© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
काठमाडांै÷रास- गिरिश गिरीले तयार पारेको वृत्तचित्र ुटिम नेपालु नेपालभरको यात्रा गर्दै छ । फागुन २८ गते इटहरीबाट सुरु हुने यो यात्रामा पाँचवटा विभिन्न सहरमा यसको प्रदर्शन हुने
भएको छ ।
वीरगन्जको एक स्थानीय फुटबल क्लब छिमेकी भारतको विहास्थित सोनपुरमा आयोजित प्रतियोगितामा सहभागी हुन गएका बेला खेलाडीका रोचक क्षण कैद गरेर तयार पारिएको यो स्वतन्त्र वृत्तचित्र हो ।
ुएउटा फुटबल टोलीले गर्ने यात्राको सामान्य घटनाहरुलाई स्वाभाविक दस्ताबेजका रुपमा यो फिल्ममा समेटेको छुु वृत्तचित्रका बारे गिरिशले भने ुखेलाडीहरुमा रहने लगाव र उनीहरुका व्यथाहरु यसमा देखिन्छन् ।ु
गिरिशको फिल्म पहिलो पटक सन् २००५ मा आयोजित दक्षिण एसियाली वृत्तचित्र महोत्सव ुफिल्म साउथ एसियाुमा देखाइएको थियो । त्यसयता यो वृत्तचित्र विश्वका थुप्रै महोत्सवमा प्रदर्शन भइसकेको छ । यसले इटालीको मिलानमा आयोजना भएको २३औं फिक्ट्स फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टिफ्स अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेन्सन डि अनर पुरस्कार पाउन सफल भएको थियो ।
खेल भावनाबाहेक यस फिल्मले नेपाल र भारत बीचको खुला सिमानामा दुवैतिर बसोबास गर्दै आएका स्थानीय बासिन्दाको भावनालाई पनि स्थानीय स्तरमा प्रकट गर्दछ ।
यो यात्राको आयोजना यस फिल्मकै निर्माता नेपालयले गर्दै छ भने यसलाई बीपी कोइराला फाउन्डेसनले सघाइरहेको छ । पहिलो दर्शकले प्राथमिकता पाउने आधारमा यसका सम्पूर्ण सो निःशुल्क हुनेछन् ।
Comments0
Leave Comments