© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
राजधानी समाचारदाता
काठमाडौं २६ फागुन
लक्ष्मी होन्डाई मनाङ मस्र्याङ्दी क्लबको विजयी यात्रा पाँचौं खेलमा आएर रोकिएको छ । सहिद स्मारक ुएु डिभिजन लिग प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा ब्वाइज युनियन क्लबले मनाङलाई गोलरहित बराबरी रोकेपछि मनाङले लिगमा पहिलो बराबरी खेलेको हो । दशरथ रंगलाशामा बुधबारै सम्पन्न दोस्रो खेलमा नबिल थि्रस्टार क्लब र नेपाल आर्मी क्लबले एक÷एक गोलको बराबरी खेले ।
बराबरीका बाबजुद पनि मनाङ तालिकाको पहिलो स्थानमा १३ अंकसहित रहन सफल भएको छ । पाँचमध्ये तीनमा हारका
साथै एक÷एक खेलमा जित र
बराबरी खेलेको ब्वाइज युनियनको चार अंक छ ।
पाँचमध्ये दुईमा जित र उति नै खेलमा हार बेहोरेको आर्मीको थि्रस्टारसँगको बराबरीसँगै सात अंक भएको छ । आर्मी तालिकाको छैटौं स्थानमा छ । पाँच खेलमध्ये एकमा जित दुईमा हार र उति नै खेल बराबरी खेलेको थि्रस्टारले पाँच अंक बटुलेको छ ।
थि्रस्टार तालिकाको आठौं स्थानमा छ । दोस्रो खेलमा थि्रस्टारले आर्मीसँग बराबरी खेल्न निकै मेहनत गर्नुपर् यो । खेलको ६०औं मिनेटमा नेपाल आर्मीका हरि महतोले गोल गरे । उनले डी-बक्सभित्र पाएको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
निकै आक्रामक देखिएको थि्रस्टारले खेल बराबरी ल्याउन अन्तिम समय कुर्नुपर् यो । खेल सकिन एक मिनेट मात्र बाँकी रहँदा थि्रस्टारका सन्तोष साहुखलले गोल गर्दै खेल बराबरीमा ल्याए । र थि्रस्टारलाई लगातार दोस्रो हारबाट बचाए । सन्तोषले अन्जन केसीको पासलाई सदुपयोग गदै गोल गरेका हुन् ।
चोटग्रस्ट खेलाडीका कारण खेलको स्तर राम्रो नभएको थि्रस्टारका प्रशिक्षक बालगोपाल महर्जनले बताए । उता आर्मीका प्रशिक्षक राजुकाजी शाक्यले सन्तुष्ट भएको बताए । ुलगातार दुई म्याच हारेको प्रेसरमा पनि बलियो टिमसँग राम्रो खेल्योु प्रशिक्षक शाक्यले भने ।
Comments0
Leave Comments