© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
लोग्सरी कुँवर÷राजधानी
कैलाली २५ फागुन
शिक्षक संयुक्त सघर्ष समितिले बुधबारदेखि कैलालीका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्दको आह्वान गरेको छ ।
अनिश्चितकालीन बन्द आह्वानसँगै चैत १२ देखि सुरु हुने एसएलसी परीक्षासमेत बहिष्कार गरिने संयुक्त संघर्ष समितिले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
नेपाल शिक्षक संघ अखिल नेपाल शिक्षक संगठन लोकतान्त्रिक शिक्षक युनियन र मधेसी शिक्षक फोरमले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रहरी प्रशासनले गरेको व्यापक दमनविरुद्ध तथा जिल्ला शिक्षा अधिकारीको गैरजिम्मेवारीपूर्ण व्यवहारको विरोधमा जिल्लाका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्द गरिदिन आग्रह गरेको हो । यसैगरी आन्दोलनरत समितिले सिर्जना भएका समस्याहरु समाधान नहुन्जेलसम्म २७ फागुनदेखि हुने मावि तहको वार्षिक परीक्षा र आगामी १२ चैतदेखि हुने एसएलसी परीक्षासमेत बहिष्कार गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शान्तिपूर्ण धर्नामा बसेका शिक्षक÷शिक्षिकामाथि प्रहरीले गरेको दमनको विरोधमा संघर्ष समितिले धनगढी नगरमा मंगलबार बेलुकी विरोध जुलुस प्रदर्शन गरेका छन् । प्लेकार्डसहित जिल्ला शिक्षा कार्यालयबाट सुरु भएको विरोध जुलुसका सहभागीहरुले जिल्ला शिक्षा अधिकारी कोषराज पनेरुको राजीनामा माग गरेका थिए । विरोध जुलुस पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष तर्कराज जोशीले आफ्ना मागसहित शान्तिपूर्ण धर्नामा बसेका शिक्षकहरुमाथि जिल्ला शिक्षा अधिकारीले प्रहरी लगाएर दमन गरेको बताए ।
शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुका जायज मागलाई वार्ताको माध्यमबाट समाधान गर्नुको सट्टा आन्दोलनमाथि दमन गर्ने र समस्या झन् चर्काउँदै लैजाने जिल्ला शिक्षा अधिकारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने उनले बताए । जोशीले जिल्ला शिक्षा अधिकारीको दमनकारी व्यवहार र गैरजिम्मेवारीपूर्ण शैलीका विरुद्ध र शिक्षकका समस्या समाधान नभएसम्म कैलालीका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने चेतावनीसमेत दिए ।
Comments0
Leave Comments