© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
खिला कार्की÷राजधानी
काठमाडौं २६ फागुन
राजनीतिक अवस्थामा एक्लो हुँदै गएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गम्भीर स्वास्थ्यस्थितिका बेलासमेत परिवारको साथ पाउन छाडेका छन् ।
कोइरालाको स्वास्थ्यस्थितिबारे बुधबार दिनभर अनेक आशंकायुक्त हल्ला चल्दा राजधानीमै रहेका कोइराला परिवारका सदस्यमध्ये केही मात्र निवास पुगेका थिए त्यो पनि अबेला मात्र ।
छोरी सुजाता १० दिनदेखि विदेशमा छिन् भने भतिजाहरु पनि अधिकांश काठमाडौंबाहिर छन् । यहीँ रहेका पनि केही समय मात्र निवासमा बसेका थिए ।
कोइरालालाई कृत्रिम श्वास दिइएको भेन्टिलेटरमा राखिएको हल्लाले एकाबिहानै केही कांग्रेस नेता कार्यकर्ता एवं सर्वसाधारण मात्र निवास पुगेका थिए ।
कोइरालालाई चार दिनदेखि शौचालय जानसमेत सहयोगीको साथ चाहिन्छ । बुधबार ११ बजेपछि त एक सातादेखि ओछ्यान परेका पूर्वप्रधानमन्त्री कोइरालाको निवास लगभग शून्यजस्तै देखिन्थ्यो । पछिल्लो पटक प्रधानमन्त्री भएको समयमा सरकारी निवासमा बालुवाटारको मुख्य प्रवेशद्वारमा करिब एक सय नाम परिवारका सदस्यका रुपमा लेखिएको थियो ।
परराष्ट्रमन्त्रीका रुपमा सुजाता राष्ट्रसंघको मानवअधिकारसम्बन्धी सम्मेलनमा भाग लिन दुई साताअघि जेनेभामा गएकी छन् । सुजातापुत्री मेलिना पनि जेनेभामै छिन् ।
विराटनगरस्थित राजधानी सहकर्मीका अनुसार कोइरालाको स्वास्थ्य अवस्थाबारे गृहनगर विराटनगरवासीको चासो अन्यको भन्दा गम्भीर थियो । उनको स्वास्थ्यस्थितिबारे चलेका हल्लाले विराटनगरवासीलाई अन्योल र चिन्तामा डुबाएको थियो ।
बुधबार मध्याह्न कोइरालालाई उनका सहयोगीत्रय गोकर्ण पौडेल शेखर थापा र निजी सुरक्षा अधिकृत महेन्द्र मरासिनीको मात्र साथ थियो । लामो समयदेखि कोइरालाको हेरचाहमा खटिएका राजु केसी देवनारायण चौधरी सुर्जु उराव प्रकाश थापामगर र उत्तम चौधरीले पनि दिनभर कोइराला निवास छाडेनन् ।
पौडेल थापा र मरासिनी आलोपालो गरेर हरपल कोइरालासँगै हुन्छन् भने शयन कक्षमा देवनारायण रहन्छन् । केसी थापामगर उराव र उत्तमले कोइरालाको खाना तयार गर्छन् ।
कोइरालाका भतिजामध्ये केशवका छोरा डा। शेखर पनि कमै मात्र निवासमा पुग्छन् । शेखरका भाइ निराजन भने नेपालबाहिर छन् । बीपीपुत्र प्रकाश शशांक र श्रीहर्ष अंशबन्डाका लागि विराटनगर छन् ।
दाइ मातृकाका छोरा कमल कोइराला मलेसियास्थित नेपाली राजदूत छन् भने उनका भाइ विजय विराटनगरमा बस्छन् ।
स्रोतका अनुसार कोइरालाको शयन कक्षमा विद्युतीय घन्टी राखिएको छ । दिसापिसाब लागेका बेला त्यही घन्टी बजाएर कोइरालाले सहयोगीलाई संकेत दिन्छन् । स्रोतका अनुसार कोइराला पटक-पटक परिवारका सदस्यलाई खोज्छन् तर त्यसबेला कोही निवासमा भेटिँदैनन् ।
शशांक दैनिक एक पटक निवास पुगे पनि समय यकिन छैन । नेपालमै रहेका बेला पनि सुजाता कमै निवास जानेमध्येकी हुन् । सुजातापुत्री एवं नातिनी मेलिना र नातिनी ज्वाइँ रुवल चौधरी पनि कमै जान्छन् ।
स्वस्थ भएका बेला सुजाता निवासमा कोइराला मेलिनाको छोरासँग खेलेर रमाइलो गर्थे । काठमाडौंमै रहेका नातिनी ज्वाइँ रुवल अपराह्न मात्र कोइराला निवास पुगेका थिए ।
कोइरालाले एक सातादेखि भाडाको घरबाट सार्न आग्रह गर्दै आएका छन् । उनी महाराजगन्जस्थित कृष्णरक्षा राजभण्डारीको घरमा भाडामा बस्छन् ।
कोइरालालाई थप उपचारका मंगलबार दिल्ली लाने तयारी गरिएको थियो । तर सुजाताको अनुपस्थितिमा त्यो सम्भव भएन । उनी बिहीबार स्वदेश फर्कंदैछिन् । कोइरालाले नै ुछोरी आएपछि मात्र टुंगो लगाऊ भनेको भतिजा डा। शेखरले जनाए । कोइरालाको स्वास्थ्यमा समस्या देखिँदै गएको र २४सै घन्टा अ_िक्सजन दिनुपर्ने अवस्था रहेको उनले साचारकर्मीसँग भने ।
ुशौचालय जाँदा अ_िक्सजनपाइप निकाल्नुपर्ने अवस्था भएकाले अ_िक्सजनको कमी हुन्छ अस्पताल जान मान्नुहुन्न अहिलेको समस्या यही होु शशांकले भने ।
यसैबीच बिरामी अवस्थामै कोइरालाले बुधबार राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बी लान पास्कोसँग करिब चार मिनेट भेटवार्ता गरे । कोइरालाले विदेशीलाई शयन कक्षमा नै भेट गरेको यो पहिलो घटना हो । भेटमा कोइरालाले अनमिन विवादमा आउन नहुने बताएका थिए ।
आफू जीवनको अन्तिम अवस्थामा आएको र शान्ति प्रकि्रया टुंगोमा पुर् याउने आफ्नो चाहना रहेको पास्कोसँग उनले भनेका थिए ।
Comments0
Leave Comments