२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

कम्प्युटर हेरेरै चित्त बुझाउँछन् विद्यार्थी

तपाइँ कम्प्युटर पाउनुभयो भने के गर्नुहुन्छ इमेल इन्टरनेट चलाउनुहुन्छ टाइप गर्नुहुन्छ वा फुस्रद भयो भने गेम पनि खेल्नु हुन्छ सामान्यतया नेपालमा कम्प्युटरबाट लिन सकिने न्यूनतम फाइदा यिनै हुन् ।
अहिलेको जमानामा कम्प्युटर भनेपछि मरिहत्ते गर्ने गरेका छन् विद्यार्थी । तिनै विद्यार्थीले कम्प्युटरबाट ज्ञान सिकून भनेर वितरण गरिएका लमजुङका विद्यालयमा भने कम्प्युटर माकुराको जालोले बेरिएको छ । त्यस भेगका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु माकुराको जालोमा बेरिएको कम्युटर हेरेरै चित्त बुझाउन विवश छन् ।
सुन्दा अचम्म लाग्न सक्छ तर लमजुङको यथार्थ यही हो । लमजुङका अधिकांश विद्यालयमा कम्प्युटर छन् तर दराजमा थन्क्याइएको अवस्थामा । विद्यार्थीहरु कम्प्युटरको पाठ पढ्दा शिक्षकको अनुमतिमा दराज खोलेर कम्प्युटर हेर्छन् अनि सुम्सुमाएर फर्कन्छन् ।
यो घटनाक्रम १÷२ महिनाको पनि होइन विद्यालयमा कम्प्युटर पुगेको ८ वर्ष भयो । २०५८ सालमा लमजुङका विभिन्न गाविसमा रहेका २५ ओटा माध्यमिक विद्यालयमा वल्र्ड कम्प्युटर
एक्स्चेन्जको सहयोगमा जनचेतना अभिवृद्धि विकास तथा अध्ययन समिति नामक गैरसरकारी संस्थाले पाँच÷पाँच ओटा कम्प्युटर वितरण गरेको थियो । वितरण गरिएका कम्प्युटरमा विद्यालयको पाँच÷पाँच हजार लगानीसमेत थियो । त्यतिबेला विद्यालयका एक÷एक जना शिक्षकलाई कम्प्युटरको एड्भान्स तालिमसमेत दिइएको थियो । त्यो तालिम र लगानी केही महिनामै बेकामी भयो ।
कम्युटर चलाउन सुरु भएको दुई÷तीन महिना नबित्दै कम्युटर बिग्रन थाले भने तालिम प्राप्त शिक्षकको सरुवा हुन थाल्यो । विद्यालयका प्रधानाध्यापकहरु एकै स्वरमा भन्छन् ुबिगे्रको कम्युटर बनाउने मान्छे छैन जानेकाहरु सरुवा भएर गए ।ु
दराजमा थन्किएको कम्प्युटरमा माकुराको जालोले घेरिँदासमेत दातृ संघसंस्थाले चासो नदिएको विद्यालय साचालकको गुनासो छ । पटक-पटक संस्थामा फोन गरेर समस्याबारे जानकारी गराए पनि सुनुवाइ नभएको प्यारजुङस्थित बुद्धमिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गुरुङले बताए । ुविद्यालयलाई कम्प्युटर दिएपछि सकि नसकी करिब दुई लाखको लगानी गरेर सोलार ल्याएका थियौंु प्रधानाध्यापक गुरुङ भन्छन् ुकम्प्युटर पनि बिगि्रयो सोलार पनि बिगि्रयो ।ु कम्प्युटर चलाएर ज्ञान हासिल गर्ने विद्यालयको सपना केवल सपनामा मात्रै सीमित भएको उनको भनाइ छ । ुकम्प्युटर पाएको दुई÷चार महिना त चलाएका थियौं चलाउँदै जाँदा बिगि्रयो अनि फुट्ला भन्ने डरले दराजमा थन्क्यायौंु गुरुङले भने ।
बिजुली नपुगेको ठाउँमा भएका विद्यालयमा मात्रै होइन बिजुली पुगेका विद्यालयका कम्प्युटर पनि अहिले काम नलाग्ने भएका छन् । ुबिजुली पुगेका विद्यालयले बिगि्रएकामध्ये एउटा कम्प्युटरलाई आफ्नै खर्च गरेर ुरिपेयरु गरी प्रयोग गर्दै आएका छौंु भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज खतिवडाले भने ुत्यसमा परीक्षाको प्रश्नपत्र टाइप गर्ने गरेका छौं अन्य कम्प्युटर त्यत्तिकै थन्किएका छन् ।ु जति विद्यालयले जसोतसो चलाएका छन् त्यो पनि विद्यार्थीको हितमा लागू भएको छैन । विद्यालयका प्रश्नपत्र टाइप गर्ने र अन्य प्रशासनिक काममै कम्युटरको प्रयोग भएको छ । बुद्धमिलन र त्रिभुवन विद्याश्रममा मात्रै होइन २५ ओटा विद्यालयको हालत यस्तै छ । खुदीस्थित अमर उच्चमाविका प्राचार्य प्रेम बस्नेत एउटा कम्प्युटरमा प्रश्नपत्र टाइप गर्ने गरेको र अन्य काम नलाग्ने भएको बताउँछन् । त्यस्तै हिमालय मावि कोल्कीको कम्प्युटर पनि त्यत्तिकै थन्किएको छ ।

ल आश गुरुङ÷राजधानी
तस्बिर ः लेखक

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी