित गरे । साजन र रिजेन्द्र सहित प्रचण्ड मालाकारश्याम श्रेष्ठ राजु सुबेदी धर्म लामा र रबिन्द्र शाक्यको पाच अंक छ । रिजेन्द्रले छैटौ चरणमा धर्म लामालाई पराजित गरे । प्रचण्डले छैटौ चरणमा सुरज तीबारी र सातौ चरणमा सिताराम अग्रवाललाई पराजित गरे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी