२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

पुलिस आपुनै लयमा एनआरटी र मछिन्द्र बराबरी

काठमाडौं÷रास- नेपाल पुलिस क्लबले प्रेुन्ड्स क्लबलाई ३-०ले पराजित गरेपछि प्रुेन्ड्सको पुलिसलाई पराजय गराउने सपना चक्नाचुर भएको छ । दशरथ रंगशालमा भएको शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत विहिबार भएको खेलमा पुलिसले प्रुेन्डस क्लबलाई पराजय गर्दै पहिलो स्थानमा फड्को मार्न सफल भएका छ । राम्रो खेल प्रस्तुत गरेको पुलिस क्लबले ३ अंक थप्दै १४ अंक सहित पहिलो स्थानमा फड्को मार्न सफल भएको हो । यता बिहिबार नै भएको अर्काे खेल मछिन्द्र र एनआरटीबिच गोलरहित बराबरी रह्यो ।
पुलिसका लागि ६२ औं मिनेटमा जुमानु राईले गोल गर्दै खाता खोलेका थिए । पहिलो गोल भएको पाच मिनेट पछि चेतन घिमिरेले अग्रतालाई दोब्बर पारे । प्रुेन्ड्सका गोलरक्षक र डिफेन्डको सन्तुलन विग्रेको मौकालाई छोप्दै घिमिरॆले गोल गरे । भोला सिलवालले ८२ औं मिनेटमा तेस्रो गोल थप्दै पुलिसको विजयीलाई सुनिश्चित गरे । पुलिसलाई हराउने महत्वकांक्षा बोकेका प्रुेन्डेसका प्रशिक्षक मृगेन्द्र मिश्रले पुलिससँग ३-०को पराजयपछि खेलबाट असन्तुष्ठ व्यस्त गर्दै भने-ु मिडफिल्डर चल्न नसक्दा पुलिसलाई हराउने लक्ष्य पुरा हुन सकेन ।ु उनले विदेशी खेलाडी ल्याउनका लागि प्रयास गरिरहेको बताउदै दुइ जर्मनी र २ भारतीय खेलाडी ल्याउने तयारीमा प्रुेन्ड्स क्लब रहेको जानकारी दिए ।
पुलिसका प्रशिक्षक विराट कृष्ण श्रेठले खेलबाट सन्तुष्ट भए पनि रेप्रुीको गल्ती केलाउदै भने-ुरेप्रुीले सहि निर्णय लिनुपर् यो ।ु
यता मछिन्द्र क्लबले एनआरटीलाई बराबरीमा रोक्दै ९ अंक बटुल्न सफल भएको छ । मछिन्द्रले बलिया टिमहरुलाई बराबरीमा रोक्दै आफ्नो खेल सुधारिएको संकेत दिएको छ । एनआरटी ११अंक सहित अंक तालिकमा मनाङ्ग मस्याङ्र्दी पछि तेस्रो स्थानमा रहेको छ । मछिन्द्रका नया कप्तान विष्णु केसीले खेल शुरु भएको पाचौ मिनेटमा नै गोल गर्ने मौका चुकाए । यता १६ औ मिनेटमा नविन न्यौपानेले दिएको पासलाई जीवन सिन्केमानले हेडिङ्ग गर्दै झाली चुमाउने प्रयास गरे तर गोलरक्षक विशाल मगरले बचाउदै मछिन्द्रलाई चुनौतीबाट जोगाए । सायन मिसावी नविन न्यौपानेले गोल गर्ने अवसर चुकाएपछि गोलरहित बराबरीमा रोकिदै मछिन्द्रसँग एनआरटीले एक÷एक अंक बाड्न विवश भयो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी