२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

औद्योगिक करिडोरका उद्योग संकटग्रस्त

विनोद, सुदीप÷राजधानी
विराटनगर २६ फागुन
मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योग संकटग्रस्त अवस्थामा रहेका छन् । करिडोरमा रहेका पाँच सय ६० उद्योगका मुख्य प्रवेशद्वारमा ुउद्योग क्षेत्र संकटमा छन्ु भनेर लेखिएका तुलहरु टाँगिएको अवस्था छ ।
पछिल्लो समयमा आएर उद्योगीलाई धम्की र ज्यान लिने क्रम तथा आक्रमण बढेपछि उद्योगी व्यवसायी एक महिनादेखि चरणबद्ध आन्दोलनमा छन् । उद्योग व्यवसायको विकासविना देशको सुधार असम्भव भन्दै विकास र सुरक्षाको प्रत्याभूति दिलाउने मागसहित व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।
एक साताअघिदेखि ऊर्जा संकट समाधानको माग राखी औद्योगिक समस्या न्यूनीकरण संयुक्त संघर्ष समितिले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनरमा तालाबन्दी गरेको छ । तर पनि सम्बन्धित निकायले अझसम्म पनि ताला खुलाउनेतर्फ कुनै पहल गरेको छैन ।
उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले राजधानीलाई भने ुसरकारमा रहने नेतालाई सत्ता र कुसर्ीको मात्र चिन्ता रहेको जस्तो भान हुन थालेको छ । आर्थिक क्रान्तिको नाम लिने तर औद्योगिक क्षेत्रका जायज माग सम्बोधन नगर्ने प्रवृत्तिले अब के होला भन्ने अवस्था सिर्जना भएको छ ।ु
उद्योगीले भारतको कटैयाबाट आयात गरिएको विद्युत् पूर्वााचलका लागि उपलब्ध गराउनुपर्ने मोरङको बासबारीमा रहेको डिजलप्लान्ट पूरै साचालनमा ल्याई नियमित विद्युत् आपूर्ति गर्नुपर्ने तथा डिमान्ड शुल्क खारेजीको माग राखेका छन् । तर सम्बन्धित निकायले आफ्ना मागाहरुलाई गम्भीरतापूर्वक नलिएको उद्योगीको आरोप छ । संगठनका निवर्तमान अध्यक्ष अशोक मुरारकाले जायज माग पूरा गर्न सरकार उदासीन रहेको बताए ।
आन्दोलन उद्योगीको मात्र नभएर ती उद्योगमा रहेका मजदुर उनमा आश्रित परिवारको पनि भएको तर्क अर्का उद्यमी श्याम पौड्यालको छ । पौड्यालले भने ुउद्योग संकटग्रस्त नबनेको भए सडकमा आएर प्रदर्शन तालाबन्दी र अनसनका कार्यक्रम लिएर उद्योगी आन्दोलनमा आउने थिएनन् ।ु
सरकारले १२ घन्टामात्र लोडसेडिङ हुने बताएपछि एक सातादेखि दैनिक १६ घन्टा लोडसेडिङ भइरहेको व्यवसायीहरु बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका कोसी अाचल संयोजक तथा केन्द्रीय सदस्य किशोर प्रधानले उद्यमीको समस्या समाधानका लागि सरकार गम्भीर नहुनुले देश विकासभन्दा पनि औद्योगिक विनासतर्फ गइरहेको टिप्पणी गरे ।
उनका अनुसार सरकार अझै पनि उद्योगी र व्यवसायीका समस्या समाधानका लागि गम्भीर नभए केही दिनमा विराटनगर र आसपासमा रहेका उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।
उनले थपे ुअहिलेसम्म आन्दोलन र विरोधको धैर्यता राख्दै चेतावनीमात्र दिएका छौं तर अब निर्णायक आन्दोलन हामीले गर्नु पर्दैन उद्योग आफैं बन्द भएर उत्पादन शून्य र अभाव सुरु भएपछि सरकारले थाहा पाउनेछ ।ु

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी