© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
काठमाडांैं÷रास- शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब र एनआइबी प्रुेन्ड्स क्लब विजयी भएका छन् ।
प्रुेन्ड्सले क्लबले युथ -१९ का ६ खेलाडी र दुइ बंगलादेशि खेलाडी रहेको संकटा क्लबलाई २-१ ले पराजय गर् यो । अर्को खेलमा साविक विजेता पुलिसले एनआरटीलाई १-० ले पराजीत गर् यो ।
५४ औं मिनेटमा अजाद प्रधानको पासमा बैकल्पीक खेलाडी विनोद लामाले गोल गरे । ७१ औं मिनेटमा संकटाका रामकृष्ण जिसिले गोल फर्काएर खेललाई बराबरीमा ल्याए । ८८ औं मिनेटमा निराजन मल्लले डिबक्सबाट किलियर गर्न खोजेको बललाई सदुप्रयोग गर्दै निराजन खड्काले गोल गरेर प्रुेन्ड्सको विजयी यात्रा सुनिश्चित गरे ।
सो खेलको म्यान अफ द म्याच पनि खड्का नै घोषित भए । प्रुेन्ड्सले तेस्रो खेलमा विजयी प्राप्त गर्न सफल भएकोमा प्रशिक्षक मृगेन्द्र मिश्रले निकै उत्साहित हुदै भने-ुएक गोल पनि डिफेन्सको तालमेल नमिल्दा खाएको हो । यो गल्तीलाई सुधाछौं । अब हाम्रो लक्ष्य भनेको पुलिसँग जित्नु हो ।ु मिश्र रेप्रुीको निर्णयहरुबाट र कार्ड दिन हतार गरेकोमा आलोचना गर्दै थिए ।
ुसुरुपात देखि आक्रमक खेल खेलेको प्रुेन्ड्स पुर्वाद्धमै एकाध पटक गोलको नजिक पुगेृको थियो । २७ औं मिनेटमा आजाद प्रधानले डिबक्स नजिकैबाट प्रहार गरेको पि्रु किकमा भरत खवासको हडिङ क्रसबार माथिबाट बाहीरिएको थियो ।
त्यसैगरि ३० औं मिनेटमा विनोद लामाले दिएको पासको सदुप्रयोग गर्दै आजाद प्रधानले प्रहार गरेको बललाई संकटाका गोलरक्षक नुरुल करिमले बचाए ।
३६ औं मिनेटमा आजाद प्रधानले डिबक्स बाहिरबाट हानेको पि्रुकिक साइडबारमा लागेर फर्केपछि संकटाको संकट टरेको थियो ।
सोमबार नै भएको अर्काे खेलमा पुलिस निकै आक्रमण रुपमा पस्तुत हुदै एनआरटील्ााई १-० ले पराजित गर्न सफल भयो । २७ औं मिनेटमा जुमानु राईले प्रहार गरेको बल गोलरक्षक सुरेन्द्र श्रेष्ठले छेकेर फर्केको बललाई एनआरटीका रक्षकले क्लीयर गर्न नसके पछि भोला सिलवालले गोल गरे ।
पुलिस क्लबका लागि निर्णायक गोल गर्ने सिलवाल नै सो खेलमा म्यान अफ द म्याच घोषित पनि भए । एनआरटी शुरुवात भने आक्रमक थियो । एनअराटीका लागि तलागातर तनि खेलमा गोल गरेका स्या मुसाभी दुइ पहेलो कार्डका काराण् सो खेलमा उपस्थिति थिएनन् ।
१५ औं मिनेटमा जीवन सिन्केमानले प्रहार क्रसबारमा लागेर फर्कीनु एनआरटीको अर्को दुर्भाग्य बन्यो । १८ औं मिनेटमा जिवनको अर्काे राम्रो प्रहार पुलिसका गोलरक्षक रितेश थापाले बचाए । पुलिस क्लबले अघिल्ला खेल भन्दा सुधारिको खेल खेलको केहि राहत मिलेको पुलिस क्लबका प्रशिक्षक विराट कृष्ण श्रेष्ठले बताए ।
प्रुेन्ड्सका प्रशिक्षक मिश्रले झै पुलिस क्लबका प्रशिक्षक श्रेष्ठले पनि रेप्रुी संवेदनसिल नभएको बताउदै भने- कार्ड दिन हतार गरेको होकि जस्तो देखियो । बिराटले भने ।
Comments0
Leave Comments