© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
० सिप्रदीले कुन-कुन व्यवसाय गर्दै आएको छ
हाम्रो मुख्य व्यवसाय भनेको सवारी साधनको बिक्री-वितरण हो । यसबाहेक हामीले यसैसँग सम्बन्धित एक्साइड ब्याट्री म्याक लुबि्रकेन्टस लुमिनेस इन्भर्टर टाटा हिटाची जस्ता हेभी इक्विपमेन्टको पनि बिक्री-वितरण गर्ने गर्दछौं ।
० नेपालमा कारोबार हुने सवारी साधनमा तपाईंको कम्पनीले कति हिस्सा ओगटेको
छ
कुनै पनि सवारी साधन खरिद गर्नपूर्व त्यसका विभिन्न पक्षहरु जस्तै मूल्य टिकाउपन ग्यारेन्टी उत्पादक कम्पनीको विश्वसनीयताजस्ता विषयमा ध्यान दिने गरिन्छ । जहाँसम्म हाम्रो कम्पनीको कुरा छ नेपालमा हुने सवारी साधनको कुल कारोबारमा हाम्रो करिब ३० प्रतिशत हिस्सा रहेको छ ।
० बिक्रीपछिको सेवा कस्तो छ ग्राहकहरु सन्तुष्ट छन्
कुनै पनि सवारी साधन खरिदमा बिक्रीपछिको सेवा मुख्य हुन्छ । हामी यस विषयमा बढी नै सचेत छौं । हाम्रो साजाल देशभरि छ । मुलुकमा विभिन्न भागमा हामीले बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएका छौं ।
- बिक्री केन्द्रहरु कहाँ-कहाँ छन्
सिप्रदी टे्रडिङ आफैंले काठमाडौंको टेकु चितवनको नारायणगढ पोखरा इटहरी र नेपालगन्जमा सेवा साचालन गर्दै आएको छ ।
० कुन-कुन गाडीको बिक्री गर्छ
सिप्रदीले
हामीले कारमा इन्डिका जिटा इन्डिका भिस्टा र इन्डोगो सीएस तथा जिपमा सुमो भिक्टा ग्रयान्डे मार्कटु र सफारीलगायतका सवारी बिक्री गर्दै आएका छौं ।
० सर्भिस सेन्टर कहाँ-कहाँ छन्
अहिले सिप्रदीले काठमाडौंको सोल्टीमोड नैकाप पोखरा विराटनगर इटहरी र नेपालगन्जबाट यो सेवा उपलब्ध गराउँदै आएका छौं । यसबाहेक हाम्रा आधिकारिक सर्भिस सेन्टरहरु डेल्टा शंखमुल गण्डकी अटो बुटवल केवल अटो धरान आर के टे्रडस्र हेटौंडा दुर्गा अटो नारायणगढ एभरेस्ट कन्टिनेन्टल बिर्तामोड गिरिजा अटोमोबाइल जनकपुरलगायतका रहेका छन् । यसबाहेक बिर्तामोड नेपालगन्ज विराटनगरलगायतका स्थानमा थप केन्द्र खोल्ने तयरीमा हामी छौं ।
० गुणस्तर कस्तो छ
हाम्रो मूलमन्त्र भनेको नै उपभोक्ताहरुको सन्तुष्टि हो । उनीहरुको सुविधालाई हामी सधैं ध्यान दिन्छौं । छिटोभन्दा छिटो सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो र सोहीअनुरुप गर्दै आएका पनि छौं ।
० भावी योजना के छ
प्रत्येक बिक्री केन्द्रमा सर्भिस सेन्टर साचालनमा ल्याउने हाम्रो पहिलो लक्ष्य हो । हामी त्यसैअनुरुप कार्यरत छौं ।
० कतिको प्रभावकारी सेवा उपलब्ध हुन्छ तपाईंहरुको सर्भिस सेन्टरमा
यो त हामीले भन्दा पनि उपभोक्ताहरुले अनुभव गर्ने कुरा हो । जहाँसम्म हामीलाई थाहा छ उपभोक्ताहरु हाम्रो सेवाप्रति सन्तुष्ट छन् । एकै ठाउँमा सबै खालका सेवा हामी उपलब्ध गराउँछौं । यो उपभोक्ताका लागि सबैभन्दा राम्रो पक्ष हो ।
० टाटा गाडीको मुख्य विशेषता
यी गाडीहरुले अन्य सामान्य गाडीको तुलनामा बढी माइलेज दिन्छ । बिक्रीपछिको सेवा सुविधा राम्रो र सुलभ छ । उपभोक्ताको विश्वास बढेको छ । सोल्टीमोडको सर्भिस सेन्टरबाट हामी एकै पटक १२ ओटा गाडीको काम गर्न सक्छौं ।
० अन्य कम्पनीभन्दा सिप्रदी नै रोज्नुको कारण
हामी ुअन दी स्पटु सेवा उपलब्ध गराउँछौं । टेलिफोनबाट बुकिङ गरी उपभोक्ता र हामी दुवैलाई मिल्ने समयमा काम गर्न सकिन्छ । हतार भएका र सामान्य गडबडी भएका सवारीको तत्काल मर्मत गर्ने काम हामीले गर्दै आएका छौं । एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधनलाई हामी पहिलो प्राथमिकता दिन्छौं । त्यसका लागि हामीले छुट्टै सर्भिस स्पट बनाएका छौं ।
Comments0
Leave Comments