© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
टाइसुटमा चिटिक्क परेर बिहान् ९ बजे नै अफिस पुग्ने बैंकका म्यानेजरहरु अहिले जसर्ी लगाएर मैदानमा उत्रिँदा दंग छन् । मैदानमा पुगेपछि स्कुल र कलेजमा फुटबल खेलेका दिनको
सम्झना आएको धारणा राख्छन् ती खेलाडी ।
बैंकको जागिर खाँदा दिनभर अफिसमा रुपैयाँको जोड-घटाउ गर्दागर्दै झमक्क साँझ पर्छ । देशमा कहाँ के भइरहेको छ भन्ने जानकारीसमेत हुँदैन । भार्गव विकास बैंकका महाप्रबन्धक ओमप्रकाश नेपालीले बैंर्कसहरुको दैनिकी सुनाइरहँदा अन्य बैंकका प्रबन्धक पनि हाँ मा हाँ मिलाइरहेका थिए ।
राजधानीबाहिरका बैंकका शाखामा काम गर्ने धेरै कर्मचारीको बाध्यता एउटै छ बिदाको दिनसमेत फुस्रद हुँदैन कहिलेकाहीँ त अघिल्लो दिनको काम पनि भ्याउनुपर्छ । तर अहिले नेपालगन्जका बैंक म्यानेजरदेखि अन्य कर्मचारी फुटबल खेलको प्रतिपस्र्धामा जुटेका छन् ।
शनिबारदेखि नेपालगन्जमा सुरु भएको ुप्रथम अन्तर बैंक फाइभ ए साइडु फुटबलमा भिड्दै छन् सुकिला कर्मचारीहरु ।
खेलको सुरुवातसँगै विजयी सुरुवात गरेको छ भार्गव विकास बैंकले । बैंकका महाप्रबन्धक नेपालीले खेलमा रमाइलो भइरहेको अनुभव सुनाए ।
ुअन्तरालको पहलमा भएको यो प्रतियोगिताले सबै बैंकका साथीहरुसँग मित्रताको डोरी गाँसिदिएको छ । धेरै साथीहरुलाई त मैदानमा आएपछि मात्रै चिन्यौंु उनले भने ।
समयमै संविधान बनाउन सरकारलाई दबाब दिनका लागि मैदानमा उत्रिएको धारणा राख्छन् ती कर्मचारी । नेपालगन्जका १८ बैंकका ब्रान्च मेनेजरहरुले एकसाथ नौ जोडी परेवा उडाएर खेलको सुरुवात गरेका थिए ।
हिमालय बैंक नेपालगन्ज ब्रान्च म्यानेजर नितेश गुप्ताले खेलकुदमा सहभागी भएपछि ुएक्साइटेडु भएको सुनाए ।
ुयसरी एकै थलोमा फुटबल खेल्दा रमाइलो हुँदो रैछु नितेशले भने । ुयस किसिमको खेल नेपालगन्जका लागि पनि नयाँ होु अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह भन्छन् ुजसरी बैंकहरुले आफ्नो समयको महŒव बुझेर समयमै काम पूरा गर्न लागिपर्छन् नेपालका राजनीतिक दलहरुले पनि समयको महŒव बुझ्नु भनेर कार्यक्रम गर् यौं ।ु तोकिएकै समयमा संविधान बनाउन दबाब मिलोस् भनेर यस किसिमको कार्यक्रम गरिएको दाबी गर्छन् निर्देशक जयनारायण शाह ।
नेपाल इन्भेष्टमेन्ट बैंक नेपालगन्जका म्यानेजर मन्त्रीलाल गुप्ताको दैनिकी पनि अन्य बैंकका सहकर्मीभन्दा फरक छैन । अन्तरालले बैंकहरुबीचमा खेल खेलाउने प्रस्ताव लिएर आउँदा आपुूहरु उत्साहित भएको धारणा राखे उनले ।
सिद्धार्थ बैंकका प्रबन्धक उत्सव घिमिरेले विश्वमा भइरहेका आर्थिक कि्रयाकलाप र बैंकिङ क्षेत्रबारे मात्र चासो हुने बताउँदै खेलका लागि जसर्ी लगाएर मैदानमा उत्रिँदा निकै रमाइलो भएको सुनाए ।
ुसमयमै संविधानु भन्ने सन्देशसहित अन्तरालले प्रथम अन्तर बैंक फाइभ ए साइडु फुटबल प्रतियोगितामा बैंक कर्मचारीलाई एक अर्काविरुद्व भिड्ने चाँजो मिलाएको हो ।
फुटबल खेल्न तम्तयार रहेका र खेलिरहेका बैंक म्यानेजरहरुले प्रतियोगिताले सबै कर्मचारीहरु बीच सम्बन्ध विस्तारको काम गर्ने बताए ।
सिद्धार्थ बैंक भार्गव विकास बैंक बागेश्वरी विकास बैंक नबिल बैंक हिमालयन बैंक नेपाल बंगलादेश बैंक बुटवल फाइनान्स किष्ट लक्ष्मी बैंक सिटिजन्स बैंक एनआइसी नेपाल बैंक लि। नेपाल एसबीआई नेपाल इन्भेष्टमेन्ट कर्णाली विकास बैंक बैंक अफ काठमाडौं स्टाण्डर्ड चार्टर्ड र बैंक अफ एसिया प्रतियोगितामा सहभागी छन् ।
बैंकका कर्मचारीहरुको समय व्यस्ततालाई ध्यानमा राखी बिदाको दिनमा मात्र खेल आयोजना गरिने भएकाले प्रतियोगिता चैत्र ७ गतेसम्म चल्ने अन्तरालका कार्यकारी निर्देशक शाहले बताए ।
पहिलो दिन शनिबार समूह ुकुबाट सिद्धार्थ बैंक र भार्गव विकास बैंक समूह ुखुबाट नेपाल बंगलादेश बैंक र बुटवल फाइनान्स भिड्नेछन् । समूह ुगुबाट एनआईसी बैंक र नेपाल बैंक लिमिटेड समूह ुघुबाट कर्णाली विकास बैंक र बैंक अफ काठमाठौंबीच प्रतियोगिता हुने अन्तरालले जनाएको छ ।
Comments0
Leave Comments