© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
‘व्यक्तिगत काम भन्दै उनीहरू विराटनगर आए पनि मूल उद्देश्य जग्गा बिक्री नै हो,’ स्रोतले भन्यो । प्रकाश र शशांकले केही व्यक्तिसँग जग्गा बिक्रीबारे छलफल गरेको पनि स्रोतको दाबी छ ।
संघर्ष समितिका सदस्य तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरि भट्टराईले जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाका छोराहरूले सो जग्गा बेचेर कोइराला निवासको मात्रै नभएर बीपीकै अस्तित्व मेटाउने प्रयत्न गरेकोमा दुःख व्यक्त गरे ।
करोडौं मूल्यको १८ कट्ठा जग्गा ज्योति कोइराला, प्रकाश, शशांक, श्रीहर्ष, शेखर र सुजाताको नाममा छ । त्यसमध्ये शेखर र सुजाता मात्र जग्गा बिक्री नगर्ने पक्षमा छन् । जग्गा बिक्री हुन नदिन कांग्रेसका युवानेता तथा विद्यार्थीले संरक्षणका लागि दबाब दिँदै जग्गामा पार्टीझन्डासमेत गाडेका छन् ।
कोइराला निवासको जग्गा बिक्री प्रकरण टुंगो लगाउन कांग्रेस केन्द्रीय समितिले संघर्ष समितिलाई आश्वासन दिए पनि बीपीका छोराहरूले जग्गा बेच्न थालेका छन् । ‘ज्योतिले जग्गा बेचिसकेका छन्, अंशबन्डा गरेर प्रकाश, शशांक र श्रीहर्षले पनि बेच्ने क्रम बढाएका छन्, तर पार्टीले कुनै निर्णय गरेको छैन,’ भट्टराईले भने । बीपीपुत्रहरूले विराटनगरस्थित विराट आवास सेवालाई ६ महिनाअघि बिक्री गरेपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको थियो ।
बीपी संग्रहालय निर्माण गर्ने उद्देश्य राखेको मोरङ कांग्रेसले सो जग्गा बिक्री नगर्नका लागि बारम्बार दबाब दिँदै आइरहेको छ । सो जग्गा बचाउन सबैबाट सहयोगको आश्वासन पाएकाले पाँच करोडभन्दा बढी रुपैयाँ संकलन हुने मोरङ कांग्रेसको विश्वास छ ।
कोसी अञ्चल अस्पतालको विपरीत दिशामा रहेको कोइराला निवास छिर्ने बाटोको दुवैतर्फको घडेरी तिहारअघिबाटै प्लटिङ गर्न सुरु गरिएको थियो । विराट आवास सेवाका सञ्चालक गोविन्दप्रसाद पोखरेलका अनुसार कोइराला निवास छिर्ने बाटोको दक्षिण दिशामा १५÷१५ धुर तथा त्यसपछि पाँच÷पाँच धुरको दरले सो जग्गा बिक्रीको क्रम सुरु भएको छ । जग्गामा राखिएको नक्सांकनसहितको बोर्ड भने कांग्रेस कार्यकर्ताले तोडफोड गरिसकेका छन् ।
Comments0
Leave Comments