© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
काठमाडौं÷रास- गायक राजेशपायल राई
रामकृष्ण ढकाल र यम बरालको स्वर एउटै सिनेमामा सुन्न पाइने भएको छ । निर्माणाधीन चलचित्र ुजय होसुमा संगीतकार शम्भुजित बाँसकोटाले यी तीनको स्वर समेटेका छन् ।
राजधानीको नक्सालस्थित भर्जिन भ्वाइस रेकर्डिङ स्टुडियोमा मंगलबार यी तीन गायकले गीत रेकर्ड गरे । ुयी तीन जनालाई एउटै सिनेमामा सँगै समेटेको एक दशकभन्दा बढी भएको थियो । सोही कारण पनि यो फिल्ममा रामकृष्ण राजेश र यमलाई सँगै गाउन लगाएको हुँु संगीतकार शम्भुजित बाँसकोटाले राजधानीसँग भने ।
बाँसकोटाको भनाइमा यी तीन कलाकार नेपाली संगीत उद्योगका कोसेढुंगा हुन् । पछिल्लो डेढ दशकबाट नेपाली सिनेमाको पाश्वसंगीत होस् या सुगम संगीत । त्यसमा यी तीन जना कलाकारको विशेष योगदान रहेको पनि संगीतकार बाँसकोटाले बताए । सुरुवाती चरणले नेपाली सिनेमाको पाश्वसंगीतमा आपुूले ल्याएका तीन हस्तीलाई फेरि सँगै प्रस्तुत गर्न पाएकोमा भन्दै उनले खुसी व्यक्त गरे ।
ुयम बरालसँग केही महिनाअघि फिल्म सरगरमा काम गरेको थिएँ । तर राजेशपायल र रामकृष्णसँग फिल्ममा सँगै काम नगरेको सात÷आठ वर्ष भइसकेको थियो ।ु सोही कारण फिल्म ुजय होसुमा यसपटक तीन जना कलाकारलाई लिएको स्पष्ट पार्दै उनले अगाडि थपे ुनेपाली संगीत क्षेत्रमा भस्रटाइल कलाकार मैले पाइनँ ।
लामो समयपछि शम्भुजितको सँगीतमा यम र रामकृष्णसँग सिनेमामा गीत गाउन पाउँदा खुसी लागेको भनाइ राजेशपायल राईको छ । एक दशकअघि एउटा फिल्ममा आपुूहरुले सँगै गीत गाएको स्मरण गर्दै त्यसपछि बल्ल यसपटक तीन जनाले सँगै गीत गाउने संयोग मिलेको पनि राजेश पायलले बताए । अझ यम बराल र
रामकृष्ण ढकालले शम्भुजित बाँसकोटाको संगीतमा एक दशकअघि फिल्म नासोमा सँगै गीत गाएका थिए । लामो समयपछि आपुूहरुलाई चलचित्र गायनमा शम्भुजित बाँसकोटाले सम्झनु भएकोमा खुसी लागेको यम र रामकृष्णको भनाइ छ । तीन हितैषीले एक दशकपछि सँगै गाउन पाएकोमा तीनै जना अहिले खुसी छन् ।
यी तीनसहित अाजु पन्त स्वरुपराज आचार्य मल्लिका कार्की जगदीश समाल र सिने गुरुङको स्वर पनि यो सिनेमामा समेटिएको संगीतकार बाँसकोटाले जानकारी गराए । उनी स्वयंले पनि यो फिल्ममा एउटा गीत गाएका छन् ।
यो सिनेमाको निर्देशन डा। घनश्याम खतिवडाले गर्दै छन् । वैशाखको पहिलो साताबाट छायांकन सुरु हुने यो सिनेमा सांगीतिक प्रेमकथामा आधारित रहेको निर्देशक खतिवडाले जानकारी गराए । सुधन धितालले निर्माण गर्न लागेको यो फिल्मको कलाकारमा राजेश हमाल विराज भट्ट दिनेश डिसीलाई चयन गरिसकिएको पनि खतिवडाले जनाए ।
Comments0
Leave Comments