© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
राजधानी समाचारदाता
काठमाडौं २७ फागुन
अलराउन्डर निश्चल पाण्डे ुएसीसी यू-१६ एलिट कप कि्रकेटु प्रतियोगिताको तेस्रो खेलमा पनि चम्केपछि नेपालले बहराइनलाई समुहको अन्तिम खेलमा ८५ रनले हराउदै सेमीफाइनलको यात्रा तय गर् यो । साथै नेपाल सेमीफाइनलमा पुग्ने प्रतियोगिताकै पहिलो टोली समेत बनेको छ ।
लगातार तेस्रो खेलमा जित हात पादै ६ अंकका साथ नेपाल समुह ुखु को विजेता बन्दै सेमीफाइन पुगेको हो । निश्चलले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रर्दशन गरेपछि नेपालले सहज रुपमा सेमीफाइनमा पाइला टेकेको हो । निश्चलले बलिङ तर्फ पाँच विकेट लिए भने ब्याटिङमा ७४ रनको महत्वपूर्ण पारी खेले । नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको एकै खेलमा पाँच विकेट र अर्धसतक भनाई कुवेतबिरुद्धको दोस्रो खेलमा कीर्तिमान राख्न सफल निश्चलले सो कीर्तिमानलाई बिहिबार पुन दोस्रो पटक राखे । कुवेतबिरुद्ध पाँच विकेट हात पादै ५४ रन जोडेका उनले बिहिबार सैनिक मैदान भक्तपुरमा बहराइनबिरुद्ध ७४ रन जोड्दै पाँच विकेट लिए ।
निश्चलको आक्रामक ब्याटिङको मद्दतले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निधारीत ४० ओभरमा सात विकेट गुमाइ दुई सय ६ रनको योगफल खडा गरेको थियो । दुई सय सात रनको विजय लक्ष्य पछ्एको बहराइनले ४० ओभरनै ब्याटिङ गदै नौ विकेटको क्षतिमा एक सय २१ रन मात्र बनायो ।
लगातार तेस्रो खेलमा पनि म्याच अफ दी म्याचको ट्रफि जित्न सफल प्रारम्भिक व्याट्सम्यान द्धय निश्चल र शरद खड्काले नेपाललाई राम्रो सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । दाया हाते ब्याट्सम्यान निश्चलले ६२ बलको सामना ७४ रन बनाए । उनले १२ चौका प्रहार गरेका थिए । अर्का प्रारम्भिक ब्याट्सम्यान सरदले २६ रन जोडे । आठ नम्बरमा ब्याटिङ गरेका हरी चौलागाईले आक्रामक ब्याटिङ गदै अविजित २७ रन जोडे । उनले मात्र २० बलको सामना गदै चार चौका प्रहार गरेका थिए । बहराइनलाई जितबाट बिाचत पार्न नेपाली टोलीका नायक निश्चलले पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका निश्चलले आठ ओभर बलिङ गदै २८ रनमात्र खर्चेका थिए । तीन खेलको समाप्तीसँगै निश्चलको विकेट संख्या १४ पुगेको छ ।
Comments0
Leave Comments