© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
राजधानी समाचारदाता
काठमाडौं २४ फागुन
साचार-उद्यमी जमिम साहको हत्या भएको एक महिना पुग्दा पनि प्रहरीले मुख्य अभियुक्त बब्बु भनिने दीपक शाहीलाई पक्राउ गर्न सकेको छैन । उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत पनि प्रयास
भएको छैन ।
प्रहरीले बब्बुलाई पक्राउ गर्न इन्टरपोलमार्फत खोजी गर्ने बताएको थियो । तर उनकाविरुद्ध अदालतमा मुद्दा दायर नभइकन इन्टरपोलमार्फत् सार्वजनिक गर्न मिल्दैन । प्रहरी प्रशासन अहिलेसम्म सो प्रकि्रयामा समेत पुगेको छैन ।
प्रहरीले साह हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म बहालवाला प्रहरी नायब निरीक्षक प्रकाश क्षेत्री किशोर खड्कालाई पक्राउ गरी अनुसन्धान गरेको छ भने आरोपी पूर्वडीएसपी जगदीश चन्द फरार छन् ।
प्रहरीले अनुसन्धानका क्रममा मोबाइल सिम बिक्रेता रोशन पाण्डे मोटरसाइकल बिक्रेता लक्ष्मण धमलालगायत केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
त्यस्तै बब्बुको मोबाइलमा सम्पर्कमा देखिएका बहालवाला दुई डीएसपी गणेश चन्द र अर्जुन चन्दलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले खोजेको बेलामा उपस्थित हुने शर्तमा कागज गराएर छाडेको छ ।
त्यसैगरी प्रहरीले घटनास्थलमा तत्काल प्रहरी नपुगेको भन्दै लाजिम्पाट बिटमा खटिएका प्रहरी सहायक निरीक्षक लोकेन्द्र पण्डित प्रहरी हवल्दार तुलबहादुर अधिकारी तथा प्रहरी जवानद्वय दूर्योधन यादव र अनिल राईलाई निलम्बन गरेको छ ।
प्रहरी प्रवक्ता विज्ञानराज शर्माले साहको हत्या भएको विषयमा थप छानबिन भइरहेको बताए । शर्माका अनुसार सरकारले गठन गरेको आयोगमार्फत् पनि छानबिन भइरहेको छ भने प्रहरीको टोलीले पनि अभियुक्तहरुलाई खोजिरहेको छ ।
सरकारले पुनरावेदन अदालतका पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ । हाल प्रहरीले बु´ाएको प्रतिवेदनको अध्ययन गर्ने काम भइरहेको समितिले जनाएको छ ।
Comments0
Leave Comments