२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

दृष्टिविहीनलाई सित्तैमा अडियो

दृष्टिविहीन विद्यार्थीका लागि सजिलो र कम खर्चमा पाठँपुस्तक उपलब्ध गराउन सजिलो उपाय अपनाएका महर्जनको कामबाट धेरै दृष्टिविहीन बाहिरी संसारलाई अनुभूति गर्न नपाए पनि शिक्षाको ज्योतिबाट संसारको अनुभूति गर्न पाएका छन् ।
दृष्टिविहीन शिक्षक भए पनि उनी कक्षाकोठामा सांगलाई अध्यापन गराउँछन् । तर धेरै दृष्टिविहीनलाई पनि उनले शिक्षाकॊ ज्योति छरिरहेका छन् । ब्रेललिपिमा पाठँपुस्तक नपाउँदा उच्च शिक्षा हासिल गर्न निकै हन्डर खाएका ललितपुर हरिसिद्धिका बाबुकृष्ण महर्जनले सबै पाठँपुस्तक अडियो क्यासेटमै निःशुल्क उपलब्ध गराएर दृष्टिविहीनलाई पढाउने काम गरिरहेका छन् ।
बिफरका कारण पाँच वर्षकै उमेरमा दृष्टिविहीन हुन पुगेका ४७ वर्षीय महर्जनले ०५३ सालदेखि गृहेश्वरी मावि थापाथलीमा प्रावि तहको विशॆष कोटामा अस्थायी शिक्षकको रुपमा काम सुरु गरेका थिए । तीन लाख रुपैयाँ खर्चमा चार वर्ष अगाडिबाट पाठँपुस्तक अडियोमा उपलब्ध गराउन थाले पनि उनले अडियो र पुस्तक बिक्री गदैनन् बरु दृष्टिविहीन विद्यार्थीलाई मागअनुरुप नै निःशुल्क उपलब्ध गराइरहेका छन् । देशभरिका करिब सात सय दृष्टिविहीनका हातमा उनले अडियॊ पुस्तक निःशुल्क परिसकेको छ । आÏनै खर्चमा दृष्टिविहीनका शैक्षिक सामग्रीको अभावलाई पूरा गरिहेका महर्जनको कार्यलाई सरकारले समेत प्रोत्साहन गरी समाज कल्याण मन्त्रालयवाट यस आर्थिक वर्षदेखि वार्षिक रुपमा एक लाख २० हजार रुपैयाँ नेपाल राष्ट्रिय अपांग मानव अधिकार माचलाई आर्थिक सहयोग गरेको छ ।
केही समय अगाडिसम्म पनि अडियो पुस्तक खोजेर पनि नपाउनेहरु अहिले हातहातमा अडियो पुस्तक पाउँदा निकै खुसी छन् । उच्च शिक्षामा बे्रललिपिका पाठँपुस्तकको अभावकै कारण पढाइ बीचमै छोड्नुपर्ने बाध्यताबाट मुक्त छन् । बे्रललिपिकै पाठँ-पुस्तकका लागि सरकारकै मुख ताकिनुपर्ने अवस्था पनिअहिले छैन । 
०४१ सालमा नमुना मच्छिन्द्र माविबाट एसएलसी गरेका ४७ वर्षीय महर्जनलले ब्रेललिपिमा पाठँपुस्तक नपाउँदा अरुलाई पुस्तक पढन लगाएर अनि कतिपय पुस्तक रेकर्ड गर्न लगाएरै गतवर्ष मात्रै पाटन संयुक्त क्याम्पसबाट बीएड गरेका थिए । उनले घरमा पुस्तक रेकर्ड गर्न दुई व्यक्तिलाई रोजगारी दिएका छन् । मावि तहदेखि स्नातकोत्तरसम्मका गणितबाहेक सबै विषयका पाठँपुस्तक अडियो क्यासेटमै उपलब्ध गराएका छन् उनले । शिक्षक प्राध्यापकसँग परामर्शमा राम्रा उपयोगी पुस्तक छान्ने र त्यसलाई अडियोमा उपलब्ध गराउँदै आएका महर्जनको घरमा करिब ६ हजार अडियो पुस्तक छन् । सरकारी सहयोगले अझ यसलाई व्यवस्थित गर्ने उनको योजना छ ।
ुब्रेललिपि महँगो पर्दछ । सरकारले सबै पुस्तक ब्रेललिपिमा उपलब्ध गराउन सक्दैन । पाठ्यपुस्तककॊ अभाव अडियो क्यासेटले पूरा गरिरहेको छु उनले भने । अडियो सुनेकै भरमा विद्यार्थीले ८० प्रतिशतसम्म अंक ल्याएर उत्तीर्ण गरेको उनको भनाइ छ । म्ााग गरेकै ठाउँमा उनी आफैं पुगेर क्यासेट वितरण गर्दछन् । कतिपय विपन्नहरुलाई क्यासेट प्रलेयरसमेत दिएका छन् उनले । पाठँपुस्तक अपांग सम्बन्धी ऐन नियम महŒवपूर्ण पुस्तक लेख आदि अडियोमा उपलब्ध गराएर दृष्टिविहीन मात्र नभएर निरक्षरलाई समेत सहज रुपमा ज्ञान बाँडिरहॆका छन् । ुआÏनॊ काम त्यति ठूलॊ नलागे पनि धेरै दृष्टिविहीनलाई लाभ पुगेकोमा उनलाई गर्व लाग्छ रे † ुआपुू दृष्टिविहीन भएर पनि उनीहरुका लागि सहयोग गर्न पाएकोमा खुसी छुु उनले भने । दृष्टिविहीनहरुलाई शिक्षाको पहुँच पुर् याउन सके जीवनस्तर फेरिने उनी बताउँछन् । सरकारले दृष्टिविहीनलाई आवश्यक पाठँपुस्तकसमेत उपलब्ध नगराउनु साथै दृष्टिविहीन विद्यार्थीलाई पर्याप्त सुविधा दिन नसक्दा अपांगमा शिक्षाको पहुँच पुग्न नसकेको उनको गुनासो छ ।
शिक्षामार्फत दृष्टिविहीनको जीवनस्तर उकास्ने अभियानमा लागेका महर्जनले आपंगको हक अधिकारका लागि पनि उत्तिकै संघर्ष गर्दै आएका छन् । समाज कल्याण ऐन कार्यान्वयन गराउन सरकारलाई दबाब दिने सर्वाेच्च अदालतमा रिट दायर गर्ने आमरण अनसन बस्नेदेखि अपांगका हक अधिकार सुनिश्चित गर्न ज्ञापनपत्र र धर्ना दिने काममा उनले एक दशक खर्च गरिसकेका छन् । प्रधानमन्त्रीको कार्यालयदेखि समाजकल्याण मन्त्रालयसम्म दैनिकजसो धाइरहने महर्जन शिक्षण पेसावाट पाउने तलबको आधा रकम दृष्टिविहीनको हकहितमा खर्च गर्दछन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी