२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

माओवादीद्वारा सैलुन व्यवसायी अपह्त

पर्शुराम काफ्ले÷राजधानी
काठमाडौं २६ फागुन
माओवादी कार्यकर्ताले थापाथलीस्थित एक सैलुन व्यापारीलाई अपहरण गरी १३ हजार रकम दिन दबाब दिँदै ज्यान लिनेसम्मको धम्की दिएका छन् ।
थापाथलीमा ुदिबाज ब्युटी सैलुन फर लेडिज एन्ड जेन्ट्सु साचालन गर्दै आएका देवराज ठाकुरलाई मंगलबार अपराह्न चार दर्जनजति माओवादी कार्यकर्ताले थापाथलीस्थित बाग्मती किनारमा लगेर त्यस्तो धम्की दिएका हुन् । हरेक महिनाको मंगलबार सैलुन बन्द गर्नुपर्ने नियम तोडेको भन्दै उनीहरुले ुकारबाहीु गरेको ठाकुरले राजधानीलाई बताए ।
उनको अपहरणका अगुवा माओवादीसम्बद्ध अखिल नेपाल मजदुर नाई संघका महासचिव नागेन्द्र ठाकुर ुबब्लु हुन् । उनीहरुले तीन दिनभित्र पेरिसडाँडा कोटेश्वरस्थित माओवादी कार्यालयमा पैसासहित हाजिर हुन उर्दी दिएका छन् । ुलुगा धोइरहेको अवस्थामा अपहरण गरेु ठाकुरले भने ुहाम्रोविरुद्ध तँ हिँड्ने सिध्याइदिऊँ भन्दै धम्क्याए ।ु तीन दिनसम्म पसलसमेत बन्द गर्न माओवादीले निर्देशन दिएको ठाकुरले बताए । थापाथलीस्थित प्रहरी पोस्टका प्रहरीले भने कुनै हस्तक्षेप गरेनन् ।
ुम कुनै पनि पार्टीमा लागेको छैन र माओवादीहरुले भनेको नियम मान्दै आएको थिएँु ठाकुरले भने ुमैले स्वतन्त्र भएर गरिखान नपाउने ु छोरा बिरामी भएकाले औषधि निकाल्न बुधबार उनले सैलुन खोलेका थिए । ुकुन बेला आएर के गर्ने हुन् कुनै भरोसा छैन तीन दिनभित्र पैसा नतिरे उडाइदिन्छौं भनेका छन्ु उनको दुखेसो थियो ।
अपहरणकर्ता बब्लुले राजधानीसँग भने ुहामीले भन्दै आएको नियम नमानेकाले उसलाई कारबाही गरिएको हो भनेको मानेन भने जनताले फेरि कारबाही गर्छन् ।ु

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी