२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

बिग आइकन जित्ने होडमा

हेटौंडाकी मायादेवी गुरुङ अहिले पोखरामा छिन् । पोखरा घुमेर रमाइलो गर्ने मनसायले आएकी होइनन् उनी । पोखरामा साचालन भइरहेको ुबिग आइकन २०१०ु जित्ने धोको छ उनको ।
गायन प्रतिस्पर्धामा पहिलोपटक भाग लिएकी मायादेवी पहिलो प्रतिस्पर्धाबाट छानिएर उत्कृष्ट १० मा पर्न सफल भएकी छन् । कर्म थलो पोखरालाई मायादेवीले भनिन् ।
धेरै किशोरकिशोरी तन्नेरीहरु पोखरामा गायन
प्रतिस्पर्धा गरिहरका छन् । करिब ३७ जिल्लाबाट पोखरा आएका तरुना तन्नेरीमध्ये छानिएका १० ले आफ्नो गायन क्षमता प्रदर्शन गरिरहेका छन् ।
साहित्य र संगीतको राजधानी भनेर चिनिने पोखरामा पछिल्लो एक दशकमा प्रतिस्पर्धात्मक संागीतिक कार्यक्रम भएका थिएनन् । यही परिपे्रक्षमा पोखराको ुबिग एफएमुले आयोजना गरको ुबिग आइकनु जित्न तरुना तन्नेरीका बीचमा घम्साघम्सी चलिरहेको छ ।
एक बसे्र यात्रा पार गर्दा नगर्दै एफएमले प्रतिभावान् गायकगायिकाहरुलाई एउटा माच उपलब्ध गराएको छ । एसएलसीको तयारीमा रहेकी तारा श्रीसमगर म्याग्दीबाट आएका गगन पुन दुर्गा परियार निश्चलकुमार श्री नरजंग गुरुङ विष्णुराज अधिकारी मदन रानाभाट किशोर सुनार गगन पुन र मायादेवी गुरुङ गायन क्षेत्रमा आफ्नो भविष्य खोज्दै छन् अहिले ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको गण्डकी तारामा उपविजेता बनेकी कास्की सराङकोटकी दुर्गा परियारसमेत बिग आइकनमा उपाधि जित्न लागि परेकी छन् । उनी भन्छिन् ुआधुनिक गीतको माध्यमबाट पाश्र्व गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्छु ।ु
मोफसलमा सर्वाधिक राशि दुई लाख रुपैयाँबराबरको पुरस्कार म्युजिक एल्बम सम्मान र माचसहितको गायन प्रतियोगितामा भएकाले पनि युवा गायकहरुले अहिले आइकन जित्ने होडबाजी चलेको छ ।
कास्की लाहाचोकका सिडी विजय अधिकारी पनि उत्कृष्ट १० मा छानिएका छन् । आधुनिक विधालाई अंगालेर गायन यात्रा अगी बढाउने सोच छ उनको ।
विजय भन्छन् ुहामीले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएका छौं यस्ता प्रतियोगिताहरु नेपालको कुना कुनामा हुनु आवश्यक छ ।ु
चार सय ६५ जनाको जम्बो समूहबाट छानिएका उत्कृष्ट १० ले आइतबारदेखि उत्कृष्ट छानिनका लागि पोखरालाई संगीतमय बनाएका छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी