© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
ईश्वरी सुवेदी÷राजधानी
काठमाडौं २५ फागुन
निर्धारित मितिमा संविधान जारी हुनेमा आशंका बढ्दै गइरहेका बेला त्यसलाई बल पुग्ने गरी संविधानसभाले मंगलबार संविधान निर्माणका यसअघिका सबै आन्तरिक कार्यसीमा हटाएको छ ।
संविधान सभाको कार्यतालिकामा दसौंपटक गरिएको संशोधनमा संविधान जारी गर्ने मिति १४ जेठ मात्र उल्लेख गरी अन्य सबै समयसीमा हटाइएको हो ।
यसअघिका कार्यतालिका बमोजिम निर्धारित समयसीमाभित्र कुनै पनि काम नभएपछि दसांैपटक संविधानसभाको कार्यतालिका संशोधन
गरिएको हो ।
संविधानसभाले हालसम्म पनि शासकीय स्वरुप राज्यको पुनसर्ंरचना न्यायप्रणाली व्यवस्थापकीय अंगको स्वरुप निर्धारणलगायत नौ ओटा समितिको प्रतिवेदन पारित गर्न नसकेको अवस्था छ ।
संविधानसभाले पहिलो पटक १ मंसिर २०६५ मा ८२ साताको कार्यतालिका तयार गरी १७ चरणको गतिविधि निर्धारण गरेको थियो । तर हालसम्म छैटौं चरणको कार्य पनि सम्पन्न हुन सकेको छैन ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रकि्रयामा कुनै हेरफेर नगरी त्यस्तो संशोधन गरिएको बताए । ुसमय अब धेरै बाँकी छैन विगतमा झैं तिथिसहितको आन्तरिक कार्यसीमा तोक्दा एक दिन मात्र समय पुगेन भने पनि पुनः हेरफेर गर्नुपर्ने हुन्छ त्यसैले कार्यसीमा नतोकिएको होु संविधानसभा अध्यक्ष नेम्वाङले भने । उनले १४ जेठमा संविधान जारी होस् भन्ने आधारमा एकमुष्ट समय छुट्टुइएको पनि जानकारी दिए ।
संविधानसभाको संवैधानिक समितिले एक महिनाभित्र मस्यौदा तयार गर्ने गरी मतदानबाट भए पनि काम अघि बढाउने नेम्वाङको भनाइ थियो । उनले अन्तरिम संविधानको धारा ७० को उपधारा ३ प्रयोग गरी सहमतिको प्रयास गर्ने पनि बताए ।
बैठकमा एकीकृत मस्यौदा तयार गर्न संवैधानिक समितिलाई एक महिनाको समय दिने आन्तरिक समझदारी पनि भएको छ । तर त्यसलाई कार्यतालिकामा उल्लेख गरिएको छैन । बैठकलॆ सुझाव र निर्देशनसहित सबै प्रतिवेदन पारित गरी संवैधानिक समितिमा पठाउने भन्ने ९ जेठ २०६६ देखि २१ माघसम्मको ३६ साताको कार्यक्रमलाई १८ साता बढाएर संविधान जारी गर्ने मिति आगामी १४ जेठसम्मलाई पुर् याएको छ ।
संशोधित कार्यतालिकामा एकीकृत मस्यौदा तयार पार्ने मस्यौदा जनतामा लैजाने व्यवस्थापिका संसद्मा छलफल गर्ने अन्तिम विधेयक तयार पार्ने र पारित विधेयकमा हस्ताक्षर गर्ने काम बाँकी समयमा सक्ने उल्लेख छ ।
संविधान जारी हुने भनिएको अन्तिम दिनसम्म प्रतिवेदन पारित गर्ने भनी समय तोक्नु संविधान नबनाउने खेल भएको संविधानविद् भीमार्जुन आचार्यको विश्लेषण थियो ।
ुदसौं संशोधनमा संविधान जारी गर्ने दिनसम्म पनि प्रतिवेदन पारितमै दलहरु अल्झिने देखिन्छ के यसले निर्धारित मिति १४ जेठमै संविधान जारी हुन्छ भन्न सकिन्छ र ु उनको प्रश्न थियो । उनले निर्धारित मितिमै संविधान जारी हुनुपर्ने र कुनै पनि बहानामा संविधानसभाको समयावधि बढाउन नहुने बताए ।
मंगलबार नै बसेको संवैधानिक समितिको बैठकमा पनि समिति सदस्यहरुले शीर्ष नेताहरु संविधानसभा र संवैधानिक समितिमा अनुपस्थित हुँदै आएकोमा आपत्ति प्रकट गरेका थिए ।
उनीहरुले शीर्ष नेताहरुको अनुपस्थितिलाई तोकिएको मितिमा संविधान बन्न नदिने चालबाजी भएको समेत बताएका थिए ।
समितिका सदस्यहरुको यस्तो भनाइपछि बैठकमा सहभागी शीर्षनेताहरुले अबका संविधानसभा र संवैधानिक समितिका बैठकमा उपस्थित हुने वचन दिएका थिए ।
समितिको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र डा। बाबुराम भट्टराई एमाले अध्यक्ष झलनाथ खनाल कांग्रेसका प्रकाशमान िसंहलगायत नेताहरुको उपस्थिति थियो ।
सो बैठकमा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले तीन ठूला दलका शीर्षनेताहरु गम्भीर नबने निर्धारित मितिमा संविधान नबन्ने निश्चित रहेको बताए ।
संविधानसभाको अर्काे बैठक ३ चैतमा बोलाइएको छ ।
Comments0
Leave Comments