२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

विवाह व्रतबन्धमा गुरुशुक्रको महव

अनन्त आकाशमा असंख्य आकाशीय पिण्डहरु छन् । ग्रह नक्षत्र राशिचक्र तारा तारापुाज धूम्रकेतु आदि सबै आकाशीय पिण्डहरु हुन् । यिनीहरुको आकृति प्रकृति भने फरक-फरक हुन सक्दछ । समग्र रुपमा ग्रहलगायत आकाशीय पिण्डहरुको अध्ययन गर्ने पूर्वीय ज्योतिषशास्त्रले सूर्य चन्द्रमा मंगल बुध बृहस्पति शुक्र शनि राहु र केतु गरी नौवटा ग्रहहरुको विवेचना गरेको छ भने पाश्चात्य ज्योतिषले बुध शुक्र पृथ्वी मंगल बृहस्पति शनि युरानस नेपच्युन र प्लुटो गरी नौ नै संख्यामा ग्रहहरुको विवरण बताएको छ ।
नौ ग्रहहरुमध्ये मंगल बुध बृहस्पति शुक्र र शनिलाई तारा ग्रह भनेर पूर्वीय ज्योतिषले नामकरण गरेको छ । राहु र केतु भने छाया ग्रह मानिन्छ जसको विम्बात्मक अस्तित्व पाइन्न । त्यस्तै पाश्चात्य पद्धतिको युरानस नेपच्युन र प्लुटो पृथ्वीबाट अत्यन्त टाढा परेकाले हाम्रो नग्न आँखाले भेटाउन सक्दैन । तारा ग्रह मानिएका बुध र शुक्र भने बराबर आकाशमा सूर्याेदयपूर्व र सूर्यास्तपश्चात् देखा पर्छन् । त्यसैकारण यिनीहरुलाई ग्रामीण बोलीमा ुबिहानको ताराु र ुसाँझको ताराु भन्ने गरिन्छ । बुध सानो र सूर्यको नजिक परेकाले यसलाई देख्न भने त्यत्ति सहज छैन । मंगल बृहस्पति शनि ग्रहहरु पनि आकाशमा समय-समयमा देखिने र बिलाउने गर्दछन् ।
ग्रहहरुको आफ्नै प्रकाश हुँदैन । सूर्यको प्रकाशद्वारा प्रकाशित भएका ग्रहहरु आ-आफ्नै कक्षमा गतिशील हुन्छन् । ग्रहहरुको मार्गी र वक्री गरी दुई प्रकारका गतिहरु हुन्छन् । ग्रहको मार्ग गति भएमा मार्गी र वक्र गति भएमा वक्री भन्ने गरिन्छ । आफ्नो गतिमा गतिशील ग्रहहरुले सूर्यको वरिपरि एक फन्का पूरा गर्नलाई लाग्ने अवधिलाई ग्रहको परिक्रमा अवधि मानिन्छ । शुक्रको परिक्रमा अवधि दुई सय २६ दिनको छ । यो अवधि बृहस्पतिको भने मध्यमानले एक वर्षको छ । आफ्नो कक्षमा गतिशील ग्रह सूर्यको नजिक पुग्दा सूर्य तेजका कारणले देखिन्न । त्यसलाई ग्रहअस्त भएको भनिन्छ । ग्रहविम्बको परिमाणअनुसार उदय वा अस्त हुने सूर्यविम्बदेखिका अंशात्मक अन्तर ग्रहपिच्छे नै फरक-फरक हुन्छन् । सूर्यविम्बदेखि ११ अंशान्तरमा बृहस्पति १५ अंशामा शनि १७ अंशामा मंगल ग्रहको उदय वा अस्त हुन्छ । त्यस्तै वक्रगति भएको बुध सूर्यदेखि १२ अंशा अन्तरमा उदयास्त हुन्छ भने मार्गी अवस्थाको बुध शीघ्र गतिमा भएमा १४ अंशा अन्तरमा उदयास्त हुन्छ । वक्र गति भएको बुधको जब १२ डिग्री कालांशा हुन्छ तब सूर्यास्तभन्दा पछि अस्त भई सूर्याेदयभन्दा पूर्व उदय हुन्छ । त्यस्तै मार्गी बुधको १४ कालांशा हँुदा सूर्यभन्दा अत्यन्त सानो भई पहिले अस्त हुन्छ र सूर्यको अंशादि प्रमाण भन्दा बढी कक्षात्मक दूरी पार गरेपछि मात्र उदय हुन्छ । शुक्र नीच राशिमा बस्दा ठूलो देखिने भएकाले सूर्यदेखि ८ अंशा अन्तरमा पश्चिममा अस्त भई पूर्वमा उदय हुन्छ । तर उच्च्ा राशिमा बस्दा विम्बको अल्प भागमात्र देखिने भएकाले १० अंशा अन्तरमा पूर्वमा अस्त भई पश्चिममा उदय हुन्छ । अर्थात् शुक्रको पूर्वाेदय कालांशा ८ र पूर्वास्त कालांशा १० हुन्छ भने ठीकविपरीत पश्चिमोदय कालांशा १० र पश्चिमास्त कालांशा ८ हुन्छ ।
ज्योतिषीय भाषामा डिग्रीलाई अंशा भनिन्छ र एक अंशााबराबर एक दिन मान्ने गरिन्छ । मिन राशिको २७ डिग्रीमा अवस्थित शुक्र उच्च र त्यसको १८० डिग्री पर कन्या राशिको २७ डिग्रीमा निचो मानिन्छ । बृहस्पति कर्कट राशिको ५ डिग्रीमा उच्च र मकर राशिको ५ डिग्रीमा निचो हुन्छ । शुक्र ग्रह पूर्वदिशामा अस्त भएको २ महिनापछि पश्चिममा उदय हुन्छ र उदय भएको आठ महिनापछि वक्री विपरीतगामी हुन्छ । पुनः वक्री भएको २२ दिन ३० घडीपछि पश्चिममा अस्त हुन्छ । २४ मिनेटबराबरको समयलाई १ घडी मानिन्छ । त्यस्तै अस्त भएको सात दिन ३० घडीमा पूर्वमा उदय हुन्छ भने पूर्वाेदित भएको २२ दिन ३० घडीमा मार्गी हुन्छ । त्यस्ौगरी मार्गी भएको नौ महिनापछि पुनः पूर्वमा अस्त हुन्छ । गणेश दैवज्ञले ग्रहगति र उदयास्तका सम्बन्धमा आफ्नो ुग्रहलाघवु नामक करणग्रन्थमा प्रस्तुत गरेको यो सिद्धान्त अन्य सिद्धान्तकारहरुसँग पनि मिल्ने देखिन्छ ।
ग्रहहरु सधैं उदय वा अस्त भइरहन्नन् । अवस्थानुसार ग्रहविम्बको उदयास्त हुने गर्दछ । ग्रह उदित हुँदा कतिपय समयमा नांगा आँखाले पनि खुला आकाशमा देख्न सकिन्छ भने अस्त हुँदा दूरबिनबाट पनि देखिँदैन । यस वर्षको पुस २ गते शुक्र अस्त भई माघ २० गते उदाएको थियो भने फागुन ५ गते अस्ताएको बृहस्पति चैत्र ५ गते उदाउनेछ । यसैले गर्दा यो वर्ष फागुन महिनामा विवाह व्रतबन्धका लग्नहरु नभएका हुन् । हाम्रा सम्पूर्ण तिथि मिति र चाडपर्वको गणना ज्योतिषशास्त्रले गर्छ । तर यही दिनमा मनाउने भन्ने निर्धारण सम्बन्धित पक्षको धर्मशास्त्रले गर्दछ । यसबाट ज्योतिष र धर्मशास्त्रको अन्योन्याश्रित सम्बन्ध रहेको थाहा पाइन्छ । नेपाली संस्कृति वा परम्पराअनुसार मनाइने चाडपर्व वा धार्मिक कार्यहरुमा ग्रहहरुसँग प्रत्यक्ष सम्बन्ध रहने देखिन्छ । ग्रहहरु उदित भइरहँदा गरिने धार्मिक कार्यहरु अस्त समयमा नगरिनु र मुहूर्तसमेत नराखिनु यसको प्रमाण हो । मंगल शनि र बुधको उदयास्तमा धर्मशास्त्रले त्यत्ति चासो नदिए पनि बृहस्पति र शुक्रको उदयास्तमा भने निकै अग्रसर देखिन्छ । गुरु शुक्रको अस्त समयलाई धर्मशास्त्रले अशुद्ध ठानी धार्मिक कार्यमा रोक लगाउँछ ।
त्यसो त पाचांगहरुमा पनि गुरु शुक्रको उदयास्त विवरण राख्ने क्रममा पाचांगकारहरुले ुयस वर्षको समय शुद्धीु भनेर राख्ने गरेकाले गुरु शुक्रको उदयास्त काललाई अशुद्ध समयकै कसीमा राखेको पाइन्छ । ज्योतिष शास्त्र अनुसार बृहस्पति वा शुक्र अस्त भएका समयमा उद्यान तलाउ कुवा इनार घर व्रतारम्भ वा उद्यापन बधुप्रवेश तुलादान यज्ञयागादि कार्यहरु वेदारम्भ वृषोत्सर्ग मुहूर्त निकालेर गर्नुपर्ने अवस्थाको नामकर्म देवालय प्रतिष्ठा दीक्षा मन्त्रग्रहण विवाह व्रतबन्ध चूडाकर्म राज्याभिषेक तीर्थयात्राआदि विशेष कार्यहरु गर्न नहुने उल्लेख रामदैवज्ञले मुहूर्तचिन्तमणिमा गरेका छन् । त्यस्तै मुहूर्त मार्तण्ड मुहूर्त प्रदीप ज्योतिःसारजस्ता ग्रन्थहरुमा पनि यस विषयमा स्पष्ट उल्लेख गरिएको छ । शुक्र ग्रह यात्राका सम्बन्धमा पनि विवेच्य छ । ुयावच्चन्द्रः पूषभात्कृत्तिकाद्ये …ु अर्थात् जबसम्म चन्द्रमा रेवती नक्षत्रदेखि कृत्तिका नक्षत्रको प्रथम चरणमा रहन्छ तबसम्म शुक्र अन्ध हुन्छ भन्ने मुहूर्तचिन्तामणिको उद्घोष छ । तर यो अवस्था यात्रा प्रकरणमा उल्लेख भएकाले धार्मिक कार्यमा खासै विचार नगर्दा पनि दोष मानिन्न ।
बृहस्पति र शुक्रास्तमा माथि उल्लिखित कामहरु गर्न निषेधित गरे पनि नित्य रुपमा गरिने पूजा श्राद्ध तर्पण हवन वा पर्व विशेष श्रीपाचमी शिवरात्री आदि का लागि निषेधित मानिन्न ।
हिन्दू परम्पराअनुसार मानिसको जीवनको प्रारम्भदेखि अन्तिमसम्म गरिने षोडश संस्कारमध्ये विवाह संस्कार अत्यन्त महŒवपूर्ण मानिन्छ । गृहस्थाश्रमको ढोका खोल्ने काम विवाह संस्कारले नै गर्दछ । आफ्नो कुल गोत्र हाडनाताजस्ता सम्बन्धदेखि टाढा तर स्वजाति र उमेर समूहमा गरिने विवाहका लागि ज्योतिषशास्त्र अत्यन्त महŒवपूर्ण र सहयोगी ठानिन्छ । केटाकेटीको गण नाडी गुण तारा राशि इत्यादि हरेक पक्षमा निर्णायक भूमिकाका लागि ज्योतिषशास्त्र अपरिहार्य सिद्ध छ । त्यतिमात्र नभई विवाहका लागि वैशाख ज्येष्ठ आषाढ मंसिर माघ र फागुन गरी वर्षमा ६ महिनाका मुहूर्त पनि यसले दिएको छ । धार्मिक कामहरु तिथिमा आधारित हुने र तिथि चन्द्रमामा निर्भर हुने भएकाले वृश्चिक राशिमा सूर्य हुँदा चान्द्रमानअनुसारको कार्तिक महिनामा मकरमा सूर्य हँुदा पुस महिनामा र मेषमा सूर्य हँुदा चैत्र महिनामा पनि विवाह गर्न सकिन्छ भनी मुहूर्तचिन्तामणिमा उल्लेख छ । यसबाट हाम्रा सम्पूर्ण शास्त्रहरु समस्या सुल्झाउन हदैसम्म दत्तचित्त छन् भन्ने देखिन्छ । यसैले मुहूर्त नै नभएको अशुद्ध समयमा विवाहजस्तो पारिवारिक सम्झौता र वंशवृद्धिको आधारशीला तय गर्ने काम गर्न नहुने स्पष्ट हुन जान्छ ।
ग्रहहरुमै सबभन्दा राम्रो भएकाले ुग्रहहरुकी रानीु उपनाम कमाएको शुक्रग्रह र सम्पूर्ण देवताका पनि ज्ञानदाता भएर ुगुरु नामले परिचित बृहस्पति ग्रहहरुले धार्मिक र सामाजिक वर्चस्व राखेजस्तै फलित ज्योतिषमा पनि आफूलाई उभ्याएको छ । मानिसको लग्न कुण्डलीमा द्वितीय धनभाव र सप्तम जाया श्रीमती भावको अधिपति मानिने शुक्र पाण्डु कफ-वात नेत्र प्रमेह गुप्तेन्द्रीय मूत्र वीर्यस्रावजस्ता रोगको कारक मानिन्छ । कपडा मणि रत्न-अलंकार विवाह सुगन्धित पदार्थ पुष्पहार युवती धनसाचय-विद्या सुनचाँदी जस्ता वस्तुको अधिकारी मानिने शुक्र स्त्रीग्ा्रह मानिन्छ । मोतीरत्न भएको शुक्र ग्रह चन्द्रमा झैं कलायुक्त देखिन्छ । त्यस्तै प्रज्ञा ज्ञान यशकीर्ति शिक्षा धर्म धनधान्य र आध्यात्मिक क्षेत्र ऊनी र सूती कपडा दाहिने कानआदि क्षेत्र प्रमुख भएको बृहस्पति जन्म कुण्डलीस्थित नवम धर्मभाव र द्वादश व्ययभावको अधिपति मानिन्छ । पूर्वाेत्तर इशान दिशाको मालिक भएको बृहस्पतिको ुपुष्पराजु धातुरत्न हो ।
यसरी शुभग्रहका कोटीमा गणना हुने बृहस्पति र शुक्रग्रहले हरेक क्षेत्रमा चर्चा पाएको छ । धार्मिक सामाजिक र वैज्ञानिक दृष्टिले समेत महŒवपूर्ण मानिने गुरु शुक्रको अस्तकालको समयलाई पाचांगमा स्पष्टसँग ुअशुद्धकालु भनी लेख्दासमेत आफ्नै निर्णयले विभिन्न धार्मिक कार्यहरुलगायत विवाहजस्तो मांगलिक कार्य गर्नु धर्मशास्त्रको विरुद्ध त छँदै छ ज्योतिषशास्त्रको समेत प्रतिकूल देखापर्छ । अनुपयुक्त समयमा हित नगर्ने भएकाले नै पाचांगमा विशेष लग्नहरु नदिइएका हुन् । बृहस्पति र शुक्रको अस्तकालमा विशेष लग्नहरु नदिनु पाचांगकारको काजुस्याईं होइन । यसकारण धार्मिक आस्था पाचांगका तिथिमिति र ज्योतिषशास्त्रमा विश्वास गर्ने हामी सबैले अनुपयुक्त समयको मुहूर्तयुक्त कामका बारेमा समुि
चत विचार पुर् याउनुपर्ने देखिन्छ ।
लेखक भानु संस्कृत विद्यापीठ तनहूँका सहायक प्रध्यापक हुन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी