© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
शिव दुवाडी÷राजधानी
काठमाडौं २६ फागुन
राजस्व अनुसान्धान विभागले साचारकर्मीलाई कार्यलय प्रवेशमा रोक लगाएको छ ।
सूचना चुहावट हुन नदिई अनुसन्धानलाई गोप्य र प्रभावकारी बनाउन विभागका महानिर्देशक महेश्वर दाहालले कार्यालयमा साचारकर्मीको प्रवेशमा रोक लगाउने व्यवस्था गरेका हुन् ।
केही समययता लागू भएको यो व्यवस्थासँगै महानिर्देशक दाहालको पूर्व स्वीकृतिविना कुनै पनि साचारकर्मीलाई कार्यालय पस्न दिइँदैन । समाचार संकलनका लागि विभाग पुग्ने साचारकर्मीलाई कार्यालय परिसरमा तैनाथ सुरक्षाकर्मीले कार्यालय बाहिरैबाट फर्काउने गरेका छन् ।
महानिर्देशक दाहालले अनुमतिविना पत्रकारलाई पस्न नदिनुभन्ने आदेश दिएको भन्दै ती सुरक्षाकर्मीहरुले साचारकर्मीलाई गेटैबाट पर्काउने गरेका छन् ।
ुअनुमतिविना कार्यलयमा पस्न नदिनु भन्ने आदेश छु कार्यलय सुरक्षामा खटिएका एक प्रहरीले भने ुहामीले त आदेशको पालना गर्ने हो अरु कुरा उनलाई नै सोध्नुस् ।ु साचारकर्मीलाई कार्यालय प्रवेश निशेष गर्ने महानिर्देशक दाहालले सूचना गोप्य राख्न सहयोग पुर् याउने उद्देश्यले प्रवेशमा कडाइ गरेको बताए । ुहामीले प्रवेश निषेध गरेका होइनौं कडाइमात्र गरेका हौंु महानिर्देशक दाहालले भने ।
राजस्व छलीका घटनाका विषयमा विभागमा अनुसन्धान हुने भएकाले आफू अनुकूल हुने गरी निर्णय लिन साचारकर्मीबाट सूचनालाई टाढा राख्ने उद्देश्यले प्रवेशमा रोक लगाइएको कार्यालयका एक कर्मचारीले बताए ।
उनका अनुसार विगत केही सातादेखि साचारकर्मीको प्रवेशमा रोक लगाइएको हो । सो सम्बन्धमा विभागका महानिर्देशक दाहालले भने कार्य व्यस्तता र प्राविधिक कारणले गर्दा प्रवेशमा कडाइ गरिएको भए पनि कसैलाई काखा र कसैलाई पाखा नगरिएको स्पष्ट पारे ।
Comments0
Leave Comments