© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
राजधानी समाचारदाता
काठडमाडौं २५ फागुन
निश्चल पाण्डेको अलराउन्ड प्रदशनको मद्दतले नेपालले एसीसी यू-१६ एलिट कप कि्रकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।
त्रिभुवन विश्वविद्यालयको कि्रकेट मैदानमा मंगलबार खेलमा कुवेतबिरुद्ध निश्चलले बलिङतर्फ पाँच विकेट र ब्याटिङमा अर्धसतकिय पारी खेलेपछि नेपाल एक सय एक रनले विजयी भयो ।
निश्चलको ५८ रनको मद्दतले पहिले ब्याटिङ गरेको नेपालले एक सय ८३ रनको योगफल खडा गरेको थियो । नेपाल पारीको अन्तिम बलमा अल आउट भयो । एक सय ८४ रनको विजय लक्ष्य पछ्एको कुवेत २५ ओभरमा ८२ रनमा नै सिमित हुन पुग्यो ।
म्याच अफ दी म्याच दायाँ हाते बलर निश्चलले घातक बलिङ गरेपछि कुवेतको पारी धराशायीमा परेको थियो । उनले आठ ओभरमा १५ रन मात्र खर्चदै पाँच विकेट लिए । निश्चलले आफ्नो दोस्रो चौथो र छैटौ ओभरमा विकेट लिए । हङकङबिरुद्धको पहिलो खेलमा निश्चलले चार विकेट लिदै म्यान अफ दी म्याच चुनिएका थिए । अर्का स्पिनर विवेक चौधरीले तीन विकेट हात पारे । सात ओभर बलिङ गरेका विवेकले १६ रन खर्चेका थिए । राजिब शाह र सुसनभारी श्रेष्ठले एक÷एक विकेट बाडे । कुवेतका लागि अलि जाहिरले सवार्धिक २७ रन बनाए । कुवेतका ६ व्याट्सम्यानले खाता सम्म खोल्न सकेनन् ।
टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालले खेलमा उत्कृष्ट सुरुवात गर् यो । निश्चल र शरद खड्काले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे । निश्चलले ५८ रनको महत्वपूर्ण पारी खेल्ने क्रममा ८२ बलको सामना गदै ६ चौका प्रहार गरेका थिए ।
३३ रन जोडेका शरदले बोल्ड हुनु अगाडी ५८ बलको सामना गदै चार चौका हानेका थिए । नेपालको मध्य क्रममा ब्याट्सम्यान चल्न सकेनन् । दिपेन्द्र चन्द्र १२ कप्तान स्विचन शाह शुन्य सनम श्रेष्ठ ८ र सुसनभारी श्रेष्ठ एक रन बनाउँदै पेवेलियन फर्के । सातौ नम्बरमा व्याट्सम्यान सतिश भागतले अविजित २९ रनको महत्वपूर्ण पारी खेले । हरि चौलागाई १२ देबेन्द्र सोमारे शुन्य विवेक चौधरी एक र राजिब शाहले सात रन जोडे ।
ुप्रत्येक खेलमा जित हात पार्नु खुसीको कुरा हो ु नेपाली टोलीका श्रींलकन प्रशिक्षक रोय डायसले भनेु बहराइनसँगको तेस्रो खेल हाम्रो लागि महत्वपूर्ण छ । बहराइन पनि राम्रो टोली हो ।ु
कप्तान स्विचन शाहले निश्चल पाण्डेका प्रसंमसा गरे । ुउसले लगातार दुई खेलमा राम्रो खेल्यो ु कप्तान शाहले भनेु आगाडी खेलमा पनि उनीबाट मैले यस्तै आशा गरेको छु ।ु उता अफराउन्डर निश्चलले खेलमा आफूले योजना बनाइ खेलेको बताए । मैले बलिङ र ब्याटिङ दुबै गर्ने हुदा बलिङ बिग्रेमा ब्याटिङ र ब्याटिङ बिग्रेमा बलिङमा ध्यान दिने योजना थिए ु उनले भनेु आज दुबै चल्यो म खुसी छु ।ु
समुह बीमा रहेको नेपालले अन्तिम खेल बहराइनसँग बिहिबार विरेन्द्र सैनिक मैदानमा खेल्ने छ । सोही समुह कै मंगलबार आर्मी मैदान भक्तपुरमा सम्पन्न अर्को खेलमा हङकङले बहराइनलाई एक सय १२ रनले पराजित गर् यो ।
समुहमा दुई खेलको समाप्तीसँगै नेपाल चार अंक सहित तालिकाको शिष स्थानमा छ । बहराइन र हङकङ समान दुई अंक बटुल्दै दोस्रो र तेस्रो स्थानमा छन । दुबै खेलमा पराजय ब्यहोरेको कुवेत चौथो स्थानमा छ ।
Comments0
Leave Comments