२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

लडाकूको विवरण माग गर्दै अनमिनलाई तेस्रो पत्र राष्टसंघीय उपमहासचिवलाई अनमिनको भूमिकाबारे प्रश्न गरिने

विनय देवकोटा÷राजधानी
काठमाडौं २५ फागुन
सरकारले राष्ट्रसंघीय मिसन अनमिनसँग विभिन्न शिविरमा रहेका माओवादी लडाकूहरुको अद्यावधिक विवरण माग गर्दै तेस्रो पटक बुधबार पत्राचार गर्ने भएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादीसमेत सम्मिलित माओवादी लडाकू रेखदेख पुनःस्थापना र समायोजन विशेष समितिको निर्देशनअनुसार यथाशीघ्र चाँडो लडाकूहरुको विवरण उपलब्ध गराउन अनमिनलाई पत्राचार गर्न लागेको हो । यसअघि दुई पटक शान्ति तथा पुनर्निर्माण मन्त्रालयले लडाकूहरुको नाम ठेगाना र फोटोसहितको विवरण उपलब्ध गराउन अनमिनलाई पत्राचार गरिसकेको छ । तर अनमिनले गोप्य सूचनाहरु हतियार तथा लडाकू व्यवस्थापन सम्झौताअनुसार दिन नमिल्ने जवाफ दिँदै आएको छ ।
ुमाओवादीसमेत सम्मिलित विशेष समितिलाई लडाकूहरुको विवरण उपलब्ध गराइदिन पत्रमार्फत हामीले अनमिनलाई भन्दै छौं पत्र तयार छ सकेसम्म भोलि बुधबार पठाउँछौंु शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले राजधानीसँग भने ।
पत्रमा ुनेपालको मामिलाको गोप्य विवरण सरकारसँग हुनुपर्नेमा अनमिनलाई राख्ने अधिकार कसरी प्राप्त भयोु भन्नेसम्मको प्रश्न गर्दै विवरणहरु मागिएको शान्ति मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले करिब एक महिनादेखि विवरण माग गरे पनि अनमिनले दिन नमानेपछि यसबीचमा प्रधानमन्त्री माधवकुमार नेपालले समेत अनमिन प्रमुख करिन लनग्रेनसँगको भेटमा आपत्ति प्रकट गरिसकेका छन् । ुप्रधानमन्त्रीसँगको भेटका बेला अनमिन प्रमुख लनग्रेनले सरकारलाई सहयोग गर्छौं भन्नुभएको हो तर हालसम्म पनि उपलब्ध गराइएको छैन जुन राष्टसंघको चार्टरविपरीतको कुरा हो अनमिनको भूमिका निष्पक्ष छैनु प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले राजधानीसँग भने ।
प्रधानमन्त्री नेपालले बुधबार नेपाल भ्रमणमा आउने राष्ट्रसंघका राजनीतिका मामिला हेर्ने उपमहासचिव वि लिन पास्कोसँग अनमिनको भूमिका निष्पक्ष नभएको कुरा राख्ने भएका छन् । सल्लाहकार भट्टराईका अनुसार बुधबार साँझका लागि तय भएको पास्कोसँगको भेटमा प्रधानमन्त्री नेपालले अनमिनले राष्ट्रसंघको चार्टरविपरीत पक्षपाती व्यवहार गरिरहेको फेहरिस्त स्पष्ट रुपमा प्रस्तुत गर्नेछन् ।
पास्को मंगलबार नै भारतको नयाँ दिल्ली आइसकेका छन् । उनले त्यहाँ भारतका सरकारी पदाधिकारीसँग नेपालको शान्ति प्रकि्रयालगायत क्षेत्रीय विषयमा छलफल गर्ने जनाइएको छ । नेपालका लागि पूर्व भारतीय राजदूत तथा पूर्वविदेश सचिव श्याम शरणको अगुवाईमा नेपालको शान्ति प्रकि्रयामा अनमिनको मध्यस्थतालाई भारतले अनुमोदन गरेको थियो ।
सुरुमा एक वर्षको म्यान्डेट लिएर आएको अनमिन पछिल्ला दिनमा आएर विवादमा पर्दै आाएको छ । माओवादीबाहेकका अन्य ठूला राजनीतिक दलले अनमिनको भूमिका पूर्वाग्रही रहेको आरोप लगाउँदै आएका छन् ।
ुविवाद मिलाउन आएको संस्था स्वयं विवादित बनेपछि त्यो जस्तो विडम्बना अरु के हुन्छ ु सल्लाहकार भट्टराईले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले समेत आफ्ना कार्यकर्तालाई दिने गोप्य प्रशिक्षणमा अनमिनले आफ्नो दललाई सहयोग गरिरहेको खुलासा गरिसकेका छन् ।
हाल सरकारले मागेको माओवादी लडाकूहरुको विवरण अनमिनले उपलब्ध नगराएका कारण माओवादी लडाकूहरुको पकेट खर्च सरकारले रोकिदिएको छ । ुहामीले माओवादीलगायत सबै पक्षसँग छलफल गरेरै विवरण मागेका थियौं तर पछि आएर फरक ढंगले वक्तव्य जारी गरेपछि यो जस्तो असहयोग अरु के हुन्छ ु मन्त्री चेम्जोङले भने ुहामीले त गोप्य विवरण मागेकै होइनौं खाली नाम ठेगाना र फोटो मागेका हौ ।ु
अनमिनले प्रमाणीकरण गरेको १९ हजार ६ सय दुई लडाकूमध्ये धेरैले शिविर छाडिसकेको र उनीहरुको नाममा अन्य माओवादी कार्यकर्ताले सरकारले दिने पकेट खर्च बुझिरहेको पाएपछि सरकारले विगत दुई महिनादेखि विवरण अद्यावधिक नहुन्जेलसम्मका लागि भनेर शिविरहरुमा लडाकूलाई जाने पकेट खर्च रोकेको छ ।
ुअनमिनको भूमिका तटस्थ र शान्ति प्रकि्रयालाई सघाउने किसिमको नभएको विभिन्न घटनाले प्रस्ट पारिसकेको छु चेम्जोङले भने ।
यही विवादका बीच नेपाल आउन लागेका राष्टसंघीय उपमहासचिवले भने विशेषगरी अगामी मे १५ देखि अनमिनको म्याद समाप्त भएपछि अनमिनलाई पठाउनेबारेमा सोच्नु अगाडि लडाकू समायोज तथा पुनःस्थापनाका कार्य टुंग्याउनुपर्ने दबाब स्वरुप नेपाल आउन लागेको जनाइएको छ ।
उनले प्रधानमन्त्री नेपाललगायत माओवादी अध्यक्ष प्रचण्ड सभामुख सुवासचन्द्र नेम्वाङलगायतलाई भेट्ने कार्यक्रम छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी