© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
राजधानी समाचारदाता
काठमाडौं २४ फागुन
१० बस्रे सशस्त्र युद्ध र जनआन्दोलनका उपलब्धिहरु संस्थागत हुनेमा आशंका व्यक्त गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले तोकिएको मितिभित्र संविधान बन्न नदिए ुखुला रुपमा जनविद्रोह गर्नेु उद्घोष गरेका छन् । उनले पार्टीले गर्ने ुजनविद्रोहु नै अन्तिम विद्रोह हुने दाबी पनि गरेका छन् ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पार्टीसम्बद्ध महिला संगठनद्वारा सोमबार राजधानीमा आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्डले भने ुनेपाली जनताका वैरीहरुलाई समाप्त पार्न पनि जनविद्रोह आवश्यक बनिसकेको छ जनविद्रोह हाम्रा लागि खुला चुनौती हो खुला हाँक हो ।ु
१४ जेठभित्र संविधान नबन्ने स्थिति आए आफैं संविधान निर्माण गर्ने चेतावनी पनि उनले दिए । उनले संविधान निर्माण र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन पार्टीद्वारा साचालित तीनमहिने अभियानमा सकि्रय रुपमा लाग्न कार्यकर्तालाई आह्वानसमेत गरे ।
ुआगामी तीन महिनामा ठूलाठूला प्रतिक्रान्तिकारी खतरा उत्पन्न हुने सम्भावना पनि देखिन्छ प्रतिक्रान्ति रोक्न पनि आउँदो तीन महिना सबै नेता-कार्यकर्ता सकि्रय रुपमा लाग्नुपर्छु माओवादी अध्यक्षले भने ।
नयाँ संविधान निर्माण गर्न र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने अन्यथा संविधान नबन्ने प्रचण्डको कथन थियो ।
उनले सो कार्यक्रममा विगतमा झैं नेपाली सेनाको आलोचना गरेनन् बरु सेनाकै पक्षमा अभिव्यक्ति दिए । नेपाली सेनालाई भड्काउन खोजिएको भन्दै आक्रोश पोखेका प्रचण्डले नेपाली सेनाको संरचना ध्वस्त पार्ने र सेनालाई कमजोर पार्ने आफ्नो पार्टीको कुनै मनसाय नभएको अभिव्यक्ति दिए ।
उनले आपुूले भन्दै आएको राष्ट्रिय स्वाभिमानको एजेन्डा समर्थन गर्न सेनालाई आग्रहसमेत गरे ।
ुनेपाली सेना जनताको परिवर्तनको आकांक्षालाई आत्मसात् गर्न लाग्यो राजतन्त्र बचाउनतिर सेना लागेनु गणतन्त्र स्थापनामा सेनाले सहयोग गरेको आशय व्यक्त गर्दै प्रचण्डले भने । राजतन्त्र बचाउनतिर नलाग्ने सेनाले अब कांग्रेस र एमालेलाई समेत बचाउन नलाग्ने भन्दै प्रचण्डले व्यंग्य गरे ।
शक्तिखोरमा जनविद्रोहका लागि लडाकूहरुलाई दिएको निर्देशनसम्बन्धी राजधानी दैनिकमा प्रकाशित समाचार झूटो भएको बताउँदै प्रचण्डले माओवादी नेताहरुविरुद्ध प्रचारबाजी सुरु भएको आरोप लगाए । तर जनविद्रोह गर्ने अभिव्यक्तिको भने उनले खण्डन गरेनन् ।
उता माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईले तोकिएको समयसीमाभित्र संविधान बन्न नसक्ने निश्चित भएको दाबी गरेका छन् ।
राजधानीमा सोमबार आयोजित एक शैक्षिक कार्यक्रममा बोल्दै भट्टराईले संविधान बनाउन नदिने षड्यन्त्र तीव्र हुँदै गएको जानकारी दिए ।
Comments0
Leave Comments