२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

प्राधिकरण कर्मचारी आन्दोलन चर्कियो

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै २६ फागुन
आन्दोलनरत नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले आफ्ना माग पूरा नभए सबै उडान बन्द गर्ने चेतावनी दिएका छन् ।
व्यवस्थापनले भत्ता समायोजन कर्मचारी सुरक्षा र प्राधिकरण साचालक समितिमा कर्मचारीको प्रतिनिधित्व गराउने बताए पनि कार्यान्वयन हुन नसकेपछि कर्मचारीले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
प्राधिकरण व्यवस्थापनले खाइपाई आएको तलबसँगै कर्मचारीलाई ६७ प्रतिशतसम्म भत्ता उपलब्ध गराउने आश्वासन दिएको थियो । हाल १८ प्रतिशतमात्र भत्ता दिएको आन्दोलनरत कर्मचारीले बताए । प्राधिकरणमा कार्यरत विभिन्न संगठनका कर्मचारीले २० फागुनदेखि प्राधिकरणका महानिर्देशक केशवराज खनालको कार्यकक्षमा ताला लगाएर आन्दोलन गरिरहेका छन् ।
प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष गोविन्दचन्द्र सुवेदीले बुधबारसम्म पनि व्यवस्थापन पक्षबाट माग सम्बोधन नभएकाले आफूहरु पूर्वघोषित आन्दोलनलाई थप चर्काउने अवस्थामा पुगेको बताए । उनले बिहीबार आन्तरिक उडान बन्द गर्ने र शुक्रबार बाह्य उडानसमेत रोक्ने सम्मका कार्यक्रम तय भएको जानकारी दिए । प्राधिकरणका कर्मचारी र पर्यटनमन्त्री शरतिसंह भण्डारीबीच मंगलबार भएको वार्ता विनानिष्कर्ष टंुगिएको थियो । मन्त्री भण्डारी र पर्यटनसचिव नगेन्द्रप्रसाद घिमिरेले माग सम्बोधनका लागि कर्मचारीसँग ४५ दिनको समय मागेपछि आफूहरु सहमत नभएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दमन रावलले राजधानीलाई बताए ।
उनले सबै कर्मचारी संगठनबीच सम्पन्न बैठकले पर्यटनमन्त्री भण्डारी र महानिर्देशक खनालको राहदानी जफत गर्नेसम्मका कार्यक्रम तय भएको जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट उनीहरुको राहदानी जफत गराएर विदेश भ्रमणमा बाधा पुर् याउने खालका कार्यक्रम रहेको रावल बताउँछन् । नेपाल पर्यटन बोर्ड होटल संघ पाइलट संघ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाट्टा लगायतका संस्थालाई विमानस्थल बन्द हुनसक्नेसम्बन्धी पत्र पठाइसकेको पनि उनले जानकारी दिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी