© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
काठमाडौं÷रास- एसीसी यू-१६ एलिट कप कि्रकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेशका लागि समुह ुखु त्रिपक्षीय भिडन्त हुने पक्का छ ।
सो समुहमा रहेको घरेलु टोली नेपाल सहित बहराइन हङकङ र कुवेत रहेका छन् । तर तीन मध्ये दुई खेलमा हार व्यहोरी सकेको कुवेत बाहेक सेमीफाइनल प्रवेशका लागि अन्य तीन टोली बिच भिडन्त प्रतिस्पर्धा हुदैछ ।
नेपाल बहराइन र हङकङ बिचको त्रिपक्षीय भिडन्तमा नेपाल बलियो रहेको छ । नेपालले खेलेका दुई खेलमा नै जित हात पादै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले लिगको अन्तिम खेल बिहिबार बहरानसँग सैनिक मैदान भक्तपुरमा खेल्ने छ । दुई मध्ये एक÷एक खेलमा जित हासिल गरेका बहराइन र हङकङ सेमीफाइन प्रवेशका लागि कडा प्रतिस्पर्धा गर्न तयार छन । बहराइनले घरेलु टोली नेपाललाई पराजित गदै सेमीफाइनल पुग्ने सोचमा छ । उता हङकङ भने शुक्रबार कुवेतलाई पराजित गर्ने सोचमा छ ।
नेपालले बहराइन र हङकङले कुवेतलाई पराजित गरेमा नेपाल र हङकङ क्रमस समुहको विजेता र उपविजेता बन्दै सेमीफाइनल गुग्ने छन् । तर नेपाल बहराइनसँग पराजित भएमा र हङकङले जित हासिल गरेमा नेटरनरेटका आधारमा समुह ुखु बाट फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ ।
दुई खेलमा सहज जित हात पारेपनि नेपाली टोलीका प्रशिक्षक रोय लुक डायसले समुहको अन्तिम खेललाई सहज रुपमा नलिने बताए । ुबहराइन राम्रो टोली हो ु
डायसले भनेु हामीले बहराइनलाई पराजित गर्नु पर्छ ।ु
Comments0
Leave Comments