© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
शिव दुवाडी÷राजधानी
काठमाडौं २४ फागुन
अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले नेपालको वित्तिय क्षेत्रमा जोखिम वढ्दै गएको ठहर गर्दै तत्काल त्यसलाई सम्वोधन गर्न सरकारलाई सुझाव दिएको छ ।
एशिया तथा प्रशान्त क्षेत्रको शाखा प्रमूख लाउरा पापीको नेतृत्वमा नेपाल आएको कोषको चार सदस्यिय टोलिले आफ्नो दुई साता लामो अध्ययन पछि यस्तो सुझाव दिएको हो ।
अध्ययनको निष्कर्षका वारेमा जानकारी गराउँदै शोमवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा टोली प्रमूख लाउरा पापीले विगत केही बर्ष देखिको लचिलो मौदि्रक नीति कमजोर सुपरिवेक्षण प्रणाली र वित्तिय संस्थाको संख्यामा भएको उच्च वृद्धि जस्ता कारणले यो समस्या सृजना हुनमा वल पुर् याएको वताइन् । कमजोर ब्यवसायिक वातावरण उर्जा संकट पुर्बधार सुविधाको अभाव कमजोर शासन ब्यवस्था र श्रम सम्वन्ध जस्ता कुराले पनि यसमा सहयोग पुर् याएको उनले वताएन् ।
विप्रेषण आप्रपाहको वृद्धिदरमा आएको कमी उच्च कर्जा प्रवाह र आयातमा भएको अस्वभाविक वृद्धिदरका कारण विदेशी मुद्रा संचिती घट्नगई हाल बजारमा तरलतका अभाव समेत सृजना हुन पुगेको टोलिको ठहर छ । पैठारी ब्यापरमा भएको उच्च वृद्धि घट्दो रेमिट्यान्सको वृद्धिदर र कर्जा प्रवाहमा भएको वृद्धि जस्ता कुराहरुलाई हेर्दा बजारमा तरलता अभाव हुनु स्वभाविक भएको टोली प्रमूख पापीले वताइन् ।
पछिल्ला केही सातायता विदेसी मुद्ा संचिती घट्नेक्रम रोकिएको भएपनि अवस्था भने अझै कमजोर नै रहेको निकर्ष निकाल्दै सो टोलीले वित्तिय सन्तुलनकालागि रेमिट्यान्समा भर नपरी आगामी वजेट देखिनै बैकल्पिक उपाय अववलक्वन गर्न र रजस्व सम्वन्धी नीतिमा पनि सोही अनुकुल हुनेगरी परिमार्जन गर्न सरकारलाई सुझाव दिएको छ ।
नेपालको समग्र आर्थिक परिदृष्य चुनौतिपूर्ण रहेको उल्लेख गर्दै उनले आर्थिक बर्ष सन् २००८÷२००९ मा ४ दशमलव ७ प्रतिशतले बढेको नेपालको कुल गार्हस्थ उत्पादन आर्थिक बर्ष सन् २००९÷२०१० मा ३ प्रतिशतमा समिति रहने प्रक्षेपण आफूहरुले गरेको वताएन् । खराव मनसुन विप्रेषण वृद्धिदरमा भएको कमी र संकुचित मौदि्रक अवस्था यसको प्रमूख कारण रहेको उनले प्रष्ट पारिन् ।
टोली प्रमूख पापीले यस आर्थिक बर्षमा मुल्य वृद्धिदर पनि ११ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको वताइन् । राष्ट्र बैंकले यो बर्ष शंसोधनपसछ मुल्यवृद्धिदर एक अंकमा सिमित राख्ने लक्ष्य लिएको छ । सरकारले यस अवधिमा रावस्व संकलमा उल्लेख्य सफलता प्राप्त गरेको जनाउँदै टोलिले यस अवधिमा मुलुकको वित्त नीति अनुशासित रहँदै आएको जनाएको छ । नेपालको वर्तमान आर्थिक अवस्था र वृहत नीतिका सम्वन्धमा छलफलगर्न धारा चार अनुसार सो टोली गत फेव्रुवरी २४ मा नेपाल आएको हो ।
टोलीले आगामी दिनमा वित्तिय सन्तुलनका लागि कठोर मौद्कि नीति अवलम्नगर्न वित्तिय प्रणाली संयोजनगर्न प्रश्तावित बैंक तथा वित्तिय संस्था सम्वन्धी एने सिघ्र पारित गर्न सरकरी स्वामित्वका बैंकहरुको पुनःसंरचनागर्न भविष्यमा स्थायी नेतृत्व प्रदानगर्न सक्ने गभर्नर तत्काल नियुक्त गर्न र बैंकहरुको पुनःसंरचनाकालागि वैंक तथा वित्तिय संस्थाको इजाजत प्रदानर्गे कार्य रोक्न सरकार तथा नेपाल राष्ट्र बैंकलाई सो टोलीले सुभाव दिएको छ ।
सरकारले हालै गरेको अनुरोध अनुरुप संभाब्य वृहत आर्थिक योजना अन्तर्गत कोषवाट वित्तिय सहयोग प्रदानगर्ने सम्वन्धमा पनि छलफल अगाडि वढाएको र त्यसकालागि मिसनको अर्को टोली केही महिनाभित्रै वार्ताकालागि नेपाल आउने पनि सो टोलीले जनाएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोषलाई एक पत्रपठाई नेपालको विग्रँदो वित्तिय अवस्थाका वारेमा अध्ययनगरी समस्या समधानकालागि आवस्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए ।
मुद्रा कोषको टोलिले खस्किँदो वित्तिय अवस्थ्ाा र त्यसको शुधारकालागि दिएको सुझाव सकारात्मक भएको टिप्पणी गर्दै अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले राम्रा सुझावहरुलाई सम्वद्ध सवै पक्षले पालना गनुपर्ने अवस्यकता औंल्याए । यद्यपी मन्त्रालयका तर्फवाट तर्फवाट भने चालु आर्थिक बर्षको कुल गार्हस्थ उत्पादन ४ प्रतिशत पुग्ने तथा रेट्यिन्स वृदिद्धर वढ्ने र बैंक तथा तीनका शाखालाई गाउँ गाउँसम्म पुर् याउनुपर्ने आवस्यकता औंल्याइएको उनले वताए ।
Comments0
Leave Comments