२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

एक महिना ँबेड रेस्ट’ गर्नुपर्ने

डब्बु क्षेत्री÷राजधानी
काठमाडौं - फिल्म स्वरको छायाँकनको क्रममा घाइते भएका अभिनेता राजवल्लभ कोइरालाको मुहारको अप्रेशन सफल भएको छ । अप्रेशन सफल भए पनि उनले अझै केही साता आराम गर्नुपर्ने छ । सिनेमा खेल्दा आफ्नो मुहारलाई भने उनले अझै एक वर्षसम्म चोटपटकबाट जोगाउनुपर्ने छ ।
हालै काठमाडौंको भृकुटी मण्डपमा सो फिल्मको छायाँकनको क्रममा एक जना द्धन्द्ध कलाकारले किक हान्दा ती कलाकारको घुँडाको प्रहार राजबल्लभको मुहारमा लागेको थियो । जसका कारण उनको देबे्रगालाको हड्डी भाँस्एिको थियो । सो चोटपछि तत्कालै अस्पताल भर्ना भएका राजबल्लभको गाला एक साताको आराम पछि ठिक हुने चिकित्सकले बताएका थिए । तर आफ्नो मुहारको स्वरुप एक सातापछि झनै बिगि्रएपछि अप्रेसननै गर्नु परेको उनले राजधानीलाई जानकारी गराए ।
उनको देब्रे गालाको ुसाईनस वालुले ठाउँ छाडेर निकै भास्सिए पछि त्यसलाई पुरानै अबस्थामा ल्याउन तीन घन्टाको अप्रेसन गर्नु पर् यो । उनको अप्रेसन यसै साता ललितपुरको बि एन्ड बी अस्पतालमा गरिएको थियो । अहिले उनको गालाभित्र ुटाईटेनियमु नामको तत्व राखेर भाँचिएको हढढ्डीलाई बाँधिएको छ ।
पहिला चिकित्सकले एक सातामा ठिक हुन्छ भने पनि भास्सिएको हड्डी आफ्नो ठाउँमा नफर्किएपछि अप्रेसन गर्नु परेको हो । अप्रेसन भने मुहार भित्रबाट गरिएकाले बाहिर चोट देखिन्न । तर भित्र भने माथिको गिजा उठाएर अप्रेसन गर्दा ६ वटा टाँका लगाउनु परेको छ । अप्रेसन सकेर केही दिनको अस्पतालको बसाई पछि अभिनेता राजबल्लभ यतीबेला घर फर्कि्रएका छन् ।
ुचिकित्सकको सल्लाह अनुसार अझै घरमा केही हप्ता आराम गर्नु पर्ने छ । तर दुबै गालाको आकार बराबर देखिन अझै कम्तिमा तीन महिना लाग्ने पनि चिकित्सकले बताएका छन् ।ु राजबल्लभले भने । आफ्नो अनुहारको स्वरुपम विगि्रएपनि स्वरको केही दिनको काम उनले सम्पन्न गरे । त्यही बीचमा उनले आफ्नो सिनेमा ुकिन लाग्छ मायाँुको काम समेत सके । त्यसपछि बल्ल अप्रेसनका लागि अस्पतालमा भर्ना भएका हुन् ।
सुटिङका लागि आफ्नो दर्घटना बिमा नगरिएकाले सो अप्रेसन र बाँकी उचपारमा लाखौं रुपैयाँ खर्च भएको यी अभिनेताको गुनासो छ । ढिलै भएपनि आफ्नो मुहारको सुन्दरता फर्कने खबरले आफु केही खुसी भएको उनले बताएुयो मुहार देखाएर अहिलेसम्म सिनेमामा विकेको छु । यदी अनुहारको सुन्दरता नफर्केको भए मलाई साह्रै गाह्रो पथ्र्यो ।ु
सिनेमामा काम गराउँदा निर्माताले कलाकारको विमा अनिवार्य गराउनु पर्ने नियम चलचित्र विकाश बोर्डले ल्याईसकेको छ । तर त्यो नियमलाई नेपाल चलचित्र निर्माता संघले लागू गर्न तर्फ अझै चासो देखाएको छैन । कलाकार तथा प्राविधिकको दूर्घटना विमा नगरे पनि सम्बन्धि सिनेमाका निर्मातालाई सिनेमा निर्माणको स्वीकृति भने चलचित्र विकाश बोर्डले दिँदै आएको छ । कलाकारको बिमा नै नगरी सिनेमा खेल्दा आफुहरुलाई मार पर्ने गरेको राज बल्लभ कोईरालाले गुनासो गरेुआउँदा दिनमा सुटिङ अघि कलाकारको बिमा गरिदिए हुन्थ्यो भन्ने मेरो चाहना छ । अर्को तर्फ आफ्नो दुर्घटना बिमा आफु स्वयँले पनि गर्नु पर्ने रहेछ भन्ने पाठ मैले यस पटकको दुर्घटनाबाट सिकें ुउनले भने । बिदेशी कलाकारहरुले आफ्ना शरीरको सबै जसो अँगको विमा गर्छन । तर नेपालमा त्यो प्रयास नभएकोले आफुले पनि यस अघि विमा नगरेको राजबल्लभले स्पष्ट पारे । छायाँकनको बेला फेरी पनि कुनै पनि बेला दुर्घटनामा पर्न सकिने भएकाले अब भने आफुले पनि शरीरका विभिन्न अँगको विमा गर्ने योजना पनि उनले सुनाए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी