२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

डिल्ली आचार्य÷राजधानी

काठमाडौं, २४ फागुन
काठमाडौं जिल्ला अदालतले दण्ड-जरिवाना ठहर गरेपछि फरार रहेका सात हजार बढी व्यक्तिलाई पक्राउ गर्न आग्रह गर्दै प्रहरी प्रधान कार्यालयलगायतका प्रहरी निकायमा पत्राचार गरेको छ ।
पक्राउ गर्न आग्रह गर्दै बुझाइएको नामावलीमा २००८ सालदेखि तिर्न बाँकी रहेका व्यक्तिहरुको विवरण उल्लेख छ ।
अदालतले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको चार सय पृष्ठ लामो फेहरिस्तमा दुई रुपैयाँदेखि ३१ करोडसम्मका रकम नतिरी फरार व्यक्तिका ठेगाना र हुलियासमेत समावेश छ ।
अदालतले एक साताअघि नै प्रहरीलाई प्रतिवेदन पठाएको बताए पनि प्रहरी प्रधान कार्यालयले भने अदालतबाट कुनै पनि विवरण प्राप्त नभएको जनाएको छ ।
प्रहरी प्रवक्ता विज्ञानराज शर्माले सहयोग मागिए मातहतका निकाय परिचालन गरी अदालतलाई सहयोग गर्ने बताए । ुहाल त्यस्तो कुनै जानकारी आएको छैन आएमा तत्काल कारबाही प्रकि्रया अघि बढाउँछौु शर्माले राजधानीसँग भने । महानगरीय प्रहरी परिसर प्रमुख गणेश केसीले पनि अदालतबाट सहयोग माग भएको कुनै कागजात नपाएको बताए । ुआजसम्म हामीले त्यस्तो कुनै जानकारी पाएका छैनौु परिसर प्रमुख गणेश केसीले भने ।
काठमाडौं जिल्ला अदालतले भने अघिल्लो साता नै प्रहरीलाई विस्तृत विवरणसहितको प्रतिवेदन बुझाइसकेको बताएको छ ।
काठमाडौं जिल्ला अदालतले दण्ड-जरिवानावापतको दुई अर्बभन्दा बढी दण्ड र पाँच सय वर्षभन्दा बढी कैद सजाय उठाउन बाँकी भएपछि असुल-उपरका लागि प्रहरीसँग गुहार मागेको हो ।
दण्ड-जरिवानाको रकम उठाउन नसकेपछि फैसला कार्यान्वयनमा प्रभाव परेको भन्दै अदालतले जरिवाना उठाउने सकि्रयता देखाएको तहसिलदार चित्रबहादुर केसीले बताए ।
केसीका अनुसार प्रहरीलाई बुझाइएको विवरणमा भ्रष्टाचार विदेशी मुद्रा अपचलन कर छली र बैंक ठगीका अभियोग प्रमाणित भएकाहरु बढी छन् ।
अदालत तहसिल शाखाले तयार पारेर प्रहरीलाई बुझाएको विवरणमा भक्तपुरका बलराम सापकोटाले सबैभन्दा बढी रकम बुझाउन बाँकी रहेको उल्लेख छ । सापकोटालाई अदालतले विदेशी विनिमय अपचलनमा दोषी ठहर गर्दै ३१ करोड जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो । उनी हाल फरार छन् ।
विदेशी विनिमय अपचलन मुद्दामा अदालतको दण्ड-जरिवाना नतिरी फरार हुनेमा व्यापारी आनन्दकुमार अग्रवालसमेत छन् । उनले अदालतलाई १५ करोड ५० लाख बुझाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सुभाषचन्द्र झुण्डाले चार करोड पाँच लाख सरस्वती रिाजतले चार करोड र गणेश बस्नेतले तीन करोड ६० लाख नबुझाई फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।
बैंक ठगी प्रकरणमा एक करोड ११ लाख बुझाउनुपर्ने भक्तपुरकी कल्पना जोशी र ६ करोड १० लाख बुझाउनुपर्ने कल्पना अर्यालसमेत फरार रहेको अदालतको प्रतिवेदनमा उल्लेख छ ।
व्यापारी रामकुमार अग्रवाललाई अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी आठ करोड दण्ड तिर्नुपर्ने फैसला गरे पनि उनी फरार रहेको अदालतको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी भ्रष्टाचार मुद्दामा दुई करोड १५ लाख जरिवानामा परेका धापाखेलका मनोज खड्का एक करोड ५० लाख जरिवानामा परेका काभ्रेका ध्रुव दाहाल एक करोड ३५ लाख तिर्नुपर्ने ठहर भएको रारा कन्ट्रक्सन प्रालिका साचालकलगायत फरार रहेको अदालतले जनाएको छ ।
अदालतले खोजी गरिदिन आग्रह गरेकामध्ये विदेशी मुद्रा अपचलनमा दोषी ठहर भएका केही विदेशीसमेत छन् । मुद्रा अपचलन अभियोगमै एक करोड ३६ लाख बुझाउनुपर्ने ठमेलका श्यामकुमार राजकरसहित अर्को एक समूहले १२ करोडभन्दा बढी नबुझाई फरार रहेको अदालतको प्रतिवेदनमा उल्लेख छ ।
अपचलन मुद्दामै एक करोड ५० लाखभन्दा बढी बुझाउनुपर्ने ठहर भएका व्यापारी नरेन्द्रकुमार प्रधानसमेतको टोली हालसम्म फरार रहेको भन्दै प्रहरीसँग सहयोगका लागि गुहार मागिएको छ ।
करोडौं रकम बुझाउनुपर्ने ठहर भएका व्यापारी प्रकाश टिवडेवालालाई भने अदालतले प्रहरीको सहयोगमा यसअघि नै पक्राउ गरी रकम र दण्ड असुल गरिरहेको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी