२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

शिक्षक कोटा वितरणमा अनियमितता ः प्रतिवेदन

प्रदीप न्यौपाने÷राजधानी
काठमाडौं २७ फागुन
शिक्षक राहत कोटा छानबिन समितिले प्रधानमन्त्री माधवकुमार नेपाललाई शिक्षक राहत पीसीएफ कोटा वितरणमा अनियमितता भएको ठहरसहितको प्रतिवेदन बिहीबार बुझाएको छ ।
पूर्वशिक्षामन्त्री रामचन्द्र कुशवाहले शिक्षक राहत कोटा वितरणमा अनियमितता गरे नगरेको छनबिन गर्न सरकारले १६ दिनअघि गठन गरेको समितिले शिक्षक कोटा वितरणमा अनियमिता भएको ठहरसिहतको प्रतिवेदन बुझाएको हो ।
शिक्षक राहत कोटा वितरणमा निर्देशिका जारी नगरी वितरण गरेका कारण व्यापक अनियमितता भएको छानबिन समितिका संयोजक राष्ट्रिय योजना आयोगका सदस्य तीर्थ खनियाँले बताए ।
राहत कोटामार्फत शिक्षक हुनेहरु अधिकांश शक्तिको आधारमा हुने गरेको देखिएको उनले बताए । समितिले १६ जिल्लामा गरेको अध्ययन तथा अनुसन्धानपछि
प्रतिवेदन तयार गरेको हो । समितिका सदस्यमा अर्थ मन्त्रालयका सहसचिब
राजन खनाल र शिक्षाका सहसचिव लवदेव अवस्थी छन् ।
विभिन्न दातृनिकाय तथा सार्वजनिक लेखासमितिबाट शिक्षक राहत कोटा वितरणमा अनियमिता गरेको आरोप लागेपछि कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका थिए । मन्त्रीको राजीनामासँगै सरकारले छानबिनका लागि समिति गठन
गरेको थियो ।
एकतीस पृष्ठ लामो प्रतिवेदनमा शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई सुधार गर्न सुझावसमेत दिइएको छ । शिक्षा विभागबाट जिल्लामा गएका शिक्षक कोटा वितरण कार्य कसरी भयो जिल्ला शिक्षा समितिले कोटा वितरणमा निर्णय गरे नगरेको तोक र आदेशमा कति संख्यामा कोटा वितरण भए भन्ने विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता डा। लेखनाथ पौडेलले बताए ।
अधिकांश जिल्लामा वितरण भएका राहत शिक्षक कोटा तोक आदेश र अनियमित तरिकाले वितरण भएको प्रतिवेदनमा उल्लेख छ । राहत कोटा ३६ हजारभन्दा बढी वितरण भएको समितिले जनाएको छ । अनियमित तरिकाले वितरण भएका शिक्षक कोटा खारेज गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
विद्यार्थी संख्याका आधारमा कोटा वितरण नभई शक्तिको आधारमा हुने गरेका कारण शिक्षक कोटा वितरणमा व्यापक अनियमितता देखिएको प्रतिवेदनले जनाएको छ । केही विद्यालयमा व्यवस्थापन समितिले दलीय राजनीतिक भागबन्डाका आधारमा कोटा वितरण गरेको पाइएको छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री नेपालले दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले दोषीलाई कारबाही गरी शिक्षा क्षेत्रमा देखापरेका विकृतिलाई अन्त्य गरी सुधार गर्ने जनाए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी