© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
कल्पना पौडेल÷राजधानी
बर्दिया२५ फागुन
बर्दियाबाट नेपालगन्ज फर्किने क्रममा माओवादी कार्यकर्ताले मंगलबार साँझ मैनापोखरमा स्वास्थ्यमन्त्री उमाकान्त चौधरीमाथि ढु¨ामुढा गरेका छन् । ढु¨ामुढाबाट सभाषद बदशाह कुर्मीलगायत केही कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार कालोझण्डा देखाइरहेका माओवादी कार्यकर्ताले एक्कासी मन्त्रीको गाडीमाथि ढु¨ामुढा गरेका थिए । तर मन्त्रीको गाडीमा ढुङ्गा लागेपनि मन्त्री बच्न सफल भएका छन् । मन्त्रीको पछि रहेको जिटीजेड र वेस संस्थाको गाडीमा भने क्षति पुगेको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक बिरबहादुर ओलीले मन्त्रीमाथि ढु¨ामुढा गर्ने माओवादीका चार जना कार्यकर्तालाई नियन्त्रमा लिइएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा बर्दिया क्षेत्र न। १ का वाईसीएल ईन्चार्ज शंकर चौधरी गिरधरी पोख्रेललगायतका रहेका छन् ।
मन्त्री चौधरीमाथि अधिल्लो दिन महेन्द्रनगरमा आक्रमण भएकालॆ सुरक्षा कडा पारिएको भएपनि माओवादीले आक्रमण गरेका थिए । माओवादीकॊ सम्भावित आक्रमणलाई मध्यनजर गरी बर्दिया प्रशासनले नेपालगन्जबाट सुरक्षाकर्मी पनि मगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले दुई ट्रक सुरक्षाकर्मी मन्त्रीको सुरक्षाका लागि बर्दिया पठाएको जानकारी दिए ।
मन्त्री चौधरी सोमबार महेन्द्रनगरबाट नेपालगन्ज आई बर्दिया जिल्ला अस्पतालको भवन उदघाटन गरि बर्दियाकै राजापुर पुगेका थिए । उनलाई माओवादी कार्यकर्ताले त्यहाँ पनि ठाउँठाउँमा कालो झण्डा देखाएका थिए ।
सदरमुकाम गुलरिया र राजापुरमा मन्त्री चौधरीले माओवादीको कडा आलोचना गरेका थिए ।
Comments0
Leave Comments