© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
मुलुकलाई नयाँ रुप दिन र गतिशील बनाउन संविधानसभामा पुगेका हाम्रा नेताहरु अहिले अन्यत्रै बरालिन थालेका छन् । कोही विद्रोहद्वारा सत्ता र सेनामाथि नियन्त्रण गर्ने भाषण गर्दैछन् भने कोही सत्ता जोगाउने धूनमा तल्लीन् छन् । शान्ति स्थापना गर्ने नयाँ संविधान निर्माण गर्ने र कानुनी राज्य स्थापना गर्ने वचनबद्धता हाम्रा नेताहरुले बिसर्िए । वास्तवमा नेपाली जनताले २०४६ सालपछि मुलुकमा पनप्पिएको सत्ता लाल्सालाई नेताहरुले त्यागुन् भन्ने अनुरोध गरेका थिए । व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रका साथै जनताले आवश्यक ठानेका काम मात्र नेताहरुबाट होस् भन्ने सोचेका थिए ।
तर १२ वर्ष ढुंग्रोमा हाले पनि कुकुरको पुच्छर बांगाको बांगै भनेजस्तो नेताहरुमा सद्बुद्धि पलाएको पाइएन । नेपाली जनताले गणेश बनेर सत्ताको चक्कर लगाउन विभिन्न पार्टीका नेतालाई िसंहदरबार पठाएका थिएनन् । कुमार बनेर शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन र नयाँ संविधान लेखेर जनतालाई बुझाउने सुमेरु पर्वत घुम्न त्यहाँ पठाएका थिए । तर जनताको विश्वासमाथि अविश्वासको खुकुरी उध्याउन नेताहरु तल्लीन् देखिए । जसको फलस्वरुप १०औं पटक शंसोधन गरिएको संविधान मस्यौदा कार्यतालिकाको पनि अब कुनै औचित्य देखिँदैन ।
२०६७ सालको जेठ १४ गते नेपाली जनतालाई नयाँ संविधान दिन्छौं भनेर संविधानसभाको निर्वाचनअगाडि कुर्लनेहरु अहिले सत्ताको हिलोमा जाकिएर कुरुप बन्दैछन् । उनीहरुलाई नेपाली जनताको भन्दा सत्ताको मोहले अत्यन्त निःकृष्ट तरिकाले गाँजेको छ । यसै हुनाले कोही सत्ता नछोड्ने र कोही विद्रोहद्वारा भए पनि सत्ता कब्जा गरेरै छाड्ने अभिव्यक्ति दिँदैछन् । उनीहरुलाई संविधान निर्माण गर्न र शान्ति स्थापना गर्न नेपाली जनताले त्यहाँ पठाएका थिए । तर भयो अर्कै उपध्रो । उनीहरु अहिले १४ गतेपछिको अवस्था आँकलन गरेर विभिन्न खाले कुतर्कहरु प्रस्तुत गर्न थालेका छन् । कोही जेठ १४ गतेपछि मुलुकमा राष्ट्रपतीय शासन आउने दाबी गर्दैछन् । तर तिनै ठोकुवा गर्ने र दाबी गर्नेहरु सँगै छ संविधान बनाउने साँचो भने संविधान बनाउन पलेँटी कसेर एकै ठाउँ नबस्ने ती ुठालुहरु कुर्ली-कुर्ली जनतलाई सुनाउँदैछन् अमुक पार्टी व्यक्ति र अमुक छिमेकी मुलुकले हामीलाई संविधान बनाउनै दिएन । कस्तो विडम्बना नेपाली जनताभन्दा शक्तिशाली उनीहरुले अरुलाई नै देखे । नयाँ संविधानभन्दा महŒवपूर्ण सत्तालाई ठाने । र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउने भन्दा हिलो छेपाछेप गर्न मन पराए । तर नेताहरुले गम्भीरतापूर्वक लिए हुन्छ जनताले मन मिचेर पटक-पटक मौका दिने छैनन् ।
संविधान बेलैमा निर्माण हुन नदिने को हो स्वाभाविक रुपले प्रश्न उठ्न थालेको छ । र जनताले जवाफ पनि दिन थालेका छन् संविधान बन्न नदिने हाम्रै नेताहरु हुन् । आत्माभरि कृतघ्नताको पहाड बोकेर चेतभरि अर्काप्रतिको डाहा र ईष्र्या बोकेर मनभरि सत्ता लाल्साको कलुशित भावना लिएर हिँड्नेहरु झूठ बोल्नमात्र जान्दछन् लक्ष्यमा पुग्न सक्दैनन् । वर्तमान अवस्थामा हाम्रा नेताहरुको लक्ष्य संविधान निर्माण र शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउने मात्र थियो । तर जब उनीहरु संविधानसभाको निर्वाचन जितेर िसंहदरबार प्रवेश गरे तब उनीहरुले लक्ष्य परिवर्तन गरे । नजिकैबाट सत्ता देखे । सत्तासँगसँगै शक्ति र सम्पत्ति देखे । र पूर्णरुपले आफ्नो ध्यान त्यत्तिकै केन्द्रित गरे । जसले गर्दा संविधान लेखन र शान्ति प्रकि्रया बेवारिसे अवस्थामा बीचैमा छाडियो भने सत्तालाई सबैले आफ्नो बनाए ।
के अब यिनै नेताबाट संविधान लेखिएला साँच्चै मुलुकमा शान्ति स्थापना होला त के अब फेरि कानुनी राज्य स्थापना होला आदि इत्यादि प्रश्न गर्ने जनतालाई कसले जवाफ दिने हो अब जवाफ दिने व्यक्तिहरु पनि छैनन् । नेताहरुसँग जवाफको अपेक्षा गर्नु व्यर्थ छ । उनीहरु आफूले सत्ता पाए चुट्कीको भरमा सबै हुने बताउँछन् । उनीहरु प्रतिपक्षले सहयोग गरे छिनमै काम तमाम गर्ने ठोकुवा गर्छन् । तर अहिलेसम्मको नतिजाले के देखाउँछ भने स्वार्थी नेताहरुबाट अब संविधान लेखिँदैन । उनीहरुबाट शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याइँदैन । वास्तवमा नेपाली राजनीतिज्ञहरुका कारण नेपाली जनताले निकट भविष्यमै ठूलो सास्ती भोग्नेछन् । राष्ट्रपति र सेनाबाट होइन अपराधीकरण भएको राजनीतिबाट सास्ती पाउनेछन् । र राजनीतीकरण गरिएको अपराधकर्मबाट सास्ती खेप्नेछन् । यस्तो अवस्थामा विभिन्न बहनामा दण्डहीनता मौलाउने उर्बरभूमि पार्टीहरुले तयार गरिदिनेछन् । र जनताले भयावह अवस्था बेहोर्नुपर्नेछ । तर जनता सधैं चुपचाप लागेर बस्दैनन् । जब अति हुन्छ तब उठ्न बाध्य हुनेछन् । जनता जागेपछि पुनः अर्को इतिहास रच्नेछन् ।
अहिले िसंहदरबार संविधान निर्माण गर्ने स्थलमा होइन सत्ताको दलदलमा परिणत भएको छ । नेपाली जनताको आस्था र विश्वास िसंहदरबारभित्र छिरेपछि स्वार्थी बनेको छ । िसंहदरबारले सत्ताको खेलमा राणाकालीन र शाहकालीन इतिहासलाई निरन्तरता दिइरहेको छ । लाग्छ त्यहाँभित्र छिरेपछि प्रत्येक व्यक्ति आफूलाई जंगबहादुर ठान्छ । र जनतालाई प्रजा देख्न पुग्छ । अरु त अरु माक्स्रवादी दर्शनद्वारा दीक्षित र सर्वहारावर्गको नेतृत्व चाहनेहरु समेत आफूलाई ुठालुमा परिणत गर्दै मठाधीश भएको ठान्छन् । एउटा मठको मठाधीश बन्न रुचाउने नेताहरु जनता र सिँगै राष्ट्रको बन्न रुचाउँदैनन् । यसर्थ अब उनीहरुबाट संविधान निर्माण र शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउने ऐतिहासिक काम हुँदैन । जेठ १४ गते संविधान आउन यिनै नेताहरुले नदिएपछि उत्पन्न हुने परिस्थितिको सामना गर्न नेपाली जनता तयार भएर रहे हुन्छ । अहिले संविधानसभालाई निकम्मा बनाइयो । यसैले यो संविधान नबनाउने संविधानसभाप्रति जनविश्वास गुम्यो । र पार्टीहरुप्रतिको जनविश्वास पनि गुम्नेछ । हाम्रा नेताहरु आफ्नै कारणले अदूरदर्शी अलोकतान्त्रिक अव्यवहारिक र अपरिपक्व ठहरिनेछन् । अहिले जनताले बुझिरहेका छैनन् किन उनीहरु संविधान निर्माण गर्न रुचि देखाइरहेका छैनन् किन उनीहरु संविधानसभालाई संविधान नबनाउने सभामा परिणत गर्दैछन् बेलैमा नेताहरुमा सद्बुद्धि पलाए मुलुक र जनतालाई अवश्य राहत मिल्ने थियो ।
Comments0
Leave Comments